
वर्ल्ड सेपाक ताक्रो च्याम्पियनसिपका स्वर्णपदक विजेता खेलाडीलाई सम्मान
काठमाडौं । नेपाल सेपाक ताक्रो संघले ३७औ विश्व च्याम्पियनसीप किङ्स कपको स्वर्ण पदक बिजेता खेलाडीलाई सम्मान गरेको छ । नेपाल सेपाक ताक्रो संघले कार्यक्रम आयोजना गरी थाइल्याण्डमा सम्पन्न सेपाक ताक्रो च्याम्पियनसीप किङ्स कपको स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गरेको हो ।
थाइल्याण्डमा भदौ १६ देखि २४ गतेसम्म वर्ल्ड सेपाक ताक्रो च्याम्पियनसिप आयोजना भएको थियो । नेपालले सेपाक ताक्रो च्याम्पियनसिप कपमा १ स्वर्ण र ३ कास्य पदक जितेको थियो ।
नेपालले यो इभेन्टमा सहभागी पाकिस्तान, बंगलादेश, चाइनिज ताइपेइ र श्रीलंकालाई पराजित गरेको थियो । होप ईभेन्टमा इरानले स्वर्ण, अमेरिकाले रजत तथा २ सय ३० स्कोर गरि नेपालले कास्य पदक जित्न सफल भएको नेपाल सेपाक ताक्रो संघका अध्यक्ष नेत्र प्रसाद गुरुङले जानकारी दिनुभयो ।
मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदमा आयोजित सम्मान कार्यक्रममा विजेता खेलाडीहरु...