प्रदेश समाचार

पारालिम्पिकमा पदक जितेकी पलेशालाई भव्य स्वागत

पारालिम्पिकमा पदक जितेकी पलेशालाई भव्य स्वागत

Breaking News 2, प्रदेश समाचार
काठमाडौं । पेरिस पारालिम्पिक्स अन्तर्गत पारा तेक्वान्दोमा नेपाललाई पहिलोपटक पदक (काँस्यं) दिलाउने पलेसा गोवर्धनसहितको पारा तेक्वान्दो टोलीलाई भव्य स्वागत गरेको छ । बुधबार स्वदेश फर्केका टोलीलाई त्रिभुवन अनन्तरार्ष्ट्रिय विमानस्थलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्वागत गरेका हुन् । पलेशासहितका नेपाली टीमलाई त्रिभुवन अनन्तरार्ष्ट्रिय विमानस्थलका भीआईपी कक्षबाटै नगर परिक्रमा गराइएको हो । आज स्वदेश फर्केका टोलीलाई र्‍याली मार्फत एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट र त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुंगिएको थियो । पेरिसमा भएको पारालिम्पिक्समा ४४ क्याटगोरी अन्तरर्गत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।...
तमू बौद्ध सेवा समिति नेपालको ३५औ स्थापना दिवस सम्पन्न, फोटो फिचरसहित

तमू बौद्ध सेवा समिति नेपालको ३५औ स्थापना दिवस सम्पन्न, फोटो फिचरसहित

Breaking News 1, ट्रेन्डिङ, प्रदेश समाचार
काठमाडौ । सामाजिक सेवामा सर्पित संस्था तमू बौद्ध सेवा समिति नेपालको ३५औ स्थापना दिवस सम्पन्न गरेको छ । सोमबार अनामनगरस्थित संस्थाको कार्यलयमा शुभकामना आदनप्रदान गरी ३५औँ स्थापना दिवसको कार्यक्रम सम्पन्न गरेको हो । तमू बौद्ध सेवा समितिको अध्यक्ष क्या. नारायण बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभाको प्रमुख अतिथ्यतामा संस्थापक अध्यक्ष क्या। आशबहादुर गुरुङ रहनुभएको थियो । कार्यक्रममा संस्थापक सदस्यहरुसहित विभिन्न संघसंस्थाका प्रतिनीधि, पूर्वअध्यक्षहरु, वुद्धिजीविहरु लगाएत आजिवन सदस्यहरुको सहभागीता थियो । वि.स. २०४१ साल भदौ १७ गते क्याप्टेन आशबहादुर गुरुङको नेतृत्वमा तमू बौद्ध सेवा समितिको स्थापना गरिएको थियो । संस्था स्थापना भएदेखि नै गैरनाफामुलक र गैरराजनीतिक भई विशुद्ध सामाजिक सेवामा समर्पित हुदै गुरुङ समुदायको हक अधिकार, साँस्कृतिक, धार्मिक तथा मौलिकतालाई संरक्षण गरि...
दशैमा सर्वसाधारणलाई नयाँ नोट नबाड्ने

दशैमा सर्वसाधारणलाई नयाँ नोट नबाड्ने

Breaking News 2, प्रदेश समाचार, राजनीति
काठमाडौ । नेपाल राष्ट्र बैंकले दशैमा सर्वसाधारणलाई नयाँ नोट नबाड्ने भएका छन् । राष्ट्र बैंकले हरेक दशैंतिहारलाई लक्षित गर्दै नयाँ नोट सहटी गर्दै आएको थियो । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले पुरानो सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने बताए । नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापनमा समस्या भएपछि राष्ट्र बैंकले केही वर्ष अघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाएको थियो । उक्त योजना यस पटकको दशैंबाट लागू गरिने प्रवक्त पोखरेलले जानकारी दिए । यसकारण दशैंमा नयाँभन्दा पनि सुकिला नोट दिने तयारी गरिएको बताए ।’ त्यस्तै, दशैंतिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैंकले यस पटक पनि सुविधा दिनेछ । यस पटक प्रतिव्यक्ति १८ हजार ५०० कै हाराहारीमा नोट सहटी गरिने राष्ट्र बैंकले जनाएको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज