धनगढी । कैलाली कारागारमा ठुलो झडप भएको छ । प्रहरी श्रोतका अनुसार शनिबार बिहान भएको झडपमा परी १ जना कैदीको मृत्यु भएको छ भने कम्तिमा ४० जना अस्पताल भर्ना हुनु भएको छ । झडपमा परी अन्दाजी ३८ बर्षिय भरत चौधरीको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनु भयो । बिहीबार कैलली कारागारबाट तीन जना कैदीलाई अन्यत्र सारिएपछि सुरु भएको विवादकै सिलसिला शुक्रबार राती देखि दोहोरिएको प्रहरीको भनाई छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीका अनुसार बिहीबर भुपेन्द्र हत्या प्रकरणमा जोडिएका तीन जना कैदीको सरुवा गरेपछि सुरु भएको विवादले शनिबार राती उग्र रुप लगेको हो । बिहीबार देखिनै आन्दोलित बनेका कैदी विच शुक्रबार राती देखि कुटकुट भएको सूचना अधिकाी जोशीले बताउनु भयो । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको उहाँले बताउनु भयो । कारागारमा कैदीको संख्या अत्याधिक हुँदा यस्ता घटना हुने गरेको सूचना अधिकारी जोशी बताउनु हुन्छ । शुक्रबार राती करिव १० बजे देखि सुरु भएको विवादले शनिबार बिहान १ बजेपछि उग्र रुप लगेको थियो । घटनाको पूर्ण विवरण अझै आउन सकेको छैन ।
यस विषयमा कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमालसंग कुरा गर्न खोज्दा उहाँल कुनै प्रतिकृया दिन चाहनु भएन ।