Day: २०८२ श्रावण २६, सोमबार

आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न ऐन संशाेधन : गृहमन्त्री लेखक

आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न ऐन संशाेधन : गृहमन्त्री लेखक

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
काठमाण्डाै । गृहमन्त्री रमेश लेखकले आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न नेपाल नागरिकता ऐनलाई संशोधन गर्न लागिएको बताउनुभएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आजकाे बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा बोल्दै उहाँले बुबाको मृत्यु भएको, जीवित रहँदा पनि नागरिकता प्राप्तिमा सहयोग नगरेमा तथा अर्को विवाह गरेर गएको अवस्थामा सन्तानलाई आमाकै नामबाट नागरिकता दिने व्यवस्था विधेयकमा राखिएको उल्लेख गर्नुभयो । आमाको नामबाट नागरिकता दिँदा आमाले स्वघोषणा गरे मात्रै पनि हुने गृहमन्त्री लेखकले बताउनुभयो । उहाँले विदेशमा सन्तान जन्मिने वा गर्भावस्थामा आमा स्वदेश फर्किने तर बुबाको पत्ता नलागेको अवस्थामा आमा र सन्तानको अधिकार सुनिश्चित गर्न आमाको स्वघोषणाको आधारमा अङ्गीकृत नागरिकता दिने व्यवस्था गरिएको बताउनुभयो ।...
स्यालको टोकाईबाट व्याँसका तीन जना घाइते

स्यालको टोकाईबाट व्याँसका तीन जना घाइते

ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
दार्चुला । दार्चुलाको व्याँस गाउँपालिकामा स्यालको टोकाइबाट तीन जना घाइते भएका छन् । आइतबार दिउँसो घर नजिकैको जंगलमा घाँस काट्न गएका बेला स्यालको टोकाइबाट व्याँस गाउँपालिका वडा नं ६ बसेडीका ७० बर्षीय गणेशदत्त भट्ट, ५१ बर्षीय धौली भट्टी र खातीगाउँकी ७५ बर्षीया च्याउलीदेवी भण्डारी घाइते भएका हुन् । घाइते तिनै जनालाई जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी लगिएको स्थानीय रमेश भट्टले बताए । यसैबीच व्याँस गाउँपालिकाले पालिकाका विभिन्न स्थानमा स्यालको आक्रमण बढ्दै गएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । गाउँपालिकाको वडा ३, ४, ५ र ६ मा स्यालको आक्रमण बढीरहेकाले नागरिकलाई सुरक्षित रहन गाउँपालिकाले सूचनामार्फत आग्रह गरेको छ । स्यालको टोकाइबाट बच्न रातिको समयमा एक्लै नहिड्न, वनजंगलमा घाँस÷दाउरा जाँदा समूहमा जान, जेष्ठ नागरिक र बालबालिकाको हेरचाहन गर्न आग्रह गरिएको छ । यस्तै ...
४५ हजार भन्दा बढी भक्तजन पुगे बडीमालिका 

४५ हजार भन्दा बढी भक्तजन पुगे बडीमालिका 

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
बाजुरा । बाजुराको प्रशिद्ध धार्मिक स्थल बडीमालिकामा यस बर्ष ४५ हजार भन्दा बढी भक्तजन पुगेको आँकलन गरिएको छ । साउन १४ गतेदेखि सुरु भएको पूजा २३ गते सम्पन्न भएको थियो । सो अवधिमा ४५ हजार भन्दा बढी भक्तजन बडीमालिका पुगेको अनुमान गरिएको छ । नेपाल स्काउट सुदूरपश्चिम प्रदेश संयोजक नरेन्द्र थापाले आफू पनि सो अवधिभर बडीमालिकामा रहेको भन्दै यस बर्ष करिब ४५ देखि ५० हजारको हाराहारीमा दर्शनार्थीहरु पुगेको अनुमान गरिएको बताए । उनले साउन १४ गते देखि २३ गते मूल पूजा तथा मेलासम्म सो संख्यामा भक्तजनहरुले बडीमालिकाको दर्शन गरेको बताए । त्यस्तै थापाले मुख्य पूजा जनैपूर्णिमाको अघिल्लो दिन भए पनि बडीमालिका माताको नयाँ मन्दिर निर्माण भएको अवसरमा साउन १४ गतेदेखि नवाह लगाएर पूजा सुरु भएको बताए । उनले ९ दिनसम्म ९ वटा ब्राहमण बसेर दैनिक ३ आवृत्ति पढ्ने तथा पूजाआजा गरेर शुद्धाशुद्धीका लागि नवाह सुरु भएको बताएका छ...
बैतडीमा धामिझाँक्रिको भरमा पर्दा १३ बर्षिया बालिकाले ज्यान गयो

बैतडीमा धामिझाँक्रिको भरमा पर्दा १३ बर्षिया बालिकाले ज्यान गयो

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
बैतडी । बैतडीमा धामिझाँक्रिको भरमा पर्दा झाडापखाला लागेकी १३ बर्षिया बालिकाले ज्यान गुमाएकिछन् । तीन दिन देखि पखाला चलेर सिथिल बनेकी डिलाशैनी गाउँपालिका–४ जोखल्लीकी अन्दाजी १३ बर्षीया आरती रोकायाको सोमबार बिहान साढे ५ बजेको समयमा मृत्यु भएको महिला स्वास्थ्य स्वयंसेविका डम्मरा नेगिल े बताइन् । झाडापखाला लागेकी रोकायालाई उपचारका लागि स्वास्थ्य संस्था नलैजाँदा ज्यान गएको बुझिएको छ । उनलाई स्वास्थ्य संस्था लैजानुको सट्टा घरमै धामीझाक्री बोलाएर झारफुक गरेको पाइएको छ । महेश्वरी मावि न्वाघरमा कक्षा ८ मा अध्ययनरत आरतीको निधन भएपछि अहिले जोखल्ली गाउँ शोकमा डुबेको छ । मृतकका बुवा सुरेन्द्रबहादुर रोकाया रोजगारीका लागि भारतको धार्चुलामा रहेका र छोरीको निधन भएपछि घर फर्किन लागेका शिक्षक नेगीले बताए । सोही घरमा थप दुईजना बालबालिकामा झाडापखाला देखिएको महिला स्वास्थ्य स्वयंसेविका नेगीले बताइन् । पखा...
कैलाली कारागार घटना: मृतकका छोरीको पढाइका लागि प्रमुख जिल्ला अधिकारीले प्रतिबद्धता जनाएपछि परिवारले शव बुझ्यो

कैलाली कारागार घटना: मृतकका छोरीको पढाइका लागि प्रमुख जिल्ला अधिकारीले प्रतिबद्धता जनाएपछि परिवारले शव बुझ्यो

Breaking News 1, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
धनगढी । कैलाली कारागारमा भएको झडपमा परी मृत्यु भएका ३६ बर्षिय भरत चौधरीको शव आफन्तले बुझेका छन् । सोमबार कैलालीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय तथा मृतक चौधरीका आफन्तविच भएको छलफलमा मृतकका छोरी (बन्दना)लाई निःशुल्क पठनपाठनका लागि प्रमुख जिल्ला अधिकारीले प्रतिबद्धा जनाएपछि आफन्त शब बझ्न तयार भएका हुन् । ‘्रमुख जिल्ला अधिकारीज्यूले मृतकका छोरीको निशुल्क पढाइका लागि सहजिकरण गर्ने प्रतिबद्धता जनाउनु भएको छ,’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने, ‘सो प्रतिबद्धता पनि मृतकका आफन्त शब बुझ्न तयार हुनु भएको हो ।’ मृतकका छोरीको निशुल्क पठनपाठनका लागि गृहमन्त्रालय संगै स्थानीय स्तरमा पनि कुरा भइरहेको सूचना अधिकारी जोशीले बताए । त्यस संगै कारागारमा भएको घटनाको प्रहरीले अनुसन्धान अघि बढाउने भएको सूचना अधिकारी जोशीले बताए । सोमबार नै मृतकका आफन्तले पहरीमा दिएको जाहेर...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज