Day: २०८२ श्रावण २४, शनिबार

पर्वतका ३१ वटा विद्यालय विद्यार्थीविहीन

पर्वतका ३१ वटा विद्यालय विद्यार्थीविहीन

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
पर्वत । पर्वतमा ३१ वटा सामुदायिक विद्यालय विद्यार्थीविहीन भएका छन् । जिल्लाका सात पालिकामा रहेका ३१ वटा सामुदायिक विद्यालय विद्यार्थीविहीन बनेका हुन् । ती पालिकामा दुई सय ७२ वटा सामुदायिक विद्यालय छन् । विद्यार्थी नभएका धेरैजसो विद्यालय आधारभूत र प्राथमिक तहका छन् । विद्यार्थी शून्य हुनेमा एक माध्यमिक तहको विद्यालय समेत रहेको छ । लामो समयदेखि विद्यार्थी सङ्ख्या शून्य भइसक्दा पनि विद्यालय समायोजन गर्ने प्रक्रिया थालिएको छैन । बढ्दो बसाइँसराइ र गुणस्तरीय शिक्षाको खोजीमा गाउँ रित्तिदै गएका छन् । जिल्ला शिक्षा समन्वय एकाइ पर्वतका अनुसार विहादी गाउँ पालिकामा दुई सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या शून्य रहेको छ । मोदी गाउँपालिकामा नौ विद्यालयमा विद्यार्थी सङ्ख्या शून्य भएको छ । यसैगरी फलेवास नगर पालिकामा छ वटा सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या शून्य पुगेको हो भने कुश्मा नगर पा...
गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण सङ्कट गम्भीर : संयुक्त राष्ट्रसङ्घ

गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण सङ्कट गम्भीर : संयुक्त राष्ट्रसङ्घ

अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाण्डौ । संयुक्त राष्ट्रसङ्घको मानवीय समन्वय कार्यालय (ओसीएचए) ले गाजामा राहत सामग्रीको पहुँच अत्यन्त सीमित रहेकाले बालबालिकासहित नागरिक भोकमरी र कुपोषणको सङ्कटमा परेका जनाएको छ । साथै उसले गाजामा दिनप्रतिदिन भोकमरी र कुपोषणको सङ्कट गहिरिँदै गएकोमा चिन्ता व्यक्त गरेको छ । मानवीय क्षेत्रका साझेदार संस्थाहरूका अनुसार, गाजाका बालबालिकामा तीव्र कुपोषणको दर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । संयुक्त राष्ट्रसङ्घका साझेदार संस्थाहरूले अत्यावश्यक पोषण सामग्री गाजामा पुग्न नसकेको र यसले स्थिति थप जटिल बनाउने चिन्ता व्यक्त गरेका हुन् । यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले आधारभुत सेवामा पहुँच सीमित हुँदा कुपोषण र भोकमरीसँग सम्बन्धित मृत्युका घटना बढिरहेका बताउनुभएको छ । अघिल्लो महिना जुलाईमा गाजामा पाँच वर्षमुनिका झन्डै १२ हजार बालबालिका ती...
जनै पूर्णिमामा क्वाँटी खाने परम्परा

जनै पूर्णिमामा क्वाँटी खाने परम्परा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
काठमाण्डौ । आज जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने गरिन्छ । मास, भटमास, मस्याम, हरियो र सेतो केराउ, सानो केराउ, कालो चना, सेतो चना र सिमी, बोडी, बकुल्ला, मुंगलगायतका गेडागुडीको मिश्रण नै क्वाँटी हो । क्वाँटी विशेष गरि नेवारी परिकार हो । नेवारी भाषामा क्वाँ भनेको तातो र टी भनेको झोल हो । क्वाँटी विभिन्न गेडागुडीबाट बनाइने हुनाले यो परिकार पोषणले भरिपूर्ण हुन्छ । बर्खाको समयमा खेतीकिसानी गर्नेहरुलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्त्व रहेको छ । केराउ, चना, मुगी, मास, सिमी, भटमासलगायतका गेडागुडी मिसाइ पानीमा भिजाएर टुसा निक्लिएपछि क्वाँटी तयार पारिन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्म...
कैलाली कारागार झडप प्रकरण:  पटक–पटक जानकारी गराउँदा पनि प्रशासनले चासो नदिएको घाइतेका आफन्तको आरोप

कैलाली कारागार झडप प्रकरण:  पटक–पटक जानकारी गराउँदा पनि प्रशासनले चासो नदिएको घाइतेका आफन्तको आरोप

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । कैलाली कारागारमा भएको झडप जिल्ला प्रशासन कार्यालय र प्रहरीको चरम लापर्वाहीका कारण भएको कैदीका आफन्तको आरोप छ । बिहीबार कैलाली कारागारका तीन जना कैदीलाई सरुवा गरेपछि विवाद सुरु भएको थियो । बिहीबार कैदीलाई सरुवा गर्ने क्रममा पनि झडप भएको थियो । सो झडपमा परी तीन जना घाइते हुनुभएको थियो । तर प्रशासन कार्यालयले सो घटना लाई सामान्य रुपमा लगेका कारण शनिबार बिहान ठुलो घटना घटेको आफन्तको आरोपछ । बिहीबारको घटनालाई गम्भिरताका साथ लग्न आफुले प्रशासनसंग आग्रह गरेको कैदीका आफन्त महेश चौधरीले बताउनु भयो । चौधरीले बिहीबारको घटना साम्य नभएको भन्दै कारागारमा रहेका आफन्तले गुनासो गरेपछि सोकुरा प्रशासन सम्म जानकारी पनि गराइएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई भेट्न खोज्दा समय नदिएको उहाँले बताउनु भयो । कारागारमा भएको समस्या बारेमा आफुले अनौपचारिक सेवा केन्द्र (इन्सेक)लाई...
कैलाली कारागारमा ठुलाे झडप एक जना कैदीकाे मृत्यू, ४३ जना भन्दा बढी कैदी अस्पताल भर्ना

कैलाली कारागारमा ठुलाे झडप एक जना कैदीकाे मृत्यू, ४३ जना भन्दा बढी कैदी अस्पताल भर्ना

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । कैलाली कारागारमा ठुलो झडप भएको छ । प्रहरी श्रोतका अनुसार शनिबार बिहान भएको झडपमा परी १ जना कैदीको मृत्यु भएको छ भने कम्तिमा ४० जना अस्पताल भर्ना हुनु भएको छ । झडपमा परी अन्दाजी ३८ बर्षिय भरत चौधरीको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनु भयो । बिहीबार कैलली कारागारबाट तीन जना कैदीलाई अन्यत्र सारिएपछि सुरु भएको विवादकै सिलसिला शुक्रबार राती देखि दोहोरिएको प्रहरीको भनाई छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीका अनुसार बिहीबर भुपेन्द्र हत्या प्रकरणमा जोडिएका तीन जना कैदीको सरुवा गरेपछि सुरु भएको विवादले शनिबार राती उग्र रुप लगेको हो । बिहीबार देखिनै आन्दोलित बनेका कैदी विच शुक्रबार राती देखि कुटकुट भएको सूचना अधिकाी जोशीले बताउनु भयो । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको उहाँले बताउनु भयो । कारागारमा कैदीको संख्या अत्याधिक हुँ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज