
इमेरल्ड एकेडेमीको २३ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
धनगढी। धनगढी उपमहानगर पालिका वडा नम्बर ३ अवस्थित इमेरल्ड एकेडेमीको २३ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । धनगढी उपमहानगर पालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजवहादुर ऐरको प्रमुख आथित्थ्यमा २३ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । कार्याक्रममा बोल्दै प्रमुख आथित्थ्य ऐरले बालबालिकालाई माया गर्ने आमा नै भएको बताए । उनले स– साना बालबालिकालाई कस्तो बनाउने, कस्तो मार्ग निर्देशनमा लैजाने भन्ने बारेमा आमाले सोच्ने गरेको बताए । उनले बच्चाहरुको सपना गर्न आमाले बच्चाहरुको ईच्छा अनुसार काम गर्नुपर्ने बताए । उनले अहिले कक्षा ८ पढ्ने बिधार्थीहरु लागु औषधमा फस्ने गरेको बताए । उनले आफ्नो घर भन्दा कति छ घरमा आउन जान कति समय लाग्छ, त्यसको बारेमा अभिभावकले जानुपर्ने बताए । उनले मोवाईलको प्रयोग राम्रो कामका लागि गर्नुपर्ने बताए । उनले बच्चाहरुलाई धेरै मोवाईल प्रयोग गर्न नदिई रचनात्...