
आकाश ताक्दै किसानः महोत्तरीमा ३५ प्रतिशतमात्र रोपाइँ
महोत्तरी । आज साउन दोस्रो साता लागिसकेको छ । लामो खडेरीले आतिएका यहाँका किसानले अझै आकाश ताक्न छाडेका छैनन् । आकासे पानीको भरमा रहेका किसान साउन दोस्रोसम्म वर्षा भएर रोपाइँ गर्न पाइन्छ कि भन्ने आशामा आकाश ताक्दै बसेका छन् । रोपाइँको समय घर्कंदै जाँदा पनि यहाँका किसान वर्षा भइहाले अलिअलि भए पनि रोपाइँ गर्न पाइन्थ्यो भन्ने आशमा बसेका हुन् ।
“मध्य साउनमा धानको रोपो लहलहाउनुपर्ने हो, हामी अझै पानी परे रोप्न पाइन्थ्यो कि भन्ने आशमा छौँ”, भङ्गाहा–१ का किसान रामकिसन मण्डलले भने । यसपालि धानको बीउ राख्ने, बीउ रोप गर्ने र खरुअन ९कलम, पहिलो रोपो गाँजिएपछि उखेलेर रोप्ने० रोपका परम्परागत तालिका पानी नपरेर त्यसै बितेका उनको भनाइ छ ।
मधेससहित महोत्तरीमा गत जेठ २२ भित्र बीउ राख्ने, असार २२ भित्र बीउ रोप सक्ने र साउन २२ गतेभित्र खरुअन रोपीसक्ने तालिका मानिन्छ । खरुअन बीउ अपूग हुँदा र बर्खे धान तथा अ...