सुदूरपश्चिम

अव धनगढीमा फोम दमकलको पनि सेवा 

अव धनगढीमा फोम दमकलको पनि सेवा 

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । ठुलो आगलागी हुँदा नियन्त्रणगर्न हम्मे हम्मे पर्ने समस्यालाई मध्यनजर गर्दै धनगढी उप महानगरपालिकाले फोम दम्कल सेवा सुचारु गरेको छ । फोम दम्पलले प्लास्टिक तथा अन्य धेरै न्वलन्सिल वस्तुमा लागेको आगोलाई पनि सहजै निभाउन सक्ने जनाइएको छ । बुधबार एक विशेष समारोहका बीच नगर प्रमुख गोपाल हमालले फोम दम्कल सेवा सुचारु भएको घोषणा गर्नु भयो । ‘फोम दम्कलले भिषण आगलागीमा पनि सामान्य दमकलले भन्दा विशेष काम गर्नेछ,’ नगर प्रमुख हमालले भने, ‘त्यसले अव आगालागी हुँदा नियन्त्रणमा सहजता हुने अपेक्षा गरिएको छ ।’ पाँच हजार लिटर पानी अटाउने क्षमतासहितको उक्त दमकलमा आगो नियन्त्रणका लागि आवश्यक रसायन राख्ने सुविधा पनि रहेको छ । उपमहानगरका अनुसार इन्धन डिपो, प्लास्टिकजन्य पदार्थ, टरपेन्टाइनलगायत सामान्य पानीले निभाउन नसकिने आगलागी नियन्त्रणमा यस दमकलले प्रभावकारी काम गर्नेछ । नगर प्रमुख हमालका अनुसार उप...
स्यालको टोकाईबाट व्याँसका तीन जना घाइते

स्यालको टोकाईबाट व्याँसका तीन जना घाइते

ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
दार्चुला । दार्चुलाको व्याँस गाउँपालिकामा स्यालको टोकाइबाट तीन जना घाइते भएका छन् । आइतबार दिउँसो घर नजिकैको जंगलमा घाँस काट्न गएका बेला स्यालको टोकाइबाट व्याँस गाउँपालिका वडा नं ६ बसेडीका ७० बर्षीय गणेशदत्त भट्ट, ५१ बर्षीय धौली भट्टी र खातीगाउँकी ७५ बर्षीया च्याउलीदेवी भण्डारी घाइते भएका हुन् । घाइते तिनै जनालाई जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी लगिएको स्थानीय रमेश भट्टले बताए । यसैबीच व्याँस गाउँपालिकाले पालिकाका विभिन्न स्थानमा स्यालको आक्रमण बढ्दै गएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । गाउँपालिकाको वडा ३, ४, ५ र ६ मा स्यालको आक्रमण बढीरहेकाले नागरिकलाई सुरक्षित रहन गाउँपालिकाले सूचनामार्फत आग्रह गरेको छ । स्यालको टोकाइबाट बच्न रातिको समयमा एक्लै नहिड्न, वनजंगलमा घाँस÷दाउरा जाँदा समूहमा जान, जेष्ठ नागरिक र बालबालिकाको हेरचाहन गर्न आग्रह गरिएको छ । यस्तै ...
बैतडीमा धामिझाँक्रिको भरमा पर्दा १३ बर्षिया बालिकाले ज्यान गयो

बैतडीमा धामिझाँक्रिको भरमा पर्दा १३ बर्षिया बालिकाले ज्यान गयो

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
बैतडी । बैतडीमा धामिझाँक्रिको भरमा पर्दा झाडापखाला लागेकी १३ बर्षिया बालिकाले ज्यान गुमाएकिछन् । तीन दिन देखि पखाला चलेर सिथिल बनेकी डिलाशैनी गाउँपालिका–४ जोखल्लीकी अन्दाजी १३ बर्षीया आरती रोकायाको सोमबार बिहान साढे ५ बजेको समयमा मृत्यु भएको महिला स्वास्थ्य स्वयंसेविका डम्मरा नेगिल े बताइन् । झाडापखाला लागेकी रोकायालाई उपचारका लागि स्वास्थ्य संस्था नलैजाँदा ज्यान गएको बुझिएको छ । उनलाई स्वास्थ्य संस्था लैजानुको सट्टा घरमै धामीझाक्री बोलाएर झारफुक गरेको पाइएको छ । महेश्वरी मावि न्वाघरमा कक्षा ८ मा अध्ययनरत आरतीको निधन भएपछि अहिले जोखल्ली गाउँ शोकमा डुबेको छ । मृतकका बुवा सुरेन्द्रबहादुर रोकाया रोजगारीका लागि भारतको धार्चुलामा रहेका र छोरीको निधन भएपछि घर फर्किन लागेका शिक्षक नेगीले बताए । सोही घरमा थप दुईजना बालबालिकामा झाडापखाला देखिएको महिला स्वास्थ्य स्वयंसेविका नेगीले बताइन् । पखा...
कैलाली कारागार घटना: मृतकका छोरीको पढाइका लागि प्रमुख जिल्ला अधिकारीले प्रतिबद्धता जनाएपछि परिवारले शव बुझ्यो

कैलाली कारागार घटना: मृतकका छोरीको पढाइका लागि प्रमुख जिल्ला अधिकारीले प्रतिबद्धता जनाएपछि परिवारले शव बुझ्यो

Breaking News 1, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
धनगढी । कैलाली कारागारमा भएको झडपमा परी मृत्यु भएका ३६ बर्षिय भरत चौधरीको शव आफन्तले बुझेका छन् । सोमबार कैलालीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय तथा मृतक चौधरीका आफन्तविच भएको छलफलमा मृतकका छोरी (बन्दना)लाई निःशुल्क पठनपाठनका लागि प्रमुख जिल्ला अधिकारीले प्रतिबद्धा जनाएपछि आफन्त शब बझ्न तयार भएका हुन् । ‘्रमुख जिल्ला अधिकारीज्यूले मृतकका छोरीको निशुल्क पढाइका लागि सहजिकरण गर्ने प्रतिबद्धता जनाउनु भएको छ,’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने, ‘सो प्रतिबद्धता पनि मृतकका आफन्त शब बुझ्न तयार हुनु भएको हो ।’ मृतकका छोरीको निशुल्क पठनपाठनका लागि गृहमन्त्रालय संगै स्थानीय स्तरमा पनि कुरा भइरहेको सूचना अधिकारी जोशीले बताए । त्यस संगै कारागारमा भएको घटनाको प्रहरीले अनुसन्धान अघि बढाउने भएको सूचना अधिकारी जोशीले बताए । सोमबार नै मृतकका आफन्तले पहरीमा दिएको जाहेर...
कैलाली कारागार झडप प्रकरण:  पटक–पटक जानकारी गराउँदा पनि प्रशासनले चासो नदिएको घाइतेका आफन्तको आरोप

कैलाली कारागार झडप प्रकरण:  पटक–पटक जानकारी गराउँदा पनि प्रशासनले चासो नदिएको घाइतेका आफन्तको आरोप

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । कैलाली कारागारमा भएको झडप जिल्ला प्रशासन कार्यालय र प्रहरीको चरम लापर्वाहीका कारण भएको कैदीका आफन्तको आरोप छ । बिहीबार कैलाली कारागारका तीन जना कैदीलाई सरुवा गरेपछि विवाद सुरु भएको थियो । बिहीबार कैदीलाई सरुवा गर्ने क्रममा पनि झडप भएको थियो । सो झडपमा परी तीन जना घाइते हुनुभएको थियो । तर प्रशासन कार्यालयले सो घटना लाई सामान्य रुपमा लगेका कारण शनिबार बिहान ठुलो घटना घटेको आफन्तको आरोपछ । बिहीबारको घटनालाई गम्भिरताका साथ लग्न आफुले प्रशासनसंग आग्रह गरेको कैदीका आफन्त महेश चौधरीले बताउनु भयो । चौधरीले बिहीबारको घटना साम्य नभएको भन्दै कारागारमा रहेका आफन्तले गुनासो गरेपछि सोकुरा प्रशासन सम्म जानकारी पनि गराइएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई भेट्न खोज्दा समय नदिएको उहाँले बताउनु भयो । कारागारमा भएको समस्या बारेमा आफुले अनौपचारिक सेवा केन्द्र (इन्सेक)लाई...
कैलाली कारागारमा ठुलाे झडप एक जना कैदीकाे मृत्यू, ४३ जना भन्दा बढी कैदी अस्पताल भर्ना

कैलाली कारागारमा ठुलाे झडप एक जना कैदीकाे मृत्यू, ४३ जना भन्दा बढी कैदी अस्पताल भर्ना

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । कैलाली कारागारमा ठुलो झडप भएको छ । प्रहरी श्रोतका अनुसार शनिबार बिहान भएको झडपमा परी १ जना कैदीको मृत्यु भएको छ भने कम्तिमा ४० जना अस्पताल भर्ना हुनु भएको छ । झडपमा परी अन्दाजी ३८ बर्षिय भरत चौधरीको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनु भयो । बिहीबार कैलली कारागारबाट तीन जना कैदीलाई अन्यत्र सारिएपछि सुरु भएको विवादकै सिलसिला शुक्रबार राती देखि दोहोरिएको प्रहरीको भनाई छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीका अनुसार बिहीबर भुपेन्द्र हत्या प्रकरणमा जोडिएका तीन जना कैदीको सरुवा गरेपछि सुरु भएको विवादले शनिबार राती उग्र रुप लगेको हो । बिहीबार देखिनै आन्दोलित बनेका कैदी विच शुक्रबार राती देखि कुटकुट भएको सूचना अधिकाी जोशीले बताउनु भयो । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको उहाँले बताउनु भयो । कारागारमा कैदीको संख्या अत्याधिक हुँ...
औद्योगिक प्रतिष्ठान उत्पादकत्व वृद्धिमा हेरचाह केन्द्रको अवश्यकताको पहिचान

औद्योगिक प्रतिष्ठान उत्पादकत्व वृद्धिमा हेरचाह केन्द्रको अवश्यकताको पहिचान

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । सुदूरपश्चिममा औद्योगिक प्रतिष्ठानको उत्पादकत्व वृद्धि गर्न हेरचाह केन्द्र आवश्यकता र पहिचान गरिएको छ । सुदूरपश्चिम प्रदेशमा स्याहार हेरचाह सेवाको औपचारिक रूपमा प्रवद्र्धन गर्न उद्देश्यसहित ‘सुदूरपश्चिम प्रदेशमा हेरचाह सेवा केन्द्रको आवश्यकता र अवसरहरूको नक्सांकन र पहिचान’ गर्न आयोजित विशेष कार्यक्रमले हेरचाह केन्द्रको पहिचान गरेको हो । अन्तरास्ट्रिय श्रम संगठनको आर्थिक एवम प्राविधिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ र महासंघ सुदूरपश्चिम प्रदेशको संयुक्त रूपमा सन्चालित सशक्त महिला समृद्ध नेपाल कार्यक्रमले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले हेरचाह सेवा अझै सरकारको प्राथमिकताको क्षेत्र बन्न नसकेको गुनासो गरेका थिए । सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगकी उपाध्यक्ष जीवन रानाले हेरचाह क्षेत्रमा सहयोग पुग्ने गरि सरकारले विभिन्न नीति तयार गरेको बताइन । ‘प्रदेश सरकारले हेरचाह क...
कैलाली कारागारमा कैदीबन्दीबीच झडप, पाँच जना घाइते

कैलाली कारागारमा कैदीबन्दीबीच झडप, पाँच जना घाइते

ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । कैलाली कारागारमा कैदीबन्दीबीच झडप हुँदा ५ जना घाइते भएका छन् । झडपमा परी घाइते भएकाहरुको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक राजकुमार सिंहले बताए । बिहीबार कैलाली कारागारमा रहेका तीन जना कैदिवन्दिलाई अन्यत्र सरुवा गरेपछि झडप सुरु भएको थियो । भूपेन्द्र बडुवाल हत्या प्रकरणमा मुछिएका तीन जनालाई बिहीबार अन्य कारागार सरुवा गरिएको प्रहरी प्रबक्ता सिंहले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको सिंहले बताए । कैदीलाई सरुवा गर्ने क्रममा विवाद हुँदा झडप भएको हुन सक्ने आँकलन गरिएको छ ।   एकै दिन १८ महिलाको शल्यक्रिया मार्फत सफल प्रसुती सेवा जयन्त सिंह भाट, धनगढीः सेती प्रादेशिक अस्पतालमा एकै दिन १८ जना महिलाको शल्यक्रिया गरि प्रसुती गराईएको छ । आकस्मिक भई रातीको समयमा १० जना र दिउँसोको समयमा ८ जना गर...
मेलौली मन्दिर परिसरमा पूर्वाधारको काम अलपत्र

मेलौली मन्दिर परिसरमा पूर्वाधारको काम अलपत्र

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
बैतडी । बैतडीको मेलौली भगवति मन्दिरमा निर्माण भइरहेको पूर्वाधारका योजनाहरू अलपत्र अवस्थामा छन् । समयमा बजेट व्यवस्थापन नहुँदा पूर्वाधार निर्माणका योजनाहरूको काम अलपत्र रहेको हो । आर्थिक वर्ष २०७७÷०७८ देखि निर्माण सुरु भएको पूर्वाधार योजनाका अधिकांश कामहरू अलपत्र छन् । निर्माण सुरु भएको चार वर्ष पुगिसक्दा पनि यहाँका योजनाको ५० प्रतिशत पनि काम सम्पन्न नभएको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिंह नायकले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५५ प्रतिशत र मेलौली नगरपालिकाको ४५ प्रतिशत बजेटगरी संयुक्त लगानीमा योजना अघि बढ्ने समजदारी भएको थियो । जसअन्तर्गत मन्त्रालयले चार करोड ५५ लाख र नगरपालिकाले दुई करोड ४५ लाख बजेट सुनिश्चित गरिएको थियो । कुल सात करोडमा आर्थिक वर्ष २०७७÷०७८ सालमा ठेक्का खोलिएकोमा गौरा कन्ट्रक्सनले झण्डै ५० प्रतिशत घटाघटीमा साढे तीन करोडमा ठेक्क...
ठेकेदारको लापर्वाहीले नागरिकलाई सास्ती

ठेकेदारको लापर्वाहीले नागरिकलाई सास्ती

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । ठेक्का भएको आठ वर्षसम्म पुल नबन्दा स्थानीयसहित आवतजावत गर्नेलाई सास्ती भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१७, शिवगङ्गा नदीमा पुल नबन्दा सास्ती भोग्नु परेको हो । पथरीस्थित सो नदीमा पुल निर्माणका लागि आठ वर्ष अगाडि नै ठेक्का लगाइएको थियो । तर ठेक्का लागेको दशक पुग्न लागे पनि निर्माण कम्पनी पप्पु एडभेञ्चर जेभीले अहिलेसम्म पुलको फाउन्डेसनसमेत तयार पार्न सकेको छैन । पुल नबन्दा वर्षातको समयमा आवतजावत गर्नेलाई सास्ती भोग्नु परिरहेको छ । पुल निर्माणलाई ठेकेदारले वास्ता नगरेको स्थानीय राकेश चौधरीले बताए । ‘आठ वर्षसम्म ठेकेदारले पुल निर्माणका लागि खाल्डो खन्ने काममात्रै गरेको भन्दै उनले भने, ‘त्यो खाल्डो पनि पुरिएको छ, ठेकेदारलाई वास्तै छैन ।’ शिवगङ्गा नदी पुल निर्माणका लागि २०७४ असार २७ गते ठेक्का भएको थियो । २०७७ असार २५ गतेभित्र पुल निर्माण गरिसक्नु पर्ने थियो । तर, अहिलेसम्म फा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज