Day: २०८१ पुष १३, शनिबार

नगर प्रमुख हमालको स्वास्थ्य अवस्था बुझ्न पुग्दै विशिष्ट व्यक्ति

नगर प्रमुख हमालको स्वास्थ्य अवस्था बुझ्न पुग्दै विशिष्ट व्यक्ति

समाचार
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको स्वास्थ्य अवस्था बुझ्न विशिष्ट व्याक्तिहरू पुग्ने गरेका छन। धनगढी उपमहानगरपालिका–४ मा रहेको हमालको निवासमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, सामाजिक विकास मन्त्री मेघराज खड्का, सामाजिक राज्यमन्त्री सरस्वती खड्का, पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा, पूर्व शिक्षा, पूर्व विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पुगेका हुन। शनिवार मात्र नगर प्रमुख हमालको स्वास्थ्य अवस्थाको बारेमा नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिक्देल, भारतीय अभिनेता नीतीश भारद्वाज, उद्योग वाणिज्य संघ, कैलालीका महासचिव ओम विष्ट र कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझासहितको टोलीले जानकारी लिएका छन्।...
डोटीमा चट्याङ लागेर एक युवक घाइते

डोटीमा चट्याङ लागेर एक युवक घाइते

Breaking News 2, समाचार, सुदूरपश्चिम
धनगढी । डोटीमा चट्याङ लागेर एक जना घाइते भएका छन। जिल्लाको जोरायल गाउँपालिका–३ ठाटिगडामा परेको चट्याङले २३ वर्षीय धिरजबाबु रोकाया घाइते भएका हुन। शनिवार कृषि गरणाका लागि भूपाल खत्रीको घरमा पुगेका रोकायामाथि चट्याङ पर्दा उनको आँखा र टाउकोमा समस्या भएको छ। घटनापछि रोकायालाई सरस्वतीर प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर उपचार गरिदै छ। केन्द्रले उनको अवस्था खतरामुक्त रहेको भए पनि थप उपचारका लागि निगरानी आवश्यक रहेको बताएको छ। चट्याङका कारण भूपाल खत्रीको घरमा समेत आंशिक क्षति पुगेको छ। उनको घरमा बिजुली र भित्तामा क्षति पुगेको हो।...
दीक्षित विद्यार्थीलाई प्रधानमन्त्रीले भने– घमण्ड नगरी विनयशील हुनोस्

दीक्षित विद्यार्थीलाई प्रधानमन्त्रीले भने– घमण्ड नगरी विनयशील हुनोस्

Breaking News 2, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी रूपमा बाँच्न पाउने अवस्था सिर्जनाका निम्ति प्राप्त ज्ञान प्रयोग गर्न आग्रह गरेका छन् । त्रिभुवन विश्वविद्यालयको शनिबार काठमाडौंमा आयोजित ५०औँ दीक्षान्त समारोहमा विश्वविद्यालयलका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले समाजलाई लोकतान्त्रिक, सु–संस्कृत र इमानदारपूर्ण बनाउन र विद्यावान् हुँ भन्ने कुनै घमण्ड नगरी विनयशील हुन पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले उपाधि प्राप्त हुनेबित्तिकै अध्ययन पूरा नहुने तर्क गरे । प्राप्त ज्ञानलाई व्यावहारिक जीवनमा उतारेर परिष्कृत गर्न उनले आग्रह गरे । “आफैँसँग भएको विद्या व्यवहारमा उतार्न सकिएन भने त्यो विद्या काम लाग्दैन । ज्ञानलाई व्यावहारिक रूपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्नुपर्छ,” प्रधानमन्त्री ओलीले भने, “हामीले मुलुकमा विद्यमान २० प्रतिशतको...
हुम्लामा हिउँले ढाकियो सवारीसाधन

हुम्लामा हिउँले ढाकियो सवारीसाधन

Breaking News 1, कर्णाली, समाचार
काठमाडौं । हुम्लामा यो वर्ष तेस्रोपटक हिमपात भएको छ । शुक्रबार रातिदेखि हिमपात भएको हो । शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इन्च हिउँ जमेको राससले जनाएको छ । उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ । राससका अनुसार, चिसो बढेसँगै सिमकोटसहित नाम्खा गाउँपालिकामा जनजीवन प्रभावित भएको छ । हिमपात भइरहेकाले यहाँका स्थानीय चिसोले घरबाहिर निस्कन नसकेको बताइएको छ । अन्तरजिल्ला जोड्ने एक मात्र हवाई सेवा अवरुद्ध भएको छ । हिमपात भइरहेकाले हवाई सेवा अवरुद्ध भएको हो । सदरमुकाम सिमकोट बजार क्षेत्रको सडकमा सवारीसाधन हिउँले ढाकिएका देखिएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले शुक्रबार बेलुकादेखि देशका धेरै स्थानमा बदली ९आकाशमा बादल०, वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
आर्थिक समृद्धि काङ्ग्रेस र एमालेले मिलेरै ल्याउछन् : आरजु

आर्थिक समृद्धि काङ्ग्रेस र एमालेले मिलेरै ल्याउछन् : आरजु

Breaking News 1, समाचार, सुदूरपश्चिम
धनगढी । परराष्ट्रमन्त्री आरजु देउवा राणाले नेपालका सबै परिवर्तन नेपाली कांग्रेस र नेकपा ९एमाले० मिलेर ल्याएकाले आर्थिक समृद्धि पनि मिलेरै ल्याउने बताएकि छन् । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समिति र जिल्ला समितिका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन कार्यक्रममा मन्त्री राणाले यस्तो बताएकि हुन् । ‘धेरै पुस्ताको सङ्घर्षपछि प्राप्त संविधानपछि पनि छिटोछिटो सकार परिवर्तनले नागरिकको इच्छा अनुसारको समृद्धि हासिल गर्न नसक्ने कुरा महसुस भएर कांग्रेसका सभापति र एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एक ठाउँमा उभिने काम गर्नुभएको हो’ मन्त्री राणाले भनिन्, ‘दुवै दलका पदाधिकारीको कार्यदलका आधारमा मन्त्रीपरिषद्ले काम गरिरहेको छ, सरकार आजै ढल्छ भोलि ढल्छ भन्ने हल्ला नचलाउन अनुरोध गर्दछु ।’ मन्त्री राणाले नेपाल राजनीतिजस्तै आर्थिक, सामाजिक रूपान्तर र विकास गर्न पुराना कानुन संश...
निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा

निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा

Breaking News 1, समाचार, सुदूरपश्चिम
टीकापुर । निर्माण सामग्री अभावमा सञ्चालित रानीजमरा कुलरिया सिँचाइ आयोजनाले गति लिन सकेको छैन । आयोजनाअन्तर्गत कर्णाली नदी नियन्त्रण र सिँचाइ क्षेत्र विस्तारका काम सुस्त छन् । नदीजन्य पदार्थ कर्णाली नदीबाट निकाल्न टीकापुर नगरपालिकाले हालै बोलपत्र आह्वान गरेको छ । जानकी गाउँपालिकाले ठेक्का लगाएको भए पनि पर्याप्त सामग्री नपाइएको निर्माण व्यवसायीको गुनासो छ । नदीजन्य पदार्थ नपाउँदा क्रसर उद्योग पनि प्रभावित भएका छन् । हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सनका कार्यक्रम निर्देशक निर्भय रिजालले मूल्य बढेका कारण सिमेन्ट र सरिया पाउन समस्या छ भने अर्कोतर्फ नदीजन्य पदार्थ रकम दिँदा पनि समयमै पाउन नसकिएको बताए । उनले निर्धारित समयमा आयोजना सम्पन्न गर्न कठिन हुने बताए । “नदीजन्य पदार्थका सवालमा सरकारले सहजीकरण गरिदिनुपर्छ, नत्र निर्माण ढिला हुन्छ”, अन्ठाउन्न करोडको आयोजनामा ६५ प्रतिशत निर्माण सकिएको...
बस दुर्घटना, आठजनाको मृत्यु

बस दुर्घटना, आठजनाको मृत्यु

अन्तर्राष्ट्रिय, समाचार
नयाँ दिल्ली । उत्तरी भारतको पन्जाब राज्यमा एउटा यात्रुवाहक बस एक पुलबाट चिप्लिँदा शुक्रबार कम्तीमा आठजनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन् । दुर्घटना पन्जाबको भटिन्डा जिल्लाको जीवनसिंह वाला गाउँनजिक भएको हो । बस तीव्र गतिमा गुडेको तथा चालकले नियन्त्रण गुमाएपछि नालीमा खसेको हो । दुर्घटनाको लगत्तै स्थानीय बासिन्दा घाइतेरूलाई मद्दत गर्न घटनास्थलमा पुगे र प्रहरीलाई खबर गरे । प्रहरीले उद्धार कार्यमा आफ्नो टोली र विपद् व्यवस्थापन बलका कर्मचारीहरू पठाए । “आजको दुर्घटनामा एक दुई वर्षीया बालिका सहित आठजनाको दुर्भाग्यपूर्ण मृत्यु भएको छ,” भटिन्डाका एक वरिष्ठ सरकारी अधिकारी शौकत अहमद परेले मिडियालाई बताए, “तलबन्दी अस्पतालमा पाँचजनाको र अन्य तीनजनाको सिभिल अस्पताल भटिन्डामा मृत्यु भएको पुष्टि भएको छ ।” भटिन्डाका एक वरिष्ठ प्रहरी अधिकारी अमनीत कोन्डलले दुर्घटनास्थलबाट ४६...
काठमाडौंमा बालिकाको ‘बलात्कार’, युवक पक्राउ

काठमाडौंमा बालिकाको ‘बलात्कार’, युवक पक्राउ

समाचार
काठमाडौं । काठमाडौंमा बालिकाको बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–१२ स्थित वज्वलेक मेडिसिन प्रालिमा कार्यरत भारतको मोतिहारीका २६ वर्षीय राजु श्रीवास्तव छन् । आठ वर्षीया बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार (हिजो) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । राजुले ती बालिकाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।...
गुल्मीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

गुल्मीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

Breaking News 2
गुल्मी । गुल्मीमा टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । रिडीबाट गिट्टी पुर्तिघाट जाँदै गरेको लु१क ५४०० नम्बरको टिपर सत्यवती गाउँपालिकाको वडानम्बर- २ पाहादीस्थित कालिगण्डकी करिडोरमा गएराती दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा टिपर चालक पाल्पा जिल्ला रैनादेवी गाउँपालिका वडानम्बर-१ बस्ने २४ वर्षका श्रीराम कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक ( एसपी) राजन भुजेलले बताए । टिपर दुर्घटनामा घाइते कुमालको उपचारको लागि अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर सल्यान जिल्ला बनगाउ ७ बस्ने २३ वर्षका मोहन जैसी घाइते भएका छन् । उनको अवस्था समान्य छ । दुर्घटनामा परेको टिपर सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।...
अजरबैजान एयरलाइन्‍सको विमान दुर्घटना रूसको कारण भएको आरोप

अजरबैजान एयरलाइन्‍सको विमान दुर्घटना रूसको कारण भएको आरोप

Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं । अजरबैजान एयरलाइन्सले बुधबार कजाकस्तानमा भएको विमान दुर्घटना बाह्य प्राविधिक हस्तक्षेपका कारण भएको दाबी गरेको छ । दुर्घटनामा एम्ब्रेयर विमान उच्च गतिमा खसेर अकताउ विमानस्थलको धावनमार्गबाट ३ किलोमिटर अगाडि नै आगो लागेर दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको थियो। विमानमा सवार ६७ जनामध्ये २९ जनाको जीवितै उद्धार गरिएको थियो । यो विमान दक्षिणी रूसको ग्रोज्नी विमानस्थलमा अवतरण गर्ने योजनामा रहेको बताइएको छ । रूसको नागरिक उड्डयन एजेन्सीका प्रमुखले शुक्रबार बताएअनुसार चेचन्याको राजधानीमा स्थिति निकै जटिल रहेकोले त्यहाँ उडानमा प्रतिबन्ध लगाइएको थियो । यो विमान दुर्घटनापछि अजरबैजान एयरलाइन्सले रूसका सात शहरहरूमा उडानहरू स्थगित गरेको छ। युक्रेनको गुप्तचर निर्देशनालयका प्रमुखले पनि यस विमान दुर्घटनाको जिम्मेवारी रूसलाई दिएका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दमि...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज