Day: २०८१ माघ ८, मंगलवार

पानी माग्दै हर्क साम्पाङको ‘सिंहदरबार यात्रा’

पानी माग्दै हर्क साम्पाङको ‘सिंहदरबार यात्रा’

Breaking News 2, ताजा अपडेट, समाचार
काठमाडौं । सिंहदरबारसँग जुधिरहने धरान उपमहानगरका मेयर हर्क साम्पाङ यतिखेर पानी माग्दै सिंहदरबारमा छन् । मंगलबार बिहान उनी रित्तो गाग्री बोकेर सिंहदरबारको ढोकामा पुगे । प्रहरीले रित्तो गाग्री सिंहदरबार छिराउन नदिए पनि काकाकुल धरानको प्यास मेटिने आस बोकेर उनी सिंहदरबार छिरे । उनको माग छ, “कोसीको पानी तानेर धरानसम्म पुर्‍याउनुपर्ने ।” कोसीको पानी तानेर धरानसम्म पुर्‍याउनुपर्ने माग बोकेर साम्पाङले सिंहदरबारका कोठा–चोटा चाहरे । सिंहदरबारमा उनले सबैभन्दा पहिले खानेपानीमन्त्री प्रदीप यादवलाई भेटे । मन्त्रालयको ढोकाअगाडि ‘नो पाकिङ’ लेखिएको फुटपाथमा गाडी रोखेर साम्पाङ मन्त्रालय छिरे । त्यसपछि उनी अर्थमन्त्री विष्णु पौडेललाई भेट्न अर्थ मन्त्रालय छिरे । त्यहाँबाट उनी प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री कार्यालयमा लागे । दुई घण्टा पर्खिदा पनि प्रधामन्त्रीले साम्पाङलाई भेट दिएनन् । प्रधानम...
गुल्मीमा एक जना पुरुषको शव फेला

गुल्मीमा एक जना पुरुषको शव फेला

ताजा अपडेट, लुम्बिनी, समाचार
८ माघ, गुल्मी । गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको मालिका गाउँपालिका-८ कालीमाटी निवासी ६० वर्षका लालबहादुर रोका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी)राजन भुजेलले बताए । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदह गुल्मीबाट प्रहरी निरीक्षक दिपक केसीको कमाण्डमा प्रहरी टोली खटिएको छ । घटना शंकास्पद रहेकाले थप अनुसन्धानको लागि जिल्लाबाट एसपी राजन भुजेलसहितको टोली पनि त्यहाँ पुगेको छ ।  ...
धनगढीमा खैरो हेरोइनसहित एक युवक पक्राउ

धनगढीमा खैरो हेरोइनसहित एक युवक पक्राउ

ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । धनगढीमा खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् । सोमबार राति धनगढी उपमहानगरपालिका१३ बाट सोही ठाउँ बस्ने २७ वर्षका खेमराज राना १४० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ परेका हुन् । उनलाई प्रहरी चौकी कैलाली गाउँबाट खटिएको टोलीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जनाएको छ ।...
सुदूरपश्चिम प्रदेशसभा : सात वर्षमा ६७ कानुन बने

सुदूरपश्चिम प्रदेशसभा : सात वर्षमा ६७ कानुन बने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कैलाली । देश सङ्घीय संरचनामा गएपछि प्रदेश तहमा गठन भएको सुदूरपश्चिम प्रदेशसभाले काम गरेको आज सात वर्ष पूरा भएको छ । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले दोस्रो प्रदेशसभाको कार्यकाल आज दुई वर्ष पूरा भएर तेस्रो वर्षमा प्रवेश गरेको र यो अवधिमा एउटा पनि कानुन बन्न नसकेको बताए । “यो दुई वर्षमा प्रदेशसभाले चार ऐन संशोधन गरेको छ”, उनले भने, “चालु आर्थिक वर्षको बजेट दुई पटकको प्रयासमा ल्याइएको थियो ।” पहिलो प्रदेशसभाले प्रदेशमा स्थिर सरकार दिन सकेको थियो । विसं २०७९ पछिको दोस्रो प्रदेशसभामा भने पटकपटक सरकारको नेतृत्व परिवर्तन भइसकेको छ । सरकारले प्रदेशसभालाई ‘बिजनेस’ दिन नसक्दा कानुन बन्न नसकिरहेको टिप्पणी भइरहेको छ । संविधानअनुसार प्रदेशस्तरमा प्रदेश व्यवस्थापिकाको भूमिका निर्वाह गरिरहेको प्रदेशसभा (व्यवस्थापिका) जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्त्वपूर्ण संस्था हो । यसल...
तनहुँमा मोटरसाइकल खस्दा दुईजनाको मृत्यु

तनहुँमा मोटरसाइकल खस्दा दुईजनाको मृत्यु

गण्डकी, ताजा अपडेट, समाचार
दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खस्दा त्यसमा सवार दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो । मृत्यु हुनेको पहिचान खुल्न बॉकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । “हुस्सु लागेका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देखिएको छ,” उनले भने ।...
कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना

कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना

Breaking News 2, कर्णाली, ताजा अपडेट, समाचार
काठमाडौं । आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ । कर्णाली प्रदेशको हिमाली क्षेत्रमा आज दिउँसो आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा पनि दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तराई क्षेत्रमा भने मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । आज अन्य प्रदेशका तराई क्षेत्रमा कुहिरो र हुस्सु लागेको छ । दिउँसो र राति भने मुख्यतया मौसम सफला रहनेछ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज