
राष्ट्रिय राजमार्ग बाहेकका सडक प्रदेशलाई हस्तान्तरण गर्ने निर्णय
काठमाडौं । संघीय सरकारले सडक तथा पुल जस्ता यातायातका पूर्वाधार क्षेत्रहरुलाई प्रदेशलाई हस्तान्तरण गर्ने भएको छ । मुलुक संघीय प्रणालीमा गएपछि संघ मातहत रहेका त्यस्ता सडक तथा पुलहरुलाई प्रदेशमा हस्तान्तरण गरिएको थिएन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरु सहभागी विषयगत समितिको बैठकले त्यस्ता पूर्वाधारलाई हस्तान्तरण निर्णय गरेको हो । राष्ट्रिय राजमार्ग भने संघ मातहत नै रहनेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले मर्मतसम्भार गर्दै आइरहेका राष्ट्रिय राजमार्ग बाहेकका सहायक मार्गमध्ये हाल कोशी, वागमती र सुदूरपश्चिम प्रदेश सरकारबाट प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी आफ्नो क्षेत्राधिकार रहने गरी प्रदेश लोकमार्ग तथा प्रदेश मार्गको सञ्जाल कायम गरेको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले प्रदेश सरकारबाट अनुरो...