बागमती

आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न ऐन संशाेधन : गृहमन्त्री लेखक

आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न ऐन संशाेधन : गृहमन्त्री लेखक

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
काठमाण्डाै । गृहमन्त्री रमेश लेखकले आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न नेपाल नागरिकता ऐनलाई संशोधन गर्न लागिएको बताउनुभएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आजकाे बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा बोल्दै उहाँले बुबाको मृत्यु भएको, जीवित रहँदा पनि नागरिकता प्राप्तिमा सहयोग नगरेमा तथा अर्को विवाह गरेर गएको अवस्थामा सन्तानलाई आमाकै नामबाट नागरिकता दिने व्यवस्था विधेयकमा राखिएको उल्लेख गर्नुभयो । आमाको नामबाट नागरिकता दिँदा आमाले स्वघोषणा गरे मात्रै पनि हुने गृहमन्त्री लेखकले बताउनुभयो । उहाँले विदेशमा सन्तान जन्मिने वा गर्भावस्थामा आमा स्वदेश फर्किने तर बुबाको पत्ता नलागेको अवस्थामा आमा र सन्तानको अधिकार सुनिश्चित गर्न आमाको स्वघोषणाको आधारमा अङ्गीकृत नागरिकता दिने व्यवस्था गरिएको बताउनुभयो ।...
जनै पूर्णिमामा क्वाँटी खाने परम्परा

जनै पूर्णिमामा क्वाँटी खाने परम्परा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
काठमाण्डौ । आज जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने गरिन्छ । मास, भटमास, मस्याम, हरियो र सेतो केराउ, सानो केराउ, कालो चना, सेतो चना र सिमी, बोडी, बकुल्ला, मुंगलगायतका गेडागुडीको मिश्रण नै क्वाँटी हो । क्वाँटी विशेष गरि नेवारी परिकार हो । नेवारी भाषामा क्वाँ भनेको तातो र टी भनेको झोल हो । क्वाँटी विभिन्न गेडागुडीबाट बनाइने हुनाले यो परिकार पोषणले भरिपूर्ण हुन्छ । बर्खाको समयमा खेतीकिसानी गर्नेहरुलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्त्व रहेको छ । केराउ, चना, मुगी, मास, सिमी, भटमासलगायतका गेडागुडी मिसाइ पानीमा भिजाएर टुसा निक्लिएपछि क्वाँटी तयार पारिन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्म...
काठमाडौंमा बिहानैदेखि सार्वजनिक यातायात नचल्दा सर्वसाधारणलाई सास्ती

काठमाडौंमा बिहानैदेखि सार्वजनिक यातायात नचल्दा सर्वसाधारणलाई सास्ती

Breaking News 2, आजको विशेष, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार, सुरक्षा
यातायात व्यवसायीहरूले विभिन्न माग राखेर आजदेखि काठमाडौं उपत्यकासहित देशभरि यातायात बन्द गरेका छन्। यातायात व्यवसायीहरूको आह्वानमा सोमबार बिहानैदेखि काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायातका साधनहरू ठप्पप्रायः छ। एकाध ठाउँमा एक/दुईवटा गाडी चलेको देखिन्छ। बिहानैदेखि सार्वजनिक यातायात नचल्दा सर्वसाधारणहरूले सास्तो ब्यहोर्नुपरेको छ। कलेज पढ्ने व‍िद्यार्थी, बिहानै काममा जाने मानिसहरू बस बिसौनीमा सार्वजनिक यातायात कुरेर बसेको देखिन्छन्। यातायात बन्द भएपछि केही मानिसहरू हिँडेरै गन्तव्यसम्म जाँदै गरेको दृश्य पनि सडकमा देखिन्छ।  ...
निर्माण सम्पन्न हुने बेलामा भत्काइयो ग्वार्कोको ‘फ्लाइओभर’ (तस्बिरहरु)

निर्माण सम्पन्न हुने बेलामा भत्काइयो ग्वार्कोको ‘फ्लाइओभर’ (तस्बिरहरु)

Breaking News 2, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँ । ललितपुरको ग्वार्कोमा निर्माणाधीन देशकै पहिलो ‘फ्लाइओभर’ निर्माण सम्पन्न हुने बेला भत्काइएको छ । करिब ८२ प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा गुणस्तरहीन निर्माण गरिएको भेटिएपछि ‘प्रिकाष्ट प्यानल’ भत्काइएको हो । सिमेन्टको पर्खाल लगाएर माटो भर्ने क्रममा पर्खाल आफैँ चर्किन थालेपछि गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले भत्काउन लगाएर पुनः निर्माण गर्न निर्देशन दिएको छ ।...
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

Breaking News 2, कर्णाली, गण्डकी, ताजा अपडेट, बागमती, लुम्बिनी, समाचार, सुदूरपश्चिम
काठमाडौं । देशका विभिन्न भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । तराईका थोरै स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार दिउँसो मधेसबाहेक बाँकी ६ वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव बढी रहेको मौसमविद् सञ्जिव अधिकारी बताउँछन् । “लुम्बिनी र गण्डकीमा पनि यसको प्रभाव छ । तर, सुदूरपश्चिम र कर्णालीको जति छैन,” मौसमविद् अधिकारीले बाह्रखरीसँग भने, “वाग्मतीदेखि को...
प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता कमलराज जोशी पक्राउ

प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता कमलराज जोशी पक्राउ

Breaking News 2, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोपमा अखिल नेता कमलराज जोशी पक्राउ परेका छन् । उनलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिए ।
चोरीको मोबाइल लिन दुई समूहबीच झडप, २३ वर्षीय युवकले गुमाए ज्यान

चोरीको मोबाइल लिन दुई समूहबीच झडप, २३ वर्षीय युवकले गुमाए ज्यान

ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा काठमाडौं महानगरपालिका–७ स्थित चाबहिलको कुमारीगालमा एक युवकले ज्यान गुमाएको खुलेको छ । गत आइतबार बिहानै झिसमिसेमा दुई समूहबीचको झडप हुँदा २३ वर्षीय अमृत भनिने संघर्ष कार्कीको मृत्यु भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) अपिलराज बोहोराका अनुसार एउटा सानो मोबाइलको विषयमा झगडा हुँदा २३ वर्षीय युवकको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ । ‘एउटा समूहले मोबाइल चोर्छ कुनै व्यक्तिको । मोबाइल चोरेको अर्को पक्षले देख्छ,’ घटनाबारे जानकारी गराउँदै एसपी बोहोराले भने, ‘त्यो मोबाइल समाउनका लागि अर्को पक्ष जाँदा भएको झगडामा ती व्यक्तिको ज्यान गएको छ ।’ झडपछि तत्कालै पुगेको प्रहरीको टोलीले घाइते भएका कार्कीलाई काठमाडौं शिक्षण अस्पताल ९केएमसी० लगिएको थियो । त्यहाँ चिकित्सकले कार्कीलाई मृत घोषणा गरेका थिए । ‘यो घटनालाई...
धादिङमा बस दुर्घटना, एक जनाको मृत्यु २३ घाइते

धादिङमा बस दुर्घटना, एक जनाको मृत्यु २३ घाइते

Breaking News 1, ताजा अपडेट, बागमती, समाचार, सुरक्षा, स्वस्थ्य
धादिङ। धादिङमा यात्रुवाहक बस दुर्घटना भएको छ। आइतबार राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र २३ जना घाइते रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीकाअनुसार सोमबार राति भक्तपुरबाट चितवनको देवघाट जाँदै गरेको बा ३ ख ८९२३ नम्बरको बस धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ स्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो। बस आफै अनियन्त्रित भई सडकछेउमा पल्टिएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा दोलखा भीरकोटकी ५० वर्षीया पार्वती काफ्लेको निधन भएको प्रहरीले बताएको छ। दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल पुर्‍याइएकामा उनको आइतबार राति नै उनको निधन भएको हो। दुर्घटनामा घाइते भएकामध्ये ५ जनाको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। ९ जनाको प्रहरी अस्पताल र  ८ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। दोलखा घर भएका बस चालक जीतबहादुर मगरको भने साइबाबा अस्...
ग्याँस सिलिण्डर विष्फोट, १४ जना घाइते

ग्याँस सिलिण्डर विष्फोट, १४ जना घाइते

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं। काठमाडौंको  कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । आज बिहान पौने ९ बजेको समयमा विष्फोट हुँदा १४ जना घाइते भएका छन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार त्यहाँस्थित सानदार म:म पसलमा ग्याँस सिलिण्डर पड्किएको हो । घाइते हुनेहरु पनि सोही पसलका कामदार रहेको उनले बताए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ । सिलिण्डर विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ । त्यहाँ प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ । घटनास्थलमा नेपाल प्रहरीको विपद् व्यवस्थान टोली र मालीगाउँ प्रहरीको टोली खटिएको छ ।...
चितवन जिल्ला अदालतमा उपस्थित भए रवि।

चितवन जिल्ला अदालतमा उपस्थित भए रवि।

Breaking News 2, ताजा अपडेट, बागमती, राजनीति, समाचार
चितवन । रास्वपा सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयानका लागि उपस्थित भएका छन् । उनी केहीबेरअघि अदालत प्रवेश गरेका छन् । उनीविरुद्ध सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । त्यसैले उनी आज बयान दिन अदालत पुगेका हुन् । जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार अब रविको बयान सुरु गरिने छ । बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ । त्यसपछि न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय गर्नेछन् । रास्वपा सभापति लामिछानेविरुद्ध चितवनमा ठगी सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतमा उनीविरुद्ध संगठित अपराधको कसुरमा पनि मुद्दा दायर भएको थियो । मुद्दा दर्ता भएकै दिन जिल्ला सरकारी वकिलको कार्यालय, चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलको काठमाडौं...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज