
अबरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन
बैतडी । पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग बुधबार दिउँसोदेखि सञ्चालनमा आएको छ । बैतडीको सिगास गाउँपालिका–९ रमिलापूर नजिक मंगलबार राति १ बजेतिर सडक माथिबाट पहिरो खसेर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । सडक अवरुद्ध बनेपछि बझाङ भित्रिने तथा बाहिरिने सवारीसाधन बिच बाटोमै रोकिएका थिए । पहिरो सफा गरेपछि सवारी साधन गन्तव्यतिर गइसकेका छन् ।
सडक डिभिजन कार्यालय बैतडीको जेसीबीले पहिरो सफा गरेपछि दिउँसोदेखि राजमार्ग सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलाराम पाण्डेयले बताए । ‘अहिले राजमार्गमा पूर्णरुपमा सरावारीसाधन चलिरहेका छन्,’ प्रहरी निरीक्षक पाण्डेले भने, ‘अब मौसम सफा हुन लाग्यो यस्तो समस्या आउँदैन् ।’ बुधबार दिउँसोदेखि बैतडीमा पानी पर्नेक्रम रोकिएको छ ।...