आकाश ताक्दै किसानः महोत्तरीमा ३५ प्रतिशतमात्र रोपाइँ

लामो खडेरीले आतिएका यहाँका किसानले अझै आकाश ताक्न छाडेका छैनन् ।

महोत्तरी । आज साउन दोस्रो साता लागिसकेको छ । लामो खडेरीले आतिएका यहाँका किसानले अझै आकाश ताक्न छाडेका छैनन् । आकासे पानीको भरमा रहेका किसान साउन दोस्रोसम्म वर्षा भएर रोपाइँ गर्न पाइन्छ कि भन्ने आशामा आकाश ताक्दै बसेका छन् । रोपाइँको समय घर्कंदै जाँदा पनि यहाँका किसान वर्षा भइहाले अलिअलि भए पनि रोपाइँ गर्न पाइन्थ्यो भन्ने आशमा बसेका हुन् ।

“मध्य साउनमा धानको रोपो लहलहाउनुपर्ने हो, हामी अझै पानी परे रोप्न पाइन्थ्यो कि भन्ने आशमा छौँ”, भङ्गाहा–१ का किसान रामकिसन मण्डलले भने । यसपालि धानको बीउ राख्ने, बीउ रोप गर्ने र खरुअन ९कलम, पहिलो रोपो गाँजिएपछि उखेलेर रोप्ने० रोपका परम्परागत तालिका पानी नपरेर त्यसै बितेका उनको भनाइ छ ।

मधेससहित महोत्तरीमा गत जेठ २२ भित्र बीउ राख्ने, असार २२ भित्र बीउ रोप सक्ने र साउन २२ गतेभित्र खरुअन रोपीसक्ने तालिका मानिन्छ । खरुअन बीउ अपूग हुँदा र बर्खे धान तथा अन्यबाली काटेर रोपाइँ गरिन्छ । यसपालि पानी नपर्दा यी तालिका सबै खल्बलिएका स्थानीय इस्राफिल राइनले बताए ।

पानी पर्ला र धान रोपौँला भन्ने आसैआसमा मध्य साउन बित्न लाग्दासम्म रोपाइँ हुन नसकेपछि किसान चिन्तित छन् । गत सोमबार एकछिन परेको पानीले ब्याडमा पहेँलिँदै गरेको बीउ र अघिको रोपो जगाए पनि नउाँ रोपाइँका लागि नभएको किसान बताउँछन् ।

जिल्लामा साउन दोस्रो सातासम्म ३५ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ । रोपिएको धान पनि सर्वसाधारणका लागि निकै खर्चिलो भएको बताइएको छ ।

‘आफ्नो खेतमा इनार/बोरिङ केही छैन । सबै भाडामा चलाउन पर्दा घरमा भएको अन्नपात सबै सकियो’, बर्दिबास–७ का किसान रितबहादुर खत्रीले भने, “यस वर्ष खाद्य सङ्कट हुने जोखिम छ, के खाएर जीविकोपार्जन गर्ने हो चिन्ता लाग्छ । पानी पर्लाकी भन्ने आशले आकाश ताक्दाताक्दै आँखा टट्टाएका उनको भनाइ छ ।

‘अब पानी पर्ला भनेर आकाश ताक्छौँ, पानी पर्दैन । चैत वैशाखको हुरहुरे बतास पो चल्दैछ’ खत्रीले भने, ‘पूर्वीया यो रुखो बतासले खेतबारीमा भाएको चिस्यान पनि रुख्याउँदैछ ।’

वीरक्तलाग्दो मौसमले कामको जाँगर सबै हराएको किसान बताउँछन् । असार २२ ताका सक्नुपर्ने बीउ रोप साउन दोस्रो सातासम्म नभएको किसानको दुखेसो छ । अब पानी परी हालेपनि बीउ अपुग भएर रोपाइँ बढ्ने स्थिति नरहेको किसानको निष्कर्ष छ । यसअघि रोपिएका धान पनि राम्ररी नगाजिँदा खरुअन हुने सम्भावना नदेखिएको किसान खत्रीले बताए ।

यसपालि मधेस खडेरीको सङ्कटमा छ । सरकारले तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । मधेसमा हालसम्म करिब ५० प्रतिशत पनि रोपाइँ भएको छैन भने महोत्तरीको करिब ३५ प्रतिशत छ ।

महोत्तरीमा कूल ७१ हजार हेक्टर खेतीयोग्य जग्गा भएमध्ये ४२ हजार ५०० हेक्टरमा धानखेती गर्न मिल्ने जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख एवं वरिष्ठ कृषि अधिकृत देवानन्द यादवले जानकारी दिए। उनका अनुसार यहाँ १० प्रतिशत जग्गामा मात्र स्थायी सिँचाइ (कुलो, नहर) को व्यवस्था हुँदा अधिकांश खेती आकासे पानीमा निर्भर छ ।

पछिल्ला केही वर्षयता वैकल्पिक सिँचाइका प्रबन्धका लागि इनार, डिपबोरिङ र स्यालोट्युबबेल जडान गरिएकाले थप १० प्रतिशत जग्गामा सिँचाइ सुविधा पुगेको यादवले बताए । यसपालि लामो समयसम्म परेको खडेरीले कुलो, नहरका पानीका मूहान तथा इनार, बोरिङ पनि धमाधम सुक्दै जाँदा सङ्कट चुलिँदै गएको उनको भनाइ छ । पानीको हाहाकारका बीच किसानले भूमिगत सिँचाइका स्रोतबाट ३५ प्रतिशत रोपाइँ सकेका उनले जानकारी दिए ।

न्यूनतम स्रोतसाधन र सुविधा नहुँदा कहिल्यै समयमा खेती लगाउन नपाएको किसानको गुनासो छ । सिँचाइ, मल, बीउ र समयसमयमा प्राविधिक सल्लाहको सुनिश्चितता भए सहज रूपमा खेती गर्न सकिने किसान बताउँछन् । तीनै तहका सरकारले यसतर्फ समन्वयात्मक पहलकदमी लिएनुपर्नेमा उहाँलेहरूले जोड दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

धनगढी । नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।   युएईको शारजाहमा शनिबा...
टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३३ किलो सुनकाण्डका मुख्य आरोपी ‘गोरे’ भनिने चूडामणि उप्रेती...
राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

काठमाडौं, २८ भदौ । मुलुकमा यतिवेला सुशिला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । जेन-जी पुस्ताको आन्दोलनले कांग्रेस र एमाले ने...
आन्दोलन नियन्त्रणबाहिर गएपछि ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

आन्दोलन नियन्त्रणबाहिर गएपछि ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेनजीको आव्हानमा भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री...
मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौ‌ं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि २ लाख रुपैयाँ जरि...
बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

म्याग्दी । पहिरोका कारण जोखिमपूर्ण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाएको छ । ज...
यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । वर्षासँगै देशका अधिकांश सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता ...
भारत उत्तराखण्डको बाढीमा २६ जना नेपाली बेपत्ता : दूतावास

भारत उत्तराखण्डको बाढीमा २६ जना नेपाली बेपत्ता : दूतावास

काठमाण्ठौ । भारतको उत्तराखण्डमा अघिल्लो हप्ता आएको बाढीमा २६ जना नेपाली बेपत्ता रहेको दूतावासले जनाएको छ । दिल्लीमा रहेको नेपाल...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज