ठेकेदारको लापर्वाहीले नागरिकलाई सास्ती

ठेक्का भएको आठ वर्षसम्म पुल नबन्दा स्थानीयसहित आवतजावत गर्नेलाई सास्ती भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१७, शिवगङ्गा नदीमा पुल नबन्दा सास्ती भोग्नु परेको हो ।  

धनगढी । ठेक्का भएको आठ वर्षसम्म पुल नबन्दा स्थानीयसहित आवतजावत गर्नेलाई सास्ती भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१७, शिवगङ्गा नदीमा पुल नबन्दा सास्ती भोग्नु परेको हो ।

पथरीस्थित सो नदीमा पुल निर्माणका लागि आठ वर्ष अगाडि नै ठेक्का लगाइएको थियो । तर ठेक्का लागेको दशक पुग्न लागे पनि निर्माण कम्पनी पप्पु एडभेञ्चर जेभीले अहिलेसम्म पुलको फाउन्डेसनसमेत तयार पार्न सकेको छैन । पुल नबन्दा वर्षातको समयमा आवतजावत गर्नेलाई सास्ती भोग्नु परिरहेको छ । पुल निर्माणलाई ठेकेदारले वास्ता नगरेको स्थानीय राकेश चौधरीले बताए । ‘आठ वर्षसम्म ठेकेदारले पुल निर्माणका लागि खाल्डो खन्ने काममात्रै गरेको भन्दै उनले भने, ‘त्यो खाल्डो पनि पुरिएको छ, ठेकेदारलाई वास्तै छैन ।’

शिवगङ्गा नदी पुल निर्माणका लागि २०७४ असार २७ गते ठेक्का भएको थियो । २०७७ असार २५ गतेभित्र पुल निर्माण गरिसक्नु पर्ने थियो । तर, अहिलेसम्म फाउन्डेसनसमेत तयार भएको छैन । सँगै ठेक्का भएको सोही वडास्थित खुटिया नदी पुल निर्माणको काम चार वर्ष अगाडि नै सम्पन्न भइसकेको छ । पुल बन्ने स्थानमा हाल कुनै पनि काम नदेखिए पनि निर्माण कम्पनीले ३० प्रतिशत काम पूरा गरेको भन्दै तीन करोड १३ लाख ७२ हजार रुपियाँ भुक्तानी लिइसकेको छ । कुल १४ करोड २६ लाख रुपियाँमा ठेक्का सम्झौता भएको पुल १६० मिटर लामो बन्ने जनाइएको छ । संघिय सरकारको लगानीमा बन्ने पुलको फाउन्डेसन यसअघि बनाएको निर्माण कम्पनीले दाबी गर्ने गरेको छ । तर, अहिले फाउन्डेसन नै नभेटिएकाले निर्माण कम्पनीसंग पुलको अर्को डिजाइन माग गरेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख राजेशकुमार यादवले बताए । ‘त्यो ठाउँमा फाउन्डेसन नै भेटिएन,’ उनले भने, ‘त्यसैले त्यस ठाउँमा अब पुल बन्न नसक्ने भन्दै हामीले २५, ५० मिटर दूरीमा अन्यत्र पुल निर्माणका लागि नयाँ डिजाइन माग गरेका छौं ।’

ठेकेदार चन्द्रशेखर मल्लले भने साविककै स्थानमा पुल बनाउन पाउनु पर्ने माग गर्दै मुद्दामामिला गर्न खोजिरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । ‘ठेकेदारले मुद्दामामिला गर्न खोजे पनि पहिलेको डिजाइनमा अब पुल बन्दैन,’ प्रमुख यादवले भने, ‘यदि, नयाँ डिजाइन दिइएन भने त्यो कम्पनीसँग ठेक्का सम्झौता तोडेर फेरि अर्को ठेक्का आह्वान गर्छौं ।’ कैलालीको प्रसिद्ध धार्मिक स्थल बेहडाबाबा मन्दिर जाने बाटोमा पर्ने सो नदीमा पुल नबन्दा स्थानीयसहित तीर्थ यात्रीहरूले सास्ती खेप्दै आएका छन् । सो बाटो भएर वडा नम्बर १६ को रामपुर, घसिटा लगायत विभिन्न गाउँका स्थानीयले ओहोरदोहोर गर्ने गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

धनगढी । नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।   युएईको शारजाहमा शनिबा...
टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३३ किलो सुनकाण्डका मुख्य आरोपी ‘गोरे’ भनिने चूडामणि उप्रेती...
राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

काठमाडौं, २८ भदौ । मुलुकमा यतिवेला सुशिला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । जेन-जी पुस्ताको आन्दोलनले कांग्रेस र एमाले ने...
आन्दोलन नियन्त्रणबाहिर गएपछि ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

आन्दोलन नियन्त्रणबाहिर गएपछि ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेनजीको आव्हानमा भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री...
मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौ‌ं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि २ लाख रुपैयाँ जरि...
बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

म्याग्दी । पहिरोका कारण जोखिमपूर्ण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाएको छ । ज...
यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । वर्षासँगै देशका अधिकांश सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता ...
भारत उत्तराखण्डको बाढीमा २६ जना नेपाली बेपत्ता : दूतावास

भारत उत्तराखण्डको बाढीमा २६ जना नेपाली बेपत्ता : दूतावास

काठमाण्ठौ । भारतको उत्तराखण्डमा अघिल्लो हप्ता आएको बाढीमा २६ जना नेपाली बेपत्ता रहेको दूतावासले जनाएको छ । दिल्लीमा रहेको नेपाल...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज