ट्रेन्डिङ

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
धनगढी । नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।   युएईको शारजाहमा शनिबार भएको पहिलो टी-२० खेलमा नेपालले वेस्ट इन्डिजमाथि १९ रनको जित निकालेको हो।   नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ९ विकेटको क्षतिमा १२९ रन मात्र जोड्न सक्यो।   वेस्ट इन्डिजका लागि ओपनिङ ब्याटर आमिर जन्गुले १९ रन जोडे भने अर्का ओपनर काइल मेयर्सलाई ५ रनमा कुशल भुर्तेलले रनआउट गरेका थिए।   त्यसपछि ज्वेल एन्ड्रयू ५ रन र अकेम अगस्टे १५ रनमा आउट भए। लगातार विकेट लिएको नेपालसामू वेस्ट इन्डिजका बलर खुलेर ब्याटिङ गर्न असफल भए।   नविन बिदैसीले २२ रन बनाए। खेल आफ्नो नियमन्त्रणमा लिएको नेपालका लागि सोमपाल कामीले १८औं ओभरमा १९ रन खर्चिए। एक नोबल दिएका सोमपाललाई अकिल हुसेन र फाबियन एलेन मिलेर १९ रन बनाएका थिए। तर...
टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३३ किलो सुनकाण्डका मुख्य आरोपी ‘गोरे’ भनिने चूडामणि उप्रेती कारागार फर्किएका छन् । जेन–जी प्रदर्शनका क्रममा भदौ २४ गते जेलबाट भागेका उनीहरू आज जेल फर्किएका हुन् । भदौ २४ गतेको हिंसात्मक प्रदर्शनपछि कारागारबाट १३ हजार ५ सय ९२ जना र सुधारगृहबाट ९ सय ६४ गरी जम्मा १४ हजार ५ सय ५६ जना कैदीबन्दी भागेका थिए । भागेकामध्ये आजसम्ममा कारागारका ६ हजार ६ सय ४३ र सुधारगृहका ३ सय ४१ गरी कुल ६ हजार ९ सय ८४ जना फर्किसकेका कारागार विभागले जनाएको छ । भदौ २४ गते देशभर गरी ३० हजार ६ सय ३९ कैदीबन्दी रहेकामा १५ हजार ५ सय २५ जना कैदीबन्दी भागेका थिएनन् ।...
राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं, २८ भदौ । मुलुकमा यतिवेला सुशिला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । जेन-जी पुस्ताको आन्दोलनले कांग्रेस र एमाले नेतृत्वको केपी ओलीको शक्तिशाली सरकार ढलेर कार्कीको नेतृत्वमा नयाँ सरकार बनेको छ । पूर्व प्रधानन्यायाधीश कार्कीले हिजो (शुक्रबार) राति प्रधानमन्त्रीमा नियुक्त भएर शपथ खाएकी हुन् ।   उनी आज जेन-जीहरुको प्रदर्शनमा घाइते भएर विभिन्न अस्पतालमा उपचार गराईरहेका घाइतेहरुको स्वास्थ्य अवस्था बुझ्न पुगेकी थिईन् । सो क्रममा उनले आफू १८ घण्टा जनताको सेवामा खटिने प्रतिबद्धता व्यक्त गरेकी थिईन् । प्रधानमन्त्री कार्कीले भोलि नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छिन् ।   मन्त्रिपरिषद् विस्तारअघि जेन-जीहरुको आन्दोलनमा अगुवाई गरेका हामी नेपालका संयोजक सुदन गुरुङकहाँ ठूलो भीड लागेको छ । मन्त्री बन्न चाहनेहरुले सुदनसँग सम्पर्क बढाएका छन् । सुदनले नयाँ सरकार...
आन्दोलन नियन्त्रणबाहिर गएपछि ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

आन्दोलन नियन्त्रणबाहिर गएपछि ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेनजीको आव्हानमा भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेका हुन् । प्रधानमन्त्रीले राजीनामा दिएको उनको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्रीको राजीनामा राष्ट्रपतिसमक्ष पुगिसकेको शीतल निवासले जनाएको छ । ‘मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु’, उनले राजीनामा पत्रमा लेखेका छन् ।  ...
अव धनगढीमा फोम दमकलको पनि सेवा 

अव धनगढीमा फोम दमकलको पनि सेवा 

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । ठुलो आगलागी हुँदा नियन्त्रणगर्न हम्मे हम्मे पर्ने समस्यालाई मध्यनजर गर्दै धनगढी उप महानगरपालिकाले फोम दम्कल सेवा सुचारु गरेको छ । फोम दम्पलले प्लास्टिक तथा अन्य धेरै न्वलन्सिल वस्तुमा लागेको आगोलाई पनि सहजै निभाउन सक्ने जनाइएको छ । बुधबार एक विशेष समारोहका बीच नगर प्रमुख गोपाल हमालले फोम दम्कल सेवा सुचारु भएको घोषणा गर्नु भयो । ‘फोम दम्कलले भिषण आगलागीमा पनि सामान्य दमकलले भन्दा विशेष काम गर्नेछ,’ नगर प्रमुख हमालले भने, ‘त्यसले अव आगालागी हुँदा नियन्त्रणमा सहजता हुने अपेक्षा गरिएको छ ।’ पाँच हजार लिटर पानी अटाउने क्षमतासहितको उक्त दमकलमा आगो नियन्त्रणका लागि आवश्यक रसायन राख्ने सुविधा पनि रहेको छ । उपमहानगरका अनुसार इन्धन डिपो, प्लास्टिकजन्य पदार्थ, टरपेन्टाइनलगायत सामान्य पानीले निभाउन नसकिने आगलागी नियन्त्रणमा यस दमकलले प्रभावकारी काम गर्नेछ । नगर प्रमुख हमालका अनुसार उप...
भारतले पानी छोडेपछि पाकिस्तानमा ठूलो बाढीको जोखिम

भारतले पानी छोडेपछि पाकिस्तानमा ठूलो बाढीको जोखिम

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भारतले बाँधबाट सतलज नदीमा थप पानी छोडेपछि पाकिस्तानको पूर्वी क्षेत्रमा ठूलो बाढीको जोखिम उत्पन्न भएको छ । बाढीको जोखिम बढेसँगै पाकिस्तानले दशौँ हजार बासिन्दालाई सुरक्षित ठाउँतर्फ सारिरहेको छ । भारतले पाकिस्तानलाई सम्भावित सीमापार बाढीबारे अघिल्लो दिन नै सचेत गराएको थियो । यो सूचना भारत पाकिस्तानबीच पछिल्लो द्धन्द्धपछिको पहिलो सार्वजनिक कूटनीतिक सम्पर्क पनि हो । यस्तै भारतले यसपटकको बाढी चेतावनी सन् १९६० मा विश्व बैङ्कको मध्यस्थतामा भएको सिन्धु जल सन्धि अन्तर्गतको स्थायी संयन्त्रबाट नभइ प्रत्यक्ष कूटनीतिक माध्यममार्फत पठाइएको हो । उद्धारकर्ताहरूले कसुर जिल्लाबाट १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित ठाउँमा लगेका छन् । भारतीय सीमा नजिकको बहावलनगर शहरबाट ८९ हजारभन्दा बढी बासिन्दालाई सुरक्षित क्षेत्रमा सारिएको छ । अत्यधिक वर्षा जारी रहँदा पाकिस्तानले तीव्र बाढीको सामना गरिरहेकै बेला सतलज...
विपिनका बुवा भन्छन्  : दुई बर्ष सम्म छोराको अवस्था थाहा पाउन सकिएन 

विपिनका बुवा भन्छन्  : दुई बर्ष सम्म छोराको अवस्था थाहा पाउन सकिएन 

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
धनगढी । हमासको बन्धकमा रहेका विपिन जोशीका बुवा महानन्द जोशीले दुई वर्ष बितिसक्दा पनि छोराको अवस्थाबारे थाहा पाउन नसकिएको बताएका छन् । आइतबार धनगढीमा आयोजित एक कार्यक्रमा उनले छोरालाई इजराइलबाट हमासले बन्धक बनाएर लगेपछि परिवारको खुसी, भोक निद्रा सबै खोसिएको बताए । त्यसयता मन्त्री, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसँगसमेत पटक–पटक भेट भएको तर छोरा कुन अवस्थामा छ भन्ने जानकारी नपाएको बताए । ‘सरकारले सधै पहल गरिरहेको भन्छ,’ जोशीले भने, ‘पहल हुँदै पनि होला तर पहलका लागि एकपटक भन्दा नलागे सरकारले पनि पटक–पटक भनिराखे, झकझकाइराखे, सोधिराखे केही पत्ता लाग्थ्यो कि ।’ केही दिनअघि विपिनका आमा र बहिनी इसराइल गएका थिए । उनीहरूलाई इसराइली सरकारले नै झिकाएपछि दूतावासको समन्वयमा पठाइएको हो । सन् २०२३ को अक्टोबर ७ मा हमासले इसराइलमा आक्रमण गरी त्यहाँबाट विपिन जोशीसहित साढे २ सय जनालाई बन्धक बनाएर लगेको थियो । ...
फूटको संघारमा नागरिक उन्मुक्ति पार्टी

फूटको संघारमा नागरिक उन्मुक्ति पार्टी

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
धनगढी । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा रञ्जिता श्रेष्ठ नै अध्यक्ष रहेको निर्णय गरेपछि पार्टी संरक्षक रेशम चौधरी समूह नयाँ रणनीतिमा जुटेको छ । उनीहरु आगामी बाटो तय गर्ने छलफलमा केन्द्रित रहदा अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीलाई नै कारवाही गरेकी छन् । अध्यक्ष श्रेष्ठले पार्टी गतिबिधि विपरित काम गरेको भन्दै संसदीय दलको नेता नरहने गरी कारवाही गरेको पत्र संसद सचिवालयमा बझाएकिछन् । रेशम समूहले यही साउन १४–१५ गते राष्ट्रिय भेला गर्दै रञ्जिता श्रेष्ठलाई अध्यक्ष मात्रै होइन, पार्टीको साधारण सदस्यबाटसमेत हटाएर लालवीर चौधरीलाई अध्यक्ष घोषणा गरेको थियो । साउन १८ गते अध्यक्ष घोषित लालवीरले पार्टीका पदाधिकारी अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए । यता, रञ्जिताले पनि सोही दिन राष्ट्रिय भेला अवैधानिक रहेको र आफू नै अध्यक्ष रहेको भन्दै आयोगमा ध्य...
सकियो डोलाजात्रा

सकियो डोलाजात्रा

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
धनगढी । डोला जात्रा मनाउँदै श्रीकृष्ण जन्माष्टमी सकिएको छ । आइतबार श्रीकृष्ण वर्तमो विधिवत् समापनका लागि मुर्ति विसर्जन गरिएको श्रक्ष्मिनारायण मन्दिरका व्यवस्थापक हरी न्यौपानेले बताए । मुर्ति विसर्जन गर्ने क्रममा धनगढी बजारमा रथ यात्रा निकालिएको हो । भक्तजनको बाक्लो भीड संगै रथ यात्रा पछि श्रीकृष्णको मूर्ति विसर्जन गरिएको न्यौपानेले बताए । मूर्ति विसर्जन गर्ने परम्परालाई डोला जात्रा भन्ने परम्परा रहेको उनले बताए । विगत देखिनै डोलाजात्राको परम्परा रहेकाले सोही परम्परालाई यस पटक पनि निरन्तरता दिइएको उनले बताए ।...
मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौ‌ं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि २ लाख रुपैयाँ जरिवाना तोकेको छ । महानगरको नियमित अनुगमनका क्रममा उक्त व्यवसायले बिक्री–वितरणका लागि तयार गरेको मममा धातुको औँठी फेला परेको र खाद्य पदार्थको गुणस्तर मापदण्डअनुरूप नरहेको पाइएपछि यस्तो कारबाही गरिएको हो । काठमाडौं महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेका अनुसार धरहरा टपरी ममले पटक–पटक महानगरको निर्देशन उल्लङ्घन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको बताए । ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०, २९ र ३० (१) ख बमोजिम २ लाख जरिवाना तोकिएको हो,’ न्यौपानेले बताए। महानगरले व्यवसाय सञ्चालकलाई उक्त जरिवाना रकम ७ दिनभित्र बैङ्क मार्फत जम्मा गरी सोको जानकारीसहित महानगरपालिकाको कार्यालयमा उपस्थित हुन निर्दे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज