आजको विशेष

काठमाडौंमा बिहानैदेखि सार्वजनिक यातायात नचल्दा सर्वसाधारणलाई सास्ती

काठमाडौंमा बिहानैदेखि सार्वजनिक यातायात नचल्दा सर्वसाधारणलाई सास्ती

Breaking News 2, आजको विशेष, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार, सुरक्षा
यातायात व्यवसायीहरूले विभिन्न माग राखेर आजदेखि काठमाडौं उपत्यकासहित देशभरि यातायात बन्द गरेका छन्। यातायात व्यवसायीहरूको आह्वानमा सोमबार बिहानैदेखि काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायातका साधनहरू ठप्पप्रायः छ। एकाध ठाउँमा एक/दुईवटा गाडी चलेको देखिन्छ। बिहानैदेखि सार्वजनिक यातायात नचल्दा सर्वसाधारणहरूले सास्तो ब्यहोर्नुपरेको छ। कलेज पढ्ने व‍िद्यार्थी, बिहानै काममा जाने मानिसहरू बस बिसौनीमा सार्वजनिक यातायात कुरेर बसेको देखिन्छन्। यातायात बन्द भएपछि केही मानिसहरू हिँडेरै गन्तव्यसम्म जाँदै गरेको दृश्य पनि सडकमा देखिन्छ।  ...
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै

Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
बैङ्कक : प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै छन्। उनीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गर्ने रहेको छ। आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले स्वागत सम्बोधन गरेपछि कायसूचीहरु प्रस्तुत गरिनेछन्। तत्पश्चात् बङ्गलादेश, भुटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता)हरुबाट सम्बोधन हुनेछ। सम्बोधनपछि कार्यसूचीहरु पारित हुनेछन् भने आयोजक मुलुकका प्रधानमन्त्री शिनावात्ले पत्रकार सम्मेलन गर्नुहुने कार्यक्रम छ। सम्मेलनमा दिवाभोजपछि स्थानीय समयअनुसार अपराह्न ४ बजे प्रधानमन्त्री ओली र ...
भारतीय दूतावास घेरेर विद्यार्थीको प्रदर्शन

भारतीय दूतावास घेरेर विद्यार्थीको प्रदर्शन

Breaking News 1, अन्तर्राष्ट्रिय, आजको विशेष, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुरक्षा
काठमाडौं। भारतमा अध्ययनरत प्रकृति लम्सालको रहस्यमय मृत्युपछि कलेज प्रशासनले होस्टेलमा रहेका अन्य ७ सय बढी नेपाली विद्यार्थीमाथि भएको धरपकडविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वविय)० ले भारतको ओडिसास्थित छात्रावासमा नेपाली छात्रा प्रकृति लम्सालको निधनको घटनामा न्याय माग्दै लैनचौरस्थित भारतीय दूतावासअगाडि प्रदर्शन गरेको हो ।प्रदर्शनका क्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडालले नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूति गर्न भारत सरकारसमक्ष माग गरे ।आफूहरूले शान्तिपूर्ण प्रदर्शनमार्फत् उठाएका माग पूरा नगरे देशव्यापी दबाब सिर्जना गर्न बाध्य हुने उनले बताए । प्रकृति लम्सालको लागि न्याय माग्दै सामाजिक सञ्जालमा ह्यासट्यागसमेत चलाउने जानकारी बडालले दिएका छन् ।  ...
धनगढीमा १४ वर्षीया किशोरीमाथि करणी

धनगढीमा १४ वर्षीया किशोरीमाथि करणी

Breaking News 1, आजको विशेष, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी। धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा बस्दै आएकी बाजुराकी एक किशोरीमाथि करणी गरिएको घटना सार्वजनिक भएको हो। बाजुुराको खप्तडछेडेदह गाउँपालिका घर भएर धनगढीमा अध्ययन गर्दै आएकी १४ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरिएको प्रहरीले जनाएको छ। उनीमाथि १८ वर्षीय किशोरले बिहीवार साँझ जबरजस्तीकरणी गरेका हुन। स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले चक्कु देखाउँदै आफूसँग नहिडे मारिदिने धम्की दिएका प्रहरीले बताएको छ। त्यसपछि उनी युवकसँगै उनको घर पुगेकी थिइन्। किशोरीमाथि घरमै जबरजस्तीकरणी गरेर युवक भागेका छन्। पीडित किशोरीले शनिवार मात्र प्रहरीलाई घटनाबारे खबर गरेकी हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले शनिवार साँझ मात्र किटानी जाहेरी प्राप्त भएको बताए। किशोरीलाई चक्कु देखाउँदै डर, त्रासमा पारेर घरमै लगेर जबरजस्तीकरण गर्ने युवकको खोजी...
अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने माओवादीको निर्णय।

अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने माओवादीको निर्णय।

Breaking News 1, आजको विशेष, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले संसद्‌मा अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने निर्णय गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले अस्वीकारको सूचना दर्ता गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । माओवादीले सरकारले ल्याएको अध्यादेशको अलोकतान्त्रिक भन्दै विरोध गर्दै आएको छ । त्यस्तै, आजको बैठकमा संसद्को हिउँदे अधिवेशन थप प्रभावकारी बनाउने विषयमा छलफल भएको उनले बताए । प्रमुख प्रतिपक्षी दलको हैसियतले अरु प्रतिपक्षी दललाई पनि सँगै लैजाने विषयमा माओवादी बैठकमा छलफल भएको छ । “हाम्रो दुईवटा जिम्मेवारी छन् । एउटा आफ्नो दलहरूको आवाज उठाउने । विपक्षी दललाई लिएर आवाज घनीभूत गर्ने विषयमा लामो छलफल भएको छ,” पाण्डेले भने । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान भएको विपक्षी दलसँगको छलफलबारे पनि ब्रिफिङ गरेका थिए । बैठकले सदनमा सशक्त ढंगले प्रस्तुत हुने निर्णय पनि ग...
सुनको मूल्य १४ सयले बढ्यो

सुनको मूल्य १४ सयले बढ्यो

आजको विशेष, ताजा अपडेट, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य १४ सय बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर एक हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।  ...
अछाममा किशोरी मृत्यु प्रकरणः २ जना नियन्त्रणमा

अछाममा किशोरी मृत्यु प्रकरणः २ जना नियन्त्रणमा

Breaking News 2, आजको विशेष, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
अछाम। अछाममा किशोरी मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई सोधपुछको लागी नियन्त्रणमा लिएको छ। आइतवार साँझ जिल्लाको ढकारी गाउँपालिकाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने दुवै जना २० वर्ष भन्दा कम उमेरका हुन्। जिल्लाको ढकारी गाउँपालिका ८ कि १५ वर्षीया सरस्वती खड्का र १४ वर्षकी  ईश्वरी खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सामुदायिक वनमा शनिवार बेलुकी शव फेला परेको थियो। शुक्रवार बिहान घरबाट बाख्रा चराउन गएका उनीहरू त्यही दिनबाट सम्पर्क विहीन भएका थिए। शनिवार शङ्कास्पद अवस्थामा शव फेला परेसँगै आफन्तले हत्याको आशङ्का गरेका हुन। परिवारका सदस्यहरूले हत्या भएको भन्दै छानबिनको लागी स्थानीय प्रशासनसँग माग गरेको छन्। शव क्षतविक्षत अवस्थामा अलग अलग ठाउँमा फेला परेका थिए। मृतक दुवै जना एउटै परिवारका हुन। मृतक मध्य सरस्वती फुपू र ईशरा भदैनी नाता पर्छन्। शङ्कास्पद व्यक्तिका बारेमा परिवार...
बैतडीमा जिप दुर्घटना ६ जना घाइते

बैतडीमा जिप दुर्घटना ६ जना घाइते

Breaking News 2, आजको विशेष, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
बैतडीः बैतडीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको सिगास गाउँपालिका–१ मा शनिवार बिहान भएको जिप दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सुदूरपश्चिम प्रदेश ०१००१ च ४०२८ नम्बरको जिप गणानबाट इराना जाँदै गर्दा सिगास १ को माँडौ भन्ने स्थानमा दुर्घटना भएको हो। घाइते हुनेहरूमा १४ वर्षीया जयन्ती धामी, ४० वर्षीय तुलसी धामी, १६ वर्षीया निरा धामी, १९ वर्षीया पार्वती धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी रहेका छन्। घाइते सबैको अवस्था गम्भीर रहेको जनाइएको छ। घाइते सबैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिपमा चालकसहित ८ जना सवार रहेका थिए। दुर्घटनामा परेको जिप सडकबाट करिब ५ सय मिटर तल खसेको जनाइएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाको छ।...
आज पनि सकिएन रविको थुनछेक बहस, आइतबार फेरि उपस्थित हुने

आज पनि सकिएन रविको थुनछेक बहस, आइतबार फेरि उपस्थित हुने

Breaking News 2, आजको विशेष, ताजा अपडेट, राजनीति, समाचार
११ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक हेर्दाहेर्दैमा राखिएको छ । बुधबारबाट जारी बहस नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले अनलाइनखबरलाई जानकारी दिए । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार दिनभर बयान भएको थियो भने बिहीबारबाट थुनछेक बहस भइरहेको छ । बिहीबार ८ जना सरकारी वकिलहरूले बहस गरेका थिए । शुक्रबार सुरुमा जाहेरवालाका तर्फबाट वकिलहरूको बहस भएको थियो । त्यसपछि प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र सुरेन्द्र थापाले बहस गरेका छन् । उनीहरूको बहस नसकिएपछि आइतबार पुनः अदालत उपस्थित हुने शर्तमा रविलाई परिवारको जिम्मा लगाइएको छ । थुनछेक बहस सकिएपछि जाहेरवाला...
काठमाडौंका कुन–कुन स्थानमा जानेछ आज ५ घण्टा बिजुली ?

काठमाडौंका कुन–कुन स्थानमा जानेछ आज ५ घण्टा बिजुली ?

Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । काठमाडौं उपत्यकाका केही स्थानमा आज पाँच घण्टा विद्युत् अवरुद्ध हुनेछ । नेपाल विद्युत् प्राधिकरणका अनुसार च्यासल, लुभू फिडर (लगनखेल) र इमाडोल–१ (बानेश्वर) फिडर अन्तर्गत बालकुमारी, इमाडोल तथा लुभू वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् अवरुद्ध गर्नुपरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार माघ १८ गतेसम्म विद्युत् अवरुद्ध हुनेछ ।  ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज