Breaking News 2

डोटीमा चट्याङ लागेर एक युवक घाइते

डोटीमा चट्याङ लागेर एक युवक घाइते

Breaking News 2, समाचार, सुदूरपश्चिम
धनगढी । डोटीमा चट्याङ लागेर एक जना घाइते भएका छन। जिल्लाको जोरायल गाउँपालिका–३ ठाटिगडामा परेको चट्याङले २३ वर्षीय धिरजबाबु रोकाया घाइते भएका हुन। शनिवार कृषि गरणाका लागि भूपाल खत्रीको घरमा पुगेका रोकायामाथि चट्याङ पर्दा उनको आँखा र टाउकोमा समस्या भएको छ। घटनापछि रोकायालाई सरस्वतीर प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर उपचार गरिदै छ। केन्द्रले उनको अवस्था खतरामुक्त रहेको भए पनि थप उपचारका लागि निगरानी आवश्यक रहेको बताएको छ। चट्याङका कारण भूपाल खत्रीको घरमा समेत आंशिक क्षति पुगेको छ। उनको घरमा बिजुली र भित्तामा क्षति पुगेको हो।...
दीक्षित विद्यार्थीलाई प्रधानमन्त्रीले भने– घमण्ड नगरी विनयशील हुनोस्

दीक्षित विद्यार्थीलाई प्रधानमन्त्रीले भने– घमण्ड नगरी विनयशील हुनोस्

Breaking News 2, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी रूपमा बाँच्न पाउने अवस्था सिर्जनाका निम्ति प्राप्त ज्ञान प्रयोग गर्न आग्रह गरेका छन् । त्रिभुवन विश्वविद्यालयको शनिबार काठमाडौंमा आयोजित ५०औँ दीक्षान्त समारोहमा विश्वविद्यालयलका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले समाजलाई लोकतान्त्रिक, सु–संस्कृत र इमानदारपूर्ण बनाउन र विद्यावान् हुँ भन्ने कुनै घमण्ड नगरी विनयशील हुन पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले उपाधि प्राप्त हुनेबित्तिकै अध्ययन पूरा नहुने तर्क गरे । प्राप्त ज्ञानलाई व्यावहारिक जीवनमा उतारेर परिष्कृत गर्न उनले आग्रह गरे । “आफैँसँग भएको विद्या व्यवहारमा उतार्न सकिएन भने त्यो विद्या काम लाग्दैन । ज्ञानलाई व्यावहारिक रूपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्नुपर्छ,” प्रधानमन्त्री ओलीले भने, “हामीले मुलुकमा विद्यमान २० प्रतिशतको...
गुल्मीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

गुल्मीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

Breaking News 2
गुल्मी । गुल्मीमा टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । रिडीबाट गिट्टी पुर्तिघाट जाँदै गरेको लु१क ५४०० नम्बरको टिपर सत्यवती गाउँपालिकाको वडानम्बर- २ पाहादीस्थित कालिगण्डकी करिडोरमा गएराती दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा टिपर चालक पाल्पा जिल्ला रैनादेवी गाउँपालिका वडानम्बर-१ बस्ने २४ वर्षका श्रीराम कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक ( एसपी) राजन भुजेलले बताए । टिपर दुर्घटनामा घाइते कुमालको उपचारको लागि अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर सल्यान जिल्ला बनगाउ ७ बस्ने २३ वर्षका मोहन जैसी घाइते भएका छन् । उनको अवस्था समान्य छ । दुर्घटनामा परेको टिपर सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।...
अजरबैजान एयरलाइन्‍सको विमान दुर्घटना रूसको कारण भएको आरोप

अजरबैजान एयरलाइन्‍सको विमान दुर्घटना रूसको कारण भएको आरोप

Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं । अजरबैजान एयरलाइन्सले बुधबार कजाकस्तानमा भएको विमान दुर्घटना बाह्य प्राविधिक हस्तक्षेपका कारण भएको दाबी गरेको छ । दुर्घटनामा एम्ब्रेयर विमान उच्च गतिमा खसेर अकताउ विमानस्थलको धावनमार्गबाट ३ किलोमिटर अगाडि नै आगो लागेर दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको थियो। विमानमा सवार ६७ जनामध्ये २९ जनाको जीवितै उद्धार गरिएको थियो । यो विमान दक्षिणी रूसको ग्रोज्नी विमानस्थलमा अवतरण गर्ने योजनामा रहेको बताइएको छ । रूसको नागरिक उड्डयन एजेन्सीका प्रमुखले शुक्रबार बताएअनुसार चेचन्याको राजधानीमा स्थिति निकै जटिल रहेकोले त्यहाँ उडानमा प्रतिबन्ध लगाइएको थियो । यो विमान दुर्घटनापछि अजरबैजान एयरलाइन्सले रूसका सात शहरहरूमा उडानहरू स्थगित गरेको छ। युक्रेनको गुप्तचर निर्देशनालयका प्रमुखले पनि यस विमान दुर्घटनाको जिम्मेवारी रूसलाई दिएका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दमि...
म्यासेडोनिया पठाइदिन्छु भन्दै ठगी गर्ने राई पक्राउ

म्यासेडोनिया पठाइदिन्छु भन्दै ठगी गर्ने राई पक्राउ

Breaking News 2, समाचार
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी म्यासेडोनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । खोटाङ केपिलासगढी गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–४ चण्डोल बस्ने २८ वर्षीय चिना कोयी राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले म्यासेडोनिया पठाइदिन्छु भन्दै दुईजना पीडितहरूबाट १२ लाख ९१ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं चण्डोलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।...
जाजरकोटमा भूकम्पको धक्का

जाजरकोटमा भूकम्पको धक्का

Breaking News 2, समाचार
काठमाडौं । जाजरकोटमा आज बिहानै भूकम्प गएको छ । आज बिहान ६ बजेर ३६ मिनेमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाको नायकवाडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । २०८० कात्तिक १७ गते जाजरकोटकै बारेकोट गाउँपालिका-१ रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा साढे एक सय बढीको मृत्यु भएको थियो ।...
सोनु निगमले काठमाडौंमा दिए भव्य प्रस्तुति

सोनु निगमले काठमाडौंमा दिए भव्य प्रस्तुति

Breaking News 2, मनोरञ्जन
काठमाडौं । चर्चित भारतीय गायक सोनु निगमले क्रिसमसको अवसरमा बुधबार बेलुका काठमाडौंमा भव्य सांगीतिक प्रस्तुति दिएका छन् । बौद्धस्थित हायात रिजेन्सीको चौरमा निगमलाई सुन्न हजारौं दर्शक सहभागि थिए । ‘सोनु निगम लाइभ इन नेपाल’ नाम दिइएको कन्सर्टमा झण्डै १० हजार दर्शक सहभागि रहेको आयोजक नेपाल टचले जनाएको छ । आफ्ना चर्चित बलिउड गीतमा गुञ्जिँदै निगमले दर्शकलाई मनोरञ्जन दिएका छन् । दर्शकले पनि निगमका गीतमा चिसिँदो मौसममा झुमेर आनन्द लिएका थिए । ७ बजेर ३० मिनेट जाँदा स्टेज चढेका निगमले ब्याण्डसहित प्रस्तुति दिएका थिए । स्टेजमा चढे लगत्तै उनले नेपालले आफूलाई प्यार दिएको भन्दै दर्शकलाई धन्यवाद दिए । निगमलाई सुन्न हायातको चौरमा चर्चित नेपाली संगीतकर्मी पनि पुगेका थिए । बुधबार अपरान्ह काठमाडौं उत्रिएका निगम भोलि बेलुका दिल्ली फर्किने कार्यक्रम छ । त्यसअघि उनले विहिबार बिहान पशुपतिनाथ दर्शन र पर्व...
A passenger plane crashed on Wednesday in the city of Aktau, Kazakhstan.

A passenger plane crashed on Wednesday in the city of Aktau, Kazakhstan.

Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
Bishal Rawal Dhangadhi, December 25 According to preliminary reports, some casualties have been reported in the accident. Local authorities have stated that 67 passengers were in the aircraft. Kazakhstan's Ministry of Emergency Response said that rescue teams are making efforts to reach the crash site. According to News agency Reuters, citing a Russian news agency, reported, "The plane belonged to Azerbaijan Airlines. It was Re-routed from Baku to Grozny in Russia's Chechnya region. However, due to heavy fog, the plane's route was altered." No response has been issued so far from Azerbaijan Airlines.
खोटाङमा टाटा सुमो दुर्घटना, एक यात्रु गम्भीर घाइते

खोटाङमा टाटा सुमो दुर्घटना, एक यात्रु गम्भीर घाइते

Breaking News 2
काठमाडौं। खोटाङमा टाटा सुमो दुर्घटना हुँदा एक जना यात्रु गम्भीर घाइते भएका छन् । घाइते हुनेमा खोटाङकै केपिलासगढी–१ फेदीका ७३ वर्षी दुर्गाप्रसाद राई छन्। उनको उद्दार गरेर उपचारका लागि सदरमुकाम दिक्तेलतर्फ पठाइएको खोटाङका डीएसपी प्रतिक बिष्टले बताए । उनका अनुसार काठमाडौंबाट खोटाङ आउँदै गरेको ना १ ज ७१८१ नम्बरको सुमो खोटाङकै केपिलासगढी गाउँपालिका–३ तापखोला नजिक दुर्घटना भएको थियो। उनका अनुसार बाटोमा काठ तेर्सिएपछि हटाउन भनेर चालक शत्रुधन राई झरेको बेलामा दुर्घटना भएको थियो । रोकेको सुमो गड्दै करिब २ मिटर तल खसेको उनले बताए । सुमोमा एक जना मात्रै रहेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ ।...

Rabi Lamichhane suspended as lawmaker

Breaking News 2, English, समाचार
The Parliament Secretariat has issued a notice suspending Rabi Lamichhane, the elected legislator for Chitwan-2 and President of the Rastriya Swatantra Party (RSP).   Padma Prasad Pandey, general secretary of the House of Representatives (HoR) Secretariat, published the notice, citing legal provisions, which state that Lamichhane will be suspended until the case is resolved, as a money laundering case has been filed against him in the Kaski District Court. Kaski Police had written to the HoR Secretariat, requesting that Lamichhane's position of Member of Parliament (MP) be suspended. Section 27 of the Money Laundering Act 2008 states that once a case is registered, the post is automatically suspended. The statement has cited Article 27 of the Money Laundering Preve...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज