राजनीति

आन्दोलन नियन्त्रणबाहिर गएपछि ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

आन्दोलन नियन्त्रणबाहिर गएपछि ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेनजीको आव्हानमा भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेका हुन् । प्रधानमन्त्रीले राजीनामा दिएको उनको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्रीको राजीनामा राष्ट्रपतिसमक्ष पुगिसकेको शीतल निवासले जनाएको छ । ‘मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु’, उनले राजीनामा पत्रमा लेखेका छन् ।  ...
अग्नि सापकोटालाई जोगाउन माओवादीले कांग्रेससंग मिलेर कुरा फेर्दै ।

अग्नि सापकोटालाई जोगाउन माओवादीले कांग्रेससंग मिलेर कुरा फेर्दै ।

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
अग्नि सापकोटालाई जोगाउन माओवादीले कांग्रेससंग मिलेर कुरा फेर्दै : मालदार अड्डाका रूपमा चिनिने विमानस्थलबाट अर्बौँ रुपैयाँ उठाएको कुराले गृहमन्त्री लेखक पनि बदनाम भएका छन् । दैनिक ५० लाखदेखि एक करोड रुपैयाँसम्म लिने गरेको खुलेको थियो । नेपाली कांग्रेस गृहमन्त्रीलाई राजिनामा दिन लगाउने र तान्ने गरि छानबिन समिति बनाउने पक्षमै छैन । रास्वपाले राजनीतिक प्रशासनिक जवाफदेहिता र कर्तव्यवोध खोज्दै गृहमन्त्रीको राजीनामाबारे निर्णय गर्नुपर्ने पनि प्रस्ताव गरेको छ । यस प्रस्तावमा पनि कांग्रेस मान्न तयार देखिएन । माओवादी र समाजवादी लचक हुँदा पनि रास्वपाले राजीनामाको अडान नछाडेपछि प्रधानमन्त्री ओलीसमेत दबाबमा परेका छन् । यस्तोमा गृहमन्त्री लेखकलाई नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टीसहितले एकसाथ घेराबन्दी गरेका छन् । तीनै दल सुरूमा गृहमन्त्री लेखको राजीनामा चाहन्थे...
काठमाडौंमा बिहानैदेखि सार्वजनिक यातायात नचल्दा सर्वसाधारणलाई सास्ती

काठमाडौंमा बिहानैदेखि सार्वजनिक यातायात नचल्दा सर्वसाधारणलाई सास्ती

Breaking News 2, आजको विशेष, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार, सुरक्षा
यातायात व्यवसायीहरूले विभिन्न माग राखेर आजदेखि काठमाडौं उपत्यकासहित देशभरि यातायात बन्द गरेका छन्। यातायात व्यवसायीहरूको आह्वानमा सोमबार बिहानैदेखि काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायातका साधनहरू ठप्पप्रायः छ। एकाध ठाउँमा एक/दुईवटा गाडी चलेको देखिन्छ। बिहानैदेखि सार्वजनिक यातायात नचल्दा सर्वसाधारणहरूले सास्तो ब्यहोर्नुपरेको छ। कलेज पढ्ने व‍िद्यार्थी, बिहानै काममा जाने मानिसहरू बस बिसौनीमा सार्वजनिक यातायात कुरेर बसेको देखिन्छन्। यातायात बन्द भएपछि केही मानिसहरू हिँडेरै गन्तव्यसम्म जाँदै गरेको दृश्य पनि सडकमा देखिन्छ।  ...
‘अपरेसन सिन्दुर’को जबाफमा पाकिस्तानले भारतविरूद्ध सुरू गर्‍यो ‘अपरेसन बनयान-उल-मर्सुस’

‘अपरेसन सिन्दुर’को जबाफमा पाकिस्तानले भारतविरूद्ध सुरू गर्‍यो ‘अपरेसन बनयान-उल-मर्सुस’

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुरक्षा
पाकिस्तानले भारतविरूद्ध जबाफी कारबाही सुरू भएको दाबी गरेको छ। पाकिस्तानबाट प्रकाशित हुने पत्रिका डनका अनुसार पाकिस्तानले भारतले चलाएको ‘अपरेसन सिन्दुर’ को जबाफमा अपरेसन ‘बनयान उल मर्सुस’ चलाएको हो। पाकिस्तानी सरकारको एक्स ह्याण्डलबाट पनि उक्त अपरेसन चलाइएको भनेर सार्वजनिक गरिएको छ। यो अपरेसबाट भारतीय हमलाको जबाफस्वरूप उनीहरुको सैन्य अड्डामा हमला गरिने भनेर संघीय सरकारले विज्ञप्ति जारी गरेको पनि डनले उल्लेख गरेको छ। यी कारबाहीहरू भारतले हाम्रो मातृभूमि, जनता र सार्वभौमसत्तामाथि आक्रमण गरेको जबाफमा गरिँदैछ भनेर सरकारले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको पनि पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्। गएराति पाकिस्तानी वायु सेनाका तीन एयरबेसमा भारतले क्षेप्यास्र प्रहार गरेको पनि विज्ञप्तीमा उल्लेख छ। डनले पाकिस्तानको सरकारी मिडियालाई उद्धृत गर्दै अपरेसन बन्यान उन मर्सुसबाट आक...
तीनकुने घटनाबारे पहिलो पटक मुख खोले पूर्वराजा शाहले

तीनकुने घटनाबारे पहिलो पटक मुख खोले पूर्वराजा शाहले

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं। गत चैत १५ गते दुईजनाको ज्यान जाने गरी काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनबारे पूर्वराजा ज्ञानेन्द्र शाहल पहिलो पटक मुख खोलेका छन् । नयाँ वर्ष २०८२ को शुभकामना दिने क्रममा उनले चैत १५ को घटनाबारे मुख खोलेका हुन् । चैत १५ गते उनैलाई भेटेका दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको समूहले प्रदर्शन गर्दा भएको हिंसात्मक झडपमा २ जनाको ज्यान जाँदा २० जनालाई गोली लागेको थियो । त्यसक्रमा करिब ४६ करोडको क्षति हुने गरी तोडफोड र लुटपाट भएको थियो ।‘समाजका सदस्य, राजनीतिक दल र समुदयाले आफ्ना धारणा राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो’, उनले भनेका छन्, ‘तर, त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा संयम अपनाउनुपर्छ ।’ उनले चैत १५ को राजावदीहरूको हिंसात्मक प्रदर्शनलाई जनप्रदर्शनको संज्ञा दिएका छन् । ‘चैत १५ गते भएको जनप्रदर्शनमा जुन प्रकारको हिंसा आगजनी र तोडफोड भय...
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै

Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
बैङ्कक : प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै छन्। उनीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गर्ने रहेको छ। आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले स्वागत सम्बोधन गरेपछि कायसूचीहरु प्रस्तुत गरिनेछन्। तत्पश्चात् बङ्गलादेश, भुटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता)हरुबाट सम्बोधन हुनेछ। सम्बोधनपछि कार्यसूचीहरु पारित हुनेछन् भने आयोजक मुलुकका प्रधानमन्त्री शिनावात्ले पत्रकार सम्मेलन गर्नुहुने कार्यक्रम छ। सम्मेलनमा दिवाभोजपछि स्थानीय समयअनुसार अपराह्न ४ बजे प्रधानमन्त्री ओली र ...
संसद् सचिवालयले निलम्बन गरेका दुई पत्रकारको पास आजै फिर्ता गरियोस् : सांसद ढकाल

संसद् सचिवालयले निलम्बन गरेका दुई पत्रकारको पास आजै फिर्ता गरियोस् : सांसद ढकाल

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले संसद् सचिवालयले दुई जना पत्रकारलाई संसद् भवन परिसर प्रवेश गर्ने पासमा लगाएको निलम्बन फुकुवाको माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको भन्दै पत्रकारद्वय प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद् प्रवेश पासनिलम्बन गरेको थियो । त्यसबारे प्रश्न उठाउँदै रास्वपा सांसद ढकालले दल र सरकारको दबाबमा रहेर पास खोसिएको बताए । ‘आज संसद् सचिवालयले दुई जना पत्रकारको पास खोसेछ । दल, सरकारको प्रभाव दबाबमा रहेर जसरी पास खोसिएको छ । आज नै ती पत्रकारहरूको पास फिर्ता गरियोस्,’ ढकालले भने । संसद् सचिवालयले पत्रकारलाई रिर्पोटिङका लागि प्रवेश पास उपलब्ध गराउने गर्दछ । सोही प्रवेश पास महासचिवस्तरीय निर्णयबाट निलम्बन गरिएको हो ।  ...
श्रमिकलाई न्यूनतम भन्दा कम पारिश्रमिक दिइए दण्डनीय : ओली

श्रमिकलाई न्यूनतम भन्दा कम पारिश्रमिक दिइए दण्डनीय : ओली

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताएका छन् । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नर्सहरुले पनि न्यूनतम् तलव पाइरहेका छैनन् भन्ने सुनिएको उल्लेख गर्दै कुनै पनि  बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाउन नपाइने बताए। श्रमिकको मन प्रशन्न नभईकन उद्योग–व्यवसायका काम सहजरुपमा अघि बढ्न नसक्ने जनाउँदै उनले श्रमिकहरु रोजगारदातामा रुपान्तरण हुन सक्ने भएकाले आफूहरुले त्यस प्रकारको वातावरण सृजना गर्नुपर्नेमा जोड दिए । उनले मिलेर बसेको नेपाली समाजलाई जात, धर्म र संस्कृतिका नाममा विभाजन गर्ने तथा काम गर्न खोज्नेविरुद्ध भ्रम र अवरोध सृजना गर्ने प्रवृत्तिलाई चिर्नुपर्ने आग...
पूर्वराजाको अभिव्यक्तिबारे माओवादी- राजतन्त्र फर्किँदैन, जनता अग्रगमनको पक्षमा छन्

पूर्वराजाको अभिव्यक्तिबारे माओवादी- राजतन्त्र फर्किँदैन, जनता अग्रगमनको पक्षमा छन्

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र देशमा राजतन्त्र फर्किने कुनै सम्भावना नभएको प्रष्ट पारेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको त्यागलाई कमजोरी नठान्नु भन्ने चेतावनीसहितको अभिव्यक्तिबारे पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘राजा फर्किने कुनै सम्भावना छैन । ज्ञानेन्द्र शाहले पनि अलि ठन्डा दिमागले शान्त चित्तले सोच्नुभयो भने उहाँले शासन गर्दा के थियो, अहिले उहाँले गणतन्त्र भएकै कारणले राम्रोसँग बोल्न पाउनुभयो ।’ उनले एउटा नागरिकको हैसियतले बोल्न छुट भएर बोलेको भएपनि राजतन्त्र फर्किने कुरा असम्भव रहेको जिकिर गरे । उनले थपे, ‘राप्रपाले पनि केही न केही गर्नु त परेको छ नै, अहिले उहाँलाई त्यति पनि भन्नसक्ने आत्मविश्वास अहिलेको सरकारको कुशासनले गर्दा नै हो । भ्रष्टाचारमा लिप्त हुने कुराले उनीहरुले मुख मिठ्याएका होलान्, जन...
भारतीय दूतावास घेरेर विद्यार्थीको प्रदर्शन

भारतीय दूतावास घेरेर विद्यार्थीको प्रदर्शन

Breaking News 1, अन्तर्राष्ट्रिय, आजको विशेष, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुरक्षा
काठमाडौं। भारतमा अध्ययनरत प्रकृति लम्सालको रहस्यमय मृत्युपछि कलेज प्रशासनले होस्टेलमा रहेका अन्य ७ सय बढी नेपाली विद्यार्थीमाथि भएको धरपकडविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वविय)० ले भारतको ओडिसास्थित छात्रावासमा नेपाली छात्रा प्रकृति लम्सालको निधनको घटनामा न्याय माग्दै लैनचौरस्थित भारतीय दूतावासअगाडि प्रदर्शन गरेको हो ।प्रदर्शनका क्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडालले नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूति गर्न भारत सरकारसमक्ष माग गरे ।आफूहरूले शान्तिपूर्ण प्रदर्शनमार्फत् उठाएका माग पूरा नगरे देशव्यापी दबाब सिर्जना गर्न बाध्य हुने उनले बताए । प्रकृति लम्सालको लागि न्याय माग्दै सामाजिक सञ्जालमा ह्यासट्यागसमेत चलाउने जानकारी बडालले दिएका छन् ।  ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज