Day: २०८१ पुष १०, बुधबार

सोनु निगमले काठमाडौंमा दिए भव्य प्रस्तुति

सोनु निगमले काठमाडौंमा दिए भव्य प्रस्तुति

Breaking News 2, मनोरञ्जन
काठमाडौं । चर्चित भारतीय गायक सोनु निगमले क्रिसमसको अवसरमा बुधबार बेलुका काठमाडौंमा भव्य सांगीतिक प्रस्तुति दिएका छन् । बौद्धस्थित हायात रिजेन्सीको चौरमा निगमलाई सुन्न हजारौं दर्शक सहभागि थिए । ‘सोनु निगम लाइभ इन नेपाल’ नाम दिइएको कन्सर्टमा झण्डै १० हजार दर्शक सहभागि रहेको आयोजक नेपाल टचले जनाएको छ । आफ्ना चर्चित बलिउड गीतमा गुञ्जिँदै निगमले दर्शकलाई मनोरञ्जन दिएका छन् । दर्शकले पनि निगमका गीतमा चिसिँदो मौसममा झुमेर आनन्द लिएका थिए । ७ बजेर ३० मिनेट जाँदा स्टेज चढेका निगमले ब्याण्डसहित प्रस्तुति दिएका थिए । स्टेजमा चढे लगत्तै उनले नेपालले आफूलाई प्यार दिएको भन्दै दर्शकलाई धन्यवाद दिए । निगमलाई सुन्न हायातको चौरमा चर्चित नेपाली संगीतकर्मी पनि पुगेका थिए । बुधबार अपरान्ह काठमाडौं उत्रिएका निगम भोलि बेलुका दिल्ली फर्किने कार्यक्रम छ । त्यसअघि उनले विहिबार बिहान पशुपतिनाथ दर्शन र पर्व...
एमालेले भीम रावललाई पार्टीबाट हटायो

एमालेले भीम रावललाई पार्टीबाट हटायो

Breaking News 1, समाचार
काठमाडौं । नेकपा (एमाले)ले भीम रावललाई संगठित सदस्यबाट हटाएको छ । आज बसेको सचिवालय बैठकले उनलाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको हो । एमालेका पूर्वउपाध्यक्ष रावललाई कात्तिक ६ गते स्पष्टीकरण सोधेको थियो । एमालेलाई व्यवसायी तथा समाजसेवी मीनबहादुर गुरुङले पार्टीका लागि जग्गा दान गरेको विषय र विभिन्न समयमा पार्टीविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधेको थियो । आजको सचिवालय बैठकले पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएको भन्दै उनलाई पार्टीबाट हटाएको हो । “अभिव्यक्ति पार्टीलाई बलियो बनाउनेभन्दा निरन्तर कमजोर बनाउने हिसाबले आएकाले उहाँलाई संगठित सदस्यबाट मुक्त गर्ने निर्णय गरिएको छ,” उपमहासचिव प्रदीप ज्ञवालीले भने । रावल १०औँ महाधिवेशनमा अध्यक्षको उमेदवार बनेका थिए । अध्यक्षमा पराजित भएपछि केन्द्रीय सदस्य अस्वीकार गरे । त्यसपछि पार्टीले सल्लाहकार परिषद्‌मा जिम्मेवारी दिए पनि बस...
A passenger plane crashed on Wednesday in the city of Aktau, Kazakhstan.

A passenger plane crashed on Wednesday in the city of Aktau, Kazakhstan.

Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
Bishal Rawal Dhangadhi, December 25 According to preliminary reports, some casualties have been reported in the accident. Local authorities have stated that 67 passengers were in the aircraft. Kazakhstan's Ministry of Emergency Response said that rescue teams are making efforts to reach the crash site. According to News agency Reuters, citing a Russian news agency, reported, "The plane belonged to Azerbaijan Airlines. It was Re-routed from Baku to Grozny in Russia's Chechnya region. However, due to heavy fog, the plane's route was altered." No response has been issued so far from Azerbaijan Airlines.
खोटाङमा टाटा सुमो दुर्घटना, एक यात्रु गम्भीर घाइते

खोटाङमा टाटा सुमो दुर्घटना, एक यात्रु गम्भीर घाइते

Breaking News 2
काठमाडौं। खोटाङमा टाटा सुमो दुर्घटना हुँदा एक जना यात्रु गम्भीर घाइते भएका छन् । घाइते हुनेमा खोटाङकै केपिलासगढी–१ फेदीका ७३ वर्षी दुर्गाप्रसाद राई छन्। उनको उद्दार गरेर उपचारका लागि सदरमुकाम दिक्तेलतर्फ पठाइएको खोटाङका डीएसपी प्रतिक बिष्टले बताए । उनका अनुसार काठमाडौंबाट खोटाङ आउँदै गरेको ना १ ज ७१८१ नम्बरको सुमो खोटाङकै केपिलासगढी गाउँपालिका–३ तापखोला नजिक दुर्घटना भएको थियो। उनका अनुसार बाटोमा काठ तेर्सिएपछि हटाउन भनेर चालक शत्रुधन राई झरेको बेलामा दुर्घटना भएको थियो । रोकेको सुमो गड्दै करिब २ मिटर तल खसेको उनले बताए । सुमोमा एक जना मात्रै रहेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ ।...
६७ जना सवार जहाज कजाकिस्तानमा दुर्घटना

६७ जना सवार जहाज कजाकिस्तानमा दुर्घटना

Breaking News 1, अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं । कजाकस्तानको अक्ताउ शहरमा बुधबार यात्रुवाहक विमान दुर्घटना परेको छ । प्रारम्भिक रिपोर्ट अनुसार दुर्घटनामा केही मानिस हताहती भएको बताइएको छ । स्थानीय अधिकारीका अनुसार जहाजमा ६७ जना यात्रु सवार थिए । कजाकस्तानका आपत्कालीन मन्त्रीका अनुसार विमान दुर्घटना भएको स्थानमा पुग्न उद्धार टोलीले प्रयास गरिरहेको छ । समाचार एजेन्सी रोयटर्यले रूसी समाचार एजेन्सीलाई हवाला दिंदै लेखेको छ, ‘जहाज अजरबैजान एयरलाइन्सको हो । जुन जहाज बाकुबाट रूसको चेचन्यास्थित ग्रोज्नीतर्फ जाँदै थियो । तर, बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो ।’ अजरबैजान एयरलाइन्सको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।...

काठमाडौंबाट ९२ लाखसहित तीन जना पक्राउ

समाचार
काठमाडौं । प्रहरीले काठमाडौंबाट ९२ लाख नगदसहित तीन जनालाई पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालय टेकुको ‍टोलीले ९२ लाख रकमसहित तीन जनालाई पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार अहिले पक्राउ परेकालाई नियन्त्रणमा राखेर अनुसन्धान अघि बढाइएको छ । उनीहरू काठमाडौंको बौद्ध जोरपाटी क्षेत्रबाट पक्राउ परेका हुन् । उक्त पैसा लिएर उनीहरू कहाँ जाँदै थिए भन्ने खुलेको छैन ।    ...

Unmanaged Parking Creates Chaos in Dhangadhi, Amidst Clean Green City Initiative Earns Praise

Breaking News 1, English, समाचार
Bishal Rawal Dhangadhi, December 25 As the city of Dhangadhi rapidly grows in population and urban activity, the need for proper management of public spaces has become crucial. One of the pressing concerns is the issue of unmanaged parking, as seen in various locations across the city. Vehicles, including motorcycles and scooters, are often parked on sidewalks and pedestrian pathways, as shown in the attached image. This creates obstructions for pedestrians and contributes to traffic congestion. The lack of designated parking areas and clear regulations leads to chaotic conditions, especially in busy zones. Pedestrians are forced to walk on the road due to blocked footpaths, increasing the risk of accidents. Additionally, such disorganised parking giv...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज