
कैलालीको खुटियाबाट डोजरसहित २६ गाडी नियन्त्रणमा।
कैलालीको खुटियाबाट डोजरसहित २६ गाडी नियन्त्रणमा
धनगढी कैलालीको खुटिया खोलाबाट डोजरसहित २६ गाडी नियन्त्रणमा लिइएको छ।
जिल्ला समन्वय समिति, कैलालीसहितको स्थलगत अनुगमन टोलीले १७ ट्याक्टर, सात ट्रिपर र २ वटा डोजर नियन्त्रणमा लिएको हो।
अनुगमन टोलीले बिहिवार नियन्त्रणमा लिएका २६ सवारी कारबाहीका लागि इलाका प्रहरी कार्यालय, मालाखेतीमा राखिएको छ। जिल्ला समन्वय समिति, कैलालीका उप–प्रमुख खगराज भुषालले सेहरी क्षेत्रको खुटिया नदीमा दोहन गर्दै गरेको अवस्थामा सवारी नियन्त्रणमा लिएको बताए।
सुदूरपश्चिम प्रदेश ०१–००२ त ५१५९, से २ त ३५४३, सुदूरपश्चिम प्रदेश ०१–००२ त ६८१०, सुदूरपश्चिम प्रदेश ०१–००२ त ६८०९, भे १८–६९५९, से १ त ५४४९, से १ त ४८८४, से १ त ६१६५, से १ त ७३८७, सुदूरपश्चिम प्रदेश ०१–००२ त ४९२३ नम्बरका गाडी नियन्त्रणमा लिइएको हो।
यस्तै, सुदूरपश्चिम...