कैलाली कारागार घटना: मृतकका छोरीको पढाइका लागि प्रमुख जिल्ला अधिकारीले प्रतिबद्धता जनाएपछि परिवारले शव बुझ्यो

मृतकका परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गर्ने सहमति ।

धनगढी । कैलाली कारागारमा भएको झडपमा परी मृत्यु भएका ३६ बर्षिय भरत चौधरीको शव आफन्तले बुझेका छन् । सोमबार कैलालीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय तथा मृतक चौधरीका आफन्तविच भएको छलफलमा मृतकका छोरी (बन्दना)लाई निःशुल्क पठनपाठनका लागि प्रमुख जिल्ला अधिकारीले प्रतिबद्धा जनाएपछि आफन्त शब बझ्न तयार भएका हुन् । ‘्रमुख जिल्ला अधिकारीज्यूले मृतकका छोरीको निशुल्क पढाइका लागि सहजिकरण गर्ने प्रतिबद्धता जनाउनु भएको छ,’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने, ‘सो प्रतिबद्धता पनि मृतकका आफन्त शब बुझ्न तयार हुनु भएको हो ।’

मृतकका छोरीको निशुल्क पठनपाठनका लागि गृहमन्त्रालय संगै स्थानीय स्तरमा पनि कुरा भइरहेको सूचना अधिकारी जोशीले बताए । त्यस संगै कारागारमा भएको घटनाको प्रहरीले अनुसन्धान अघि बढाउने भएको सूचना अधिकारी जोशीले बताए । सोमबार नै मृतकका आफन्तले पहरीमा दिएको जाहेरी बुझेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक राजकुमार सिंहले बताए । ‘दिउँसो कारागार घटनाको अनुसन्धानका लागि मृतकका आफन्तले जाहरी दिनु भएको थियो,’ सूचना अधिकारी सिंहले भने, ‘सोका आधारमा प्रहरीले आफ्नो काम अघि बढाई सकेको छ ।’

घटनाको निश्पक्ष अनुसन्धान गर्दै नातीनीको पढाईका लागि सहजिकरण गर्ने सहमति पछि सोमबारनै शब बुझको मृतककी आमा मृतककी आमा चन्द्रवाली चौधरीले बताइन् । ‘घटनाको सत्य तथ्य छानविन गरी द्धोषिलाई कडा भन्दा कडा कारवाही हुनुपर्छ भन्ने हाम्रो माग हो,’ चौधरीले भनिन्, ‘प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले ती माग सम्बोध गर्ने प्रतिबद्धा जनाएपछि शव बझेका हौं ।’

शुक्रबार रातिको घटनामा चौधरीमाथि आक्रमण गरेर हत्या गर्ने कैदीबन्दीको पहिचान गरेर कारवाहीको दायरामा ल्याउन माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उनको परिवारले सोमबार दिउँसो जाहेरी दिएको हो ।

मृतकका भाइ विजय चौधरीले प्रमुख अधिकारी गोगनबहादुर हमालले टुहुरो बनेकी छोरीको निःशुल्क पठनपाठन र दोषीलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्वतापछि शव बुझ्न तयार भएको बताए । उनले दाजुको शव परीक्षण सकिएपछि सोमबार नै शव बुझको र मंगबार बिहान दाहासंस्कार गर्ने बताए । कैलाली कारागारमा शुक्रबार राति कैदीबन्दीको आक्रमणमा परेर लागुऔषध मुद्दामा कैद भुक्तान गरिररहेका चौधरीको मृत्यु भएको थियोे भने ४९ जना कैदीबन्दी घाइते भएका थिए ।

मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले कैलाली कारागारमा शुक्रबार राति भएको घटनामा गम्भीर लापरबाही भएको निस्कर्ष निकालेको थियो । मानव अधिकार आयोगको टोलीले कारागार कार्यालयको निरीक्षण गर्दै कारागार प्रशासन र फितलो सुरक्षाका कारण कारागारभित्र हिंसात्मक घटना भएको जनाएको छ । मानव अधिकार आयोग धनगढीका प्रमुख प्रकाशदत्त भट्ट सहितको टोलीले कारागारको निरीक्षण पछि कारागार प्रशासनका प्रमुख विदामा भएको समन्वयको अभाव देखिएको, आन्तरिक सुरक्षामा लापरवाही भएको पाइएको भट्टले बताए । त्यस्तै कारागारमा क्षमता भन्दा बढि कैदीबन्दी र कैदीबन्दीको स्थान्तरण पारदर्शी हिसाबले नभएका कारण पनि झडपको स्थिती सिर्जना भएको आयोगको निष्कर्ष छ । भट्टले कारागारभित्रका अन्य कैदीबन्दीको अवस्था भने समान्य रहेको बताए । स्थानीय प्रशासनलाई घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न र उनीहरूका आफन्तलाई सहज रूपमा भेटने वातावरण बनाउन समेत निर्देशन दिइएको भट्टले बताए ।

यसअघि कारागारमा असुरक्षित रहेको भन्दै कैदीबन्दीहरूले सामूहिक निवेदन दिएका आधारमा समेत प्रशासन सचेत गराइएको उनले बताए । शनिबार बिहान बलक ‘ए’ मा रहेका कैदीबन्दीको समूहले भित्ता फुटाएर बलक ‘बी’ मा रहेका कैदीबन्दीमाथि आक्रमण गरेका थिए ।

 

धामिझाँक्रिको भर पर्दा बैतडीमा झाडापखालाबाट बालिकाको मृत्यु

पखाला लागेपछि अस्पताल लैजानु पर्नेमा परिवाले धामीझाक्रिबाट झरफुक गर्न लगाए ।

अन्य बालबालिकामा पनि पखाला लागेपछि स्वास्थ्यकर्मीको टोली घरमै पुग्यो ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

धनगढी । नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।   युएईको शारजाहमा शनिबा...
टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३३ किलो सुनकाण्डका मुख्य आरोपी ‘गोरे’ भनिने चूडामणि उप्रेती...
राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

काठमाडौं, २८ भदौ । मुलुकमा यतिवेला सुशिला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । जेन-जी पुस्ताको आन्दोलनले कांग्रेस र एमाले ने...
आन्दोलन नियन्त्रणबाहिर गएपछि ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

आन्दोलन नियन्त्रणबाहिर गएपछि ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेनजीको आव्हानमा भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री...
मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौ‌ं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि २ लाख रुपैयाँ जरि...
बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

म्याग्दी । पहिरोका कारण जोखिमपूर्ण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाएको छ । ज...
यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । वर्षासँगै देशका अधिकांश सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता ...
भारत उत्तराखण्डको बाढीमा २६ जना नेपाली बेपत्ता : दूतावास

भारत उत्तराखण्डको बाढीमा २६ जना नेपाली बेपत्ता : दूतावास

काठमाण्ठौ । भारतको उत्तराखण्डमा अघिल्लो हप्ता आएको बाढीमा २६ जना नेपाली बेपत्ता रहेको दूतावासले जनाएको छ । दिल्लीमा रहेको नेपाल...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज