Day: २०८१ माघ १३, आईतवार

ठमेलको गेस्टहाउसमा युवतीको शव फेला

ठमेलको गेस्टहाउसमा युवतीको शव फेला

ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । काठमाडौंको ठमेलस्थित ड्रेन्किङ इन गेस्टहाउसमा एक युवतीको शव फेला परेको छ । उक्त गेस्टहाउसको २०२ नम्बर कोठामा रसुवाको तातोपानीकी २१ वर्षीया समिरा तामाङको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ । आइतबार (आज) बिहान शव फेला परेको हो । के कति कारणले उनको मृत्यु भएको भन्नेबारे थप अनुसन्धान भइरहेको काठमाडौं परिसरकी प्रवक्ता एवं डीएसपी पूर्णिमा चन्दले जानकारी दिइन् ।...
धनगढीमा भाइको कैँची प्रहारबाट सहोदर दाइको मृत्यु

धनगढीमा भाइको कैँची प्रहारबाट सहोदर दाइको मृत्यु

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । धनगढीमा भाइको कैँची प्रहारबाट सहोदर दाइको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१७ दिपनगर टोलका लालबहादुर बोहराको गएराति हत्या भएको हो। जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले घरायसी विवादमा बोहरामाथि उनकै सहोदर भाइ प्रकाश बोहराले कुटपिट गरेको बताए। उनको घाँटीमा कैँची प्रहार गरिएको थियो। कैँची प्रहारबाट गम्भीर घाइते भएका बोहरालाई राति नै धनगढीको निसर्ग अस्पताल पुगाइएको थियो। तर, उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए। बोहराको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। उनका भाइ प्रकाशलाई भने जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज