Day: २०८१ कार्तिक २५, आईतवार

मानव तस्करीको आरोपमा कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

मानव तस्करीको आरोपमा कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

Breaking News 1, कोशी प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार, राजनीति, समाचार
काठमाडौं । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी पक्राउ परेका छन् । पूर्वमन्त्री अधिकारीलाई प्रहरीले आइतबार विराटनगरबाट पक्राउ गरेका हुन् । कोशी प्रदेशका पूर्वमन्त्री अधिकारीलाई जापान मानव तस्करी गरेको आरोप लागेको थियो । उनलाई मानव तस्करीको आशंकामा जापान जानेक्रममा टोकियो विमानस्थलबाटै फिर्ता गरिएको थियो । अधिकारीसँगै जापान गएका तीन जनालाई प्रहरीले काठमाडौँ फर्किने क्रममा विमानस्थलबाट पक्राउ गरको थियो । उनीहरुले मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको खुलासा भएको थियो । मानव तस्करीको आरोप लागेपछि शनिबार एमालेले अधिकारीलाई छानबिन गर्न माग गर्दै उनलाई पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो ।अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज