Day: २०८१ माघ ७, सोमबार

एकीकृत समाजवादी ३२ लाख घाटामा

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
७ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक भएको छ । सोमबार सार्वजनिक भएको प्रतिवेदन अनुसार एकीकृत समाजवादी ३२ लाख ८७ हजार १६४ रूपैयाँ घाटामा रहेको उल्लेख छ । आर्थिक वर्ष २०८०/८१ को आय व्यय अनुसार गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार ६ सय ९१ रुपैयाँ आम्दानी भएकोमा ४ करोड ५७ लाख ४० हजार ८ सय ५४ रूपैयाँ खर्च भएको पार्टी केन्द्रीय कार्यालयका लेखा प्रमुख खेमराज पौडेलले जानकारी दिए । पार्टीको यस आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा २०८० असोजमा सञ्चालित मेची-महाकाली जागरण अभियान, २०८१ जेठमा सम्पन्न पार्टीको १०औं राष्ट्रिय महाधिवेशन र यसैवर्ष सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा भए/गरेको खर्च विवरण उल्लेख छ । सदस्यता, लेबी, प्रकाशन बिक्री, महाधिवेशन प्रतिनिधि शुल्क, अन्य नियमित सहयोग रकम पार्टीको मुख्य आम्दानीको श्रोत रहेको प्रतिवेदनमा छ ।...
समीक्षालाई पाखेको संज्ञा दिँदै ज्योतिले भनिन्: एयरलायन्सलाई गाली गर्नु बेकुफी हो

समीक्षालाई पाखेको संज्ञा दिँदै ज्योतिले भनिन्: एयरलायन्सलाई गाली गर्नु बेकुफी हो

Breaking News 2, ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाडौं । गायिका समीक्षा अधिकारीले श्री एयरलायन्सबाट धोका पाएको भन्दै स्टाटस् लेखेपछि अर्की गायिका ज्योति मगरले जवाफ फर्काएकी छन् । आइतबार बिहान समीक्षाले श्री एयरलायन्सबाट आफूले धोका पाएको र समयमा नै उडान नहुँदा आफ्नो कार्यक्रम छुटेको भन्दै आक्रोश पोखेकी थिईन् । समीक्षाको स्टाटसलगत्तै ज्योतिले लामो स्टाटस लेखेकी छन् । उनले स्टाटस्मा एयरलायन्सलाई गाली गर्नेलाई पाखेको संज्ञासमेत दिएकी छन् । ‘म अचेल प्रत्येक दिन दुई ओटा जति फ्लाइट गर्छु । एक दिन त मैले बिहान बिराटनगर टु काठ्मान्डु, पोखरा टु काठमाडौ टु नेपालगन्ज गरेर चार ओटा फ्लाइट सम्म गरे । मौसम को कारण भर्खरै मात्र माघ १ गते र माघ ५ गते २ ओटा ठुला कार्यक्रम रद्द गर्नु पर्यो । किनकी प्रकृति भन्दामाथी हामी कोही छैनौं’ उनले लेखेकी छन् । भर्खर भर्खर प्लेन चढ्न थालेका कलाकारहरु आज भोलि अधिकाँस एयरलाइन्सलाई गाली गर्दै आक्रोश पोख्दै आफु...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज