कर्णाली

डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन

डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन

Breaking News 1, कर्णाली, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
ठूलीभेरी । डोल्पामा आगामी जेठ ५ गतेदेखि यार्सागुम्बा सङ्कलनको अनुमति दिइएको छ । सदरमुकाम दुनैमा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाको अध्यक्षतामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले यार्सागुम्बा पाइने जिल्लाका सबै पाटन जेठ ५ गतेदेखि सङ्कलकका लागि खुला गर्ने निर्णय गरेको हो । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको आयोजनामा बसेको बैठकले पाटन खोल्नेदेखि संरक्षण र व्यवस्थित गर्नेसम्मका निर्णय गरेको छ । जिल्लाका सयौँ बुकी पाटनमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि एक महिनाको समयाअवधि तोकेर सर्वसाधारणका लागि हरेक वर्ष खुला गरिन्छ । यार्सा पाटन आगामी असार ५ गते पुनः बन्द हुने छन् । वैशाख तेस्रो सातादेखि नै यार्सागुम्बा सङ्कलन गर्न सर्वसाधारण उच्च हिमाली भेग जाने गरेका छन् । यार्सा पाटनहरुमा वन र निकुञ्जले सुरक्षा व्यवस्था मिलाएको छ । सङ्कलकले एक महिनाक...
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

Breaking News 2, कर्णाली, गण्डकी, ताजा अपडेट, बागमती, लुम्बिनी, समाचार, सुदूरपश्चिम
काठमाडौं । देशका विभिन्न भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । तराईका थोरै स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार दिउँसो मधेसबाहेक बाँकी ६ वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव बढी रहेको मौसमविद् सञ्जिव अधिकारी बताउँछन् । “लुम्बिनी र गण्डकीमा पनि यसको प्रभाव छ । तर, सुदूरपश्चिम र कर्णालीको जति छैन,” मौसमविद् अधिकारीले बाह्रखरीसँग भने, “वाग्मतीदेखि को...
बाजुराका विद्यार्थी बोकेको बस दुर्घटना

बाजुराका विद्यार्थी बोकेको बस दुर्घटना

Breaking News 2, कर्णाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी : बाजुराका विद्यार्थी बोकेको बस दुर्घटना भएको छ। नेपालगञ्ज भ्रमणका लागि विद्यार्थी बोकेको बस आइतवार बेलुका कर्णाली राजमार्गमा दुर्घटनमा परेको हो। सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०५४ नम्बर बस कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका–५ आपखोलीमा स्टेरिङ फेल भएर दुर्घटना भएको प्रहरीले बताएको छ। समथर जमिन भएकाले विद्यार्थीहरु घाइते नभएका प्रहरीले बताएको छ। बस बाजुरा जिल्लाको भानुदय विद्यालयको २६ जना विद्यार्थी बोकेर नेपालगन्ज भ्रमणको लागि हिडेको थियो। उक्त बस दुर्घटना हुँदा राजमार्गबाट १० मिटर तल खसेको छ। २६ जना विद्यार्थीहरू मध्ये २ जनालाई विद्यार्थी घाइते भएका छन्। घाइते हुनेमा बाजुराको बुढिगङ्गा नगरपालिका–६ का १८ वर्षीय हेमराज जैसी र सुनिलराज उपाध्याय रहेका छन्। उनीहरूलाइ उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको छ। अन्यको अवस्था सामान्य रहेको प्रहरील...
कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना

कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना

Breaking News 2, कर्णाली, ताजा अपडेट, समाचार
काठमाडौं । आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ । कर्णाली प्रदेशको हिमाली क्षेत्रमा आज दिउँसो आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा पनि दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तराई क्षेत्रमा भने मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । आज अन्य प्रदेशका तराई क्षेत्रमा कुहिरो र हुस्सु लागेको छ । दिउँसो र राति भने मुख्यतया मौसम सफला रहनेछ ।...
सल्यानमा दिदी बहिनी घरभित्रै मृत भेटिए

सल्यानमा दिदी बहिनी घरभित्रै मृत भेटिए

कर्णाली, ताजा अपडेट, समाचार
सल्यान । सल्यानमा दिदीबहिनी नै घरभित्र मृत अवस्थामा भेटिएको पाइएको छ । मृत भेटिनेमा बनगाड कुपिण्डे नगरपालिका–११, सिस्नेपालत भन्ने गाउँकी ३ वर्षीय करिष्मा राना र उनकी ६ महिनाकी बहिनी राघवी राना रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रमेश क्षेत्रीले रातोपाटीलाई बताए ।उनका अनुसार घटना बुधबार बिहानको हो । उनीहरुका बाबु टेकमान राना रोजगारीका सिलसिलामा जिल्ला बाहिर रहेको र आमा पुर्णिमा राना घरमै भएपनि घटनाबारे अझै खुलिनसकेको उनको भनाइ छ । स्वास्थ्यमा कुनै समस्या नरहेको उनीहरु मृत अवस्थामा फेला परेकोले घटना शङ्कास्पद रहेको क्षेत्रीले बताए । ‘घटना शङ्कास्पद नै छ, नजिकको प्रहरी गएर घटनास्थल सुरक्षित राखिरहेको छ,’ क्षेत्रीले भने, ‘अहिले म पनि जाँदै छु, बाटोमा छु ।’ अनुसन्धानपछि मात्रै सबै कुरा भन्न सकिने उनले बताए ।...
हुम्लामा हिउँले ढाकियो सवारीसाधन

हुम्लामा हिउँले ढाकियो सवारीसाधन

Breaking News 1, कर्णाली, समाचार
काठमाडौं । हुम्लामा यो वर्ष तेस्रोपटक हिमपात भएको छ । शुक्रबार रातिदेखि हिमपात भएको हो । शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इन्च हिउँ जमेको राससले जनाएको छ । उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ । राससका अनुसार, चिसो बढेसँगै सिमकोटसहित नाम्खा गाउँपालिकामा जनजीवन प्रभावित भएको छ । हिमपात भइरहेकाले यहाँका स्थानीय चिसोले घरबाहिर निस्कन नसकेको बताइएको छ । अन्तरजिल्ला जोड्ने एक मात्र हवाई सेवा अवरुद्ध भएको छ । हिमपात भइरहेकाले हवाई सेवा अवरुद्ध भएको हो । सदरमुकाम सिमकोट बजार क्षेत्रको सडकमा सवारीसाधन हिउँले ढाकिएका देखिएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले शुक्रबार बेलुकादेखि देशका धेरै स्थानमा बदली ९आकाशमा बादल०, वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
सुदूरपश्चिम र कर्णालीमा हिमपात

सुदूरपश्चिम र कर्णालीमा हिमपात

Breaking News 1, कर्णाली, समाचार, सुदूरपश्चिम
काठमाडौं । आज पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव परेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको भएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएकोले चिसोबाट बच्न सरोकारवाला निकालयले सचेत गराएका छन् ।...

पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुनभर स्क्रिनिङ अभियान

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार, बागमती, मधेस प्रदेश, लुम्बिनी, सुदूरपश्चिम, स्वस्थ्य
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुनभर स्क्रिनिङ अभियान सञ्चालन गर्ने स्वास्थ्यमन्त्री प्रदिप पाैडेलले बताउनु भयाे।   नेपालमा महिलाको प्रमुख स्वास्थ्य समस्याका रुपमा देखिएको पाठेघरको मुखको क्यान्सरबाट महिला दिदीबहिनीको ज्यान बचाउने उद्देश्यले फागुन महिनाभर परीक्षण अभियान सञ्चालन गर्ने निर्णय स्वास्थ्य मन्त्रालयले  गरेकाे हाे ।   देशमा हरेक दिन ४ जनाको ज्यान लिने गरेको यस समस्यासँग जुध्नका लागि  देशैभर  दुई लाख ५० हजारको परीक्षण गर्ने लक्ष्य राखेका  स्वास्थ्यमन्त्री प्रदिप पाैडेलले बताए।   यसबाहेक माघ २२ गतेबाट दुई सातासम्म किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबिरुद्ध निःशुल्क खोप अभियानसमेत सञ्चालन हुँदैछ ।   पाठेघरसम्बन्धी जानकारीकाे लागि  याे समाचार पनि हेर्नुहाेला:-   https://darpannepal.com/?p=5023    क्यान्सर जटिल बन्नुपूर्व नै हुने ...
पाठेघर (गर्भाशय) को समस्याकारण र राेकथामकाे उपाय

पाठेघर (गर्भाशय) को समस्याकारण र राेकथामकाे उपाय

Breaking News 1, Breaking News 2, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार, बागमती, मधेस प्रदेश, लुम्बिनी, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वस्थ्य
  पाठेघर (गर्भाशय) को समस्या भनेको महिलाको पाठेघरमा हुने विभिन्न स्वास्थ्य समस्या वा रोगहरूको समूह हो। यी समस्याहरू हल्का र गम्भीर दुबै हुन सक्छन्। यहाँ पाठेघरसँग सम्बन्धित केही सामान्य समस्या, तिनका कारण, र रोकथामका उपायबारे जानकारी दिइएको छ। पाठेघरका सामान्य समस्या   1. पाठेघरको संक्रमण (UTI, PID) संक्रमणले पाठेघर र ट्युबहरूलाई असर गर्छ। लक्षण: पेट दुख्ने, महिनावारी अनियमित, ज्वरो, असामान्य स्राव। 2. फाइब्रॉइड (Fibroids)   पाठेघरको भित्तामा हुने गैर-क्यान्सर ट्युमर।   लक्षण: अत्यधिक रक्तस्राव, पेटको भारीपन।   3. एन्डोमेट्रियोसिस (Endometriosis)   पाठेघरको भित्री टिश्यु पाठेघर बाहिर बढ्ने।   लक्षण: महिनावारीको समयमा धेरै दुखाइ।   4. पाठेघरको क्यान्सर   पाठेघरको मुख वा शरीरमा हुने क्यान्सर।   लक्षण: महिनावारी बाहेक ...
मौसम: देशभर आंशिक देखि सामान्य बदली रहने

मौसम: देशभर आंशिक देखि सामान्य बदली रहने

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
काठमाडौं । देशभर आंशिक देखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी र गण्डकी सहित देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेकोले पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भू-भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज