Day: २०८१ पुष २२, सोमबार

कैलालीस्थित पूर्व पश्चिम राजमार्ग राजमार्ग क्षेत्रमा बिग्रेका सीसीटिभी क्यामेरा मर्मत

कैलालीस्थित पूर्व पश्चिम राजमार्ग राजमार्ग क्षेत्रमा बिग्रेका सीसीटिभी क्यामेरा मर्मत

Breaking News 2, समाचार
धनगढी । कैलालीस्थित पूर्व पश्चिम राजमार्ग क्षेत्रमा बिग्रिएका सीसीटिभी क्यामेरा मर्मत गरी सञ्चालनमा ल्याइएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटेको प्रहरीको प्राविधिक टोलीले बिग्रेका सीसीटिभी क्यामेरा मर्मत गरेर पुनः सञ्चालनमा ल्याएको हो । प्राविधिक प्रहरी नायब निरीक्षक इन्जिनीयर महेशराज पन्तको कमाण्डमा खटेको प्रहरीको प्राविधिक टोलीले नौ थान सीसीटिभी क्यामेरा मर्मत गरेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । सो कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय चिसापानी, सडकपुर, बजार क्षेत्रमा जडान गरिएका सीसीटिभी क्यामेरा बिग्रेको थियो । बिग्रेका ती सीसीटिभी क्यामेरा मर्मत गरिएपछि पुनः सञ्चालनमा आएका छन् । राजमार्गको विभिन्न क्षेत्रमा जडान गरिएका सीसीटिभी क्यामेराको मद्दतमा प्रहरीले सो क्षेत्रमा निगरानी गर्दै आएको छ ।...
शिल्यान्यास गरेको पाँच वर्ष बितिसक्दा पनि दार्चुलाका तीन अस्पताल भवन सुस्तगतिमा निर्माण हुँदै

शिल्यान्यास गरेको पाँच वर्ष बितिसक्दा पनि दार्चुलाका तीन अस्पताल भवन सुस्तगतिमा निर्माण हुँदै

Breaking News 1, समाचार, सुदूरपश्चिम
दार्चुला । शिल्यान्यास गरेको पाँच वर्ष बितिसक्दा पनि जिल्लाका तीन स्थानमा निर्माण गरिने अस्पताल भवनको काम ठप्पप्रायः भएको छ । विसं २०७७ मङ्सिर १५ गते सरकारले दार्चुलाका विभिन्न सात स्थानमा आधारभूत स्वास्थ्य अस्पताल निर्माणको शिल्यान्यास गरेको थियो । अस्पताल भवन निर्माण नहुँदा, लेकम, दुहुँ र अपि हिमाल गाविसका बासिन्दा बिरामी हुँदा छिमेकी पालिकाका अस्पताल, जिल्ला अस्पताल, भारतीय अस्पताल तथा धनगढी र काठमाडौँसम्म पुग्नुपर्ने बाध्यता छ । अस्पताल भवन समयमै निर्माण नहुँदा साधारण सेवाको लागि बाहिर जानुपर्ने बाध्यता रहेको लेकमका स्थानीय ललितसिंह खत्री बताउछन् । लेकम गाउँपालिकामा आर्थिक वर्ष २०७७/७८ मा जगदम्बायमुना जेभीले ठेक्का पाएको १० शैय्या अस्पताल अस्पताल भवन निर्माण भर्खर सुरु भएको छ । कूल सात करोड लागतमा ठेक्का सम्झौता भएको अस्पताल निर्माणको लागि दुई पटक म्याद थप गरेपछि निर्माण अघि बढेको ल...
कैलालीको धनगढीमा एक युवती बलत्कृत

कैलालीको धनगढीमा एक युवती बलत्कृत

Breaking News 1, समाचार, सुदूरपश्चिम
धनगढी । कैलालीको धनगढीमा एक युवती बलत्कारको सिकार बनेकी छिन । धनगढीको जाखोर तालको जंगलमा धनगढी उपमहानगरपालिका – १८ की एक युवती पटक–पटक बलात्कार सिकार बनेकी हुन । युवतीले जिल्ला प्रहरी कार्यालय कैलालीमा बलात्कृत भएको उजुरी दिएपछि प्रहरीले आरोपित गौरीगंगा नगरपालिकाको बनबेहडाका २७ वर्षीय अशोक भनिने हरिराम चौधरीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)  कबिन्द्रसिंह बोहराले युवतीले धनगढीको जाखोर तालको जंगलमा युवकले पटक–पटक बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएको बताए । उनले सोही आधारमा आरोपीतलाई पक्राउ गरिएको बताए । पीडितले आफूमाथि बैशाखदेखि भदौसम्म बलात्कार भएको दाबी गरेकी छन् ।...
भारतमा बालुवाखानीमा च्यापिएर बैतडीका एक युवकको मृत्यु

भारतमा बालुवाखानीमा च्यापिएर बैतडीका एक युवकको मृत्यु

Breaking News 2, समाचार
बैतडी । बालुवाखानीमा च्यापिएर बैतडीका एक युवकको मृत्यु भएको छ । भारतको पिथौरागढमा काम गर्दै आएका बैतडीको सिगास गाउँपालिका –४ तल्लाऐनीका २७ बर्षीय टेकसिंह साउँदको बालुवाखानीमा च्यापिएर मृत्यु भएको हो । रोजगारीका लागि दुई महिना पहिलामात्रै पिथौरागढ गएका साउँदको आइतबार बालुवाखानीमा च्यापिएर मृत्यु भएको वडा अध्यक्ष हरिसिंह बोहराले बताए । मृतक साउँदका घरमा श्रीमति र दुई छोराछोरी रहेका छन् ।...
माओवादी केन्द्रले केन्द्रीय पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक गर्ने

माओवादी केन्द्रले केन्द्रीय पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक गर्ने

Breaking News 2, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पार्टीका केन्द्रीय पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक गर्ने भएको छ । आइतबारदेखि जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने कार्ययोजना प्रस्तुत गरेका हुन् । आर्थिक पारदर्शिताअन्तर्गत बैठकमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ‘केन्द्रीय पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक गरिने’ उल्लेख छ ।’ केन्द्रीय पदाधिकारी मात्र होइन, दाहालको कार्ययोजनामा केन्द्रीय सदस्यहरूले पनि प्रत्येक वर्ष सम्पत्ति विवरण अद्यावधिक गरी केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने प्रस्ताव छ ।...
जय ट्रफीमा बागमतीविरूद्ध मयन यादवको शतक

जय ट्रफीमा बागमतीविरूद्ध मयन यादवको शतक

खेलकुद, समाचार
काठमाडौं । जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत सोमबार दोस्रो दिनको खेल जारी छ । जनकपुरमा भइरहेको बागमती र मधेशबीचको खेलमा मधेशका मयन यादवले शतक प्रहार गरेका छन् । उनी जय ट्रफीमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । मयनले १०२ बल खेल्दै १२ चौका र २ छक्का प्रहार गरे । मयनले प्रधानमन्त्री कपमा पनि सुदूरपश्चिमविरूद्ध शतक प्रहार गरेका थिए । मधेश प्रदेशले ३४ ओभरमा ५ विकेटको क्षतिमा १७६ रन बनाएर खेलिरहेको छ भने उसलाई १२८ रनको अग्रता छ ।...
माघेसंक्रान्तिका लागि तिलका लड्डु चाकु बनाउन भ्याइनभ्याइ

माघेसंक्रान्तिका लागि तिलका लड्डु चाकु बनाउन भ्याइनभ्याइ

ट्रेन्डिङ, समाचार
काठमाडौँ। माघेसंक्रान्ति नजिकिएसँगै टोखाबजारका स्थानीयलाई चाकु बनाउन भ्याइनभ्याइ छ । माघेसंक्रान्ति पर्वमा चाकु खाने प्रचलन अनुसार यतिबेला काठमाडौँको टोखाका व्यवसायी चाकु र तिलका लड्डु बनाउन भ्याइनभ्याइ भएको हो । विशेष गरी नेवार समुदायमा माघेसंक्रान्ति पर्वमा चाकु खाने प्रचलन छ। टोखा नेवार समुदायको मुख्य बस्ती रहेको बजार हो । टोखामा काठमाडौँका अन्यत्र स्थानको तुलनामा माघे सङ्क्रान्तिका लागि चाकु बढी उत्पादन हुने गर्दछ । माघे सङ्क्रान्ति पर्व आउन एक हप्तामात्र बाँकी रहँदा यहाँका उद्यमीलाई चाकु बनाउन भ्याइनभ्याइ देखिन्छ । टोखा नगरपालिका वडा नम्बर २ र ३ मा पर्ने टोखा बजारभित्र चाकु उत्पादन गर्ने १४ उद्योग छन् । ती उद्योग वरिपरि यतिबेला मानिसहरूको चहलपहल पनि बढेको देखिएको छ । टोखावासी मात्रै नभई काठमाडौँका अधिकांश पसलेले पनि यहीँबाट चाकु लगि बिक्री गर्ने भएकाले उनीहरूको पनि बाक्लो उपस...
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या, काठमाडौं डाइभर्ट गरी अवतरण

भद्रपुर उडेको विमानमा प्राविधिक समस्या, काठमाडौं डाइभर्ट गरी अवतरण

Breaking News 1, समाचार
काठमाडौं । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको छ । बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो । त्यसपछि पाइलटले विमानलाई काठमाडौं डाइभर्ट गरेका थिए । विमान आधा समय उडान गरिसकेको अवस्थामा काठमाडौं फिर्ता गर्नु परेको हो । विमान ११:१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । प्राविधिक टोलीले विमानको जाँच गरिरहेको समेत कम्पनीले जनाएको छ । यात्रुलाई अर्को विमानबाट भद्रपुर पठाउने तयारी गरिएको छ । बुद्धको विमान अवतरण गराउने क्रममा विमानस्थलमा केही बेर अन्य उडान रोक्नु परेको थियो । सोहीकारण अहिले विमानहरुले आकासमा फन्को मार्नु परेको छ । काठमाडौंबाट १० : ३८ मा उडेको विमानलाई अवतरणका दौरान त्रिभुवन विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएको थियो । सोहीकार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज