Day: २०८१ माघ १६, बुधबार

कर्मचारी कटौती गर्दै ट्रम्प, १ साताभित्र स्वेच्छाले जागिर छाडे ८ महिनाको तलब दिइने

कर्मचारी कटौती गर्दै ट्रम्प, १ साताभित्र स्वेच्छाले जागिर छाडे ८ महिनाको तलब दिइने

Breaking News 2, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर्मचारी कटौती गर्न थालेका छन् । ट्रम्प प्रशासनले संघीय कर्मचारीहरूलाई स्वेच्छाले जागिर छाड्न एक हप्ताको समय दिएको छ । लाखौँ कर्मचारीलाई पठाइएको इमेलमा फेब्रुअरी ६ सम्म ९एक साता० को समय दिएर जागिर छाड्ने कर्मचारीलाई आठ महिनाको अतिरिक्त तलब दिइने भनिएको छ । अर्थात्, उनीहरूले अबको एक साताभित्र स्वेच्छाले जागिर छाडे आगामी सेप्टेम्बर ३० सम्मको तलब सुविधा पाउनेछन् । सरकारी तथ्यांक अनुसार, संघीय कर्मचारीको संख्या ३० लाखभन्दा बढी छ । प्यू रिसर्चका अनुसार, संघीय कर्मचारीको औसत कार्यकाल १२ वर्ष हुन्छ । समाचार एजेन्सी एपीका अनुसार, भेटेरेन्स अफेयर्स डिपार्टमेन्टमा काम गर्ने स्वास्थ्यकर्मी, घर वा व्यवसायका लागि ऋण प्रशोधनका काम गर्ने अधिकारी र सेनाका लागि हतियार खरिद गर्ने ठेकेदारहरू निकालिन सक्नेछन् । खाद्यान्न र पानी आपूर्तिको अनुसन्धान गर्ने ...
सुनको मूल्य १४ सयले बढ्यो

सुनको मूल्य १४ सयले बढ्यो

आजको विशेष, ताजा अपडेट, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य १४ सय बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर एक हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।  ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज