Day: २०८१ पुष २५, बिहीबार

रविलाई प्रहरीले लगायो परिवारको जिम्मा

रविलाई प्रहरीले लगायो परिवारको जिम्मा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रहरीले परिवारको जिम्मा लगाएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले रविसहित सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीलाई बिहीबार धरौटीमा छाड्न आदेश दिएको थियो । सो आदेशलगत्तै उनले बैंक ग्यारेन्टीमार्फत् ६५ लाख धरौटी बुझाएका थिए । अदालतमा धरौटी बुझाएपछि उनको मेडिकल जाँच गराएर परिवारको जिम्मा लगाइएको हो । काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थिति हुने शर्तमा प्रहरीले रविलाई परिवारको जिम्मा लगाएको हो । रविको जिम्मा लिन उनकी पत्नी निकिता पौडेल पोखरा पुगेकी थिइन् । सूर्यदर्शन सहकारी प्रकरणमा थुनामा रहेका सात प्रतिवादीमध्ये ६ जना आजै धरौटी बुझाएर रिहा भएका छन् । रविसहित छविलाल जोशी, रामबहादुर खनाल, लिला पछाईं, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङले बिहीबार नै धरौटी बुझाएर रिहा भएका हुन् ...
समस्या अनेक, उपाय एक—आधुनिक स्वास्थ्यको विकल्प: होलिस्टिक हेल्थ! “जानकी होलिस्टिक इन्टरप्राइजेज”, हाम्रै धनगढी-१,

समस्या अनेक, उपाय एक—आधुनिक स्वास्थ्यको विकल्प: होलिस्टिक हेल्थ! “जानकी होलिस्टिक इन्टरप्राइजेज”, हाम्रै धनगढी-१,

uncategory
समस्या अनेक, उपाय एक—आधुनिक स्वास्थ्यको विकल्प: होलिस्टिक हेल्थ! "जानकी होलिस्टिक इन्टरप्राइजेज", हाम्रै धनगढी-१, फाया मार्ग (जिल्ला वन कार्यालयको पछाडि) स्थित। हाम्रो यहाँ प्रेसर, सुगर यूरीएसीड (uriacid),थाइराइड,यौन तथा छाला रोग, बाँझोपन को समस्या ,पाठेघर को समस्या, हड्डी खिएको, नसा च्यापिएको,प्यारालाइसिस,पायल्स, पत्थरी, अल्सर, क्यान्सर,तथा नसर्ने सम्पूर्ण रोग को उपचार होलस्टिक हेल्थ प्रालि द्वारा उत्पादित शुद्ध प्राकृतिक जडिबुटी बाट समस्या को समाधान गरिने सञ्चालकले बताए।...
रवि लामिछानेलाई ६५ लाख धरौटीमा छोड्न कास्की अदालतको आदेश, रिहा हुन अझै समस्या

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छोड्न कास्की अदालतको आदेश, रिहा हुन अझै समस्या

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिए पनि उनि रिहा हुने वा नहुने भन्ने अन्यौल कायमै रहेको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालतले धरौटी मागे पनि उनी रिहा हुने अवस्था छैन । काठमाडौं जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दामा पेश गर्नका लागि उनलाई प्रहरीले काठमाडौं ल्याउनेछ । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो । लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपरोधको अभियोगमा मुद्दा दायर भएको छ । सोही मुद्दामा लामो बहसपछि आज थुनछेक आ...
कैलालीमा प्रहरीले थाल्यो गाडामा स्टिकर टाँस्ने अभियान

कैलालीमा प्रहरीले थाल्यो गाडामा स्टिकर टाँस्ने अभियान

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । कैलालीमा गोरु गाडा (डल्लप)लगायत सवारी साधनमा ठोक्किएर सडक दुर्घटना बढेपछि ट्राफिक प्रहरीले रिफ्लेक्ट स्टिकर टाँस्ने अभियान थालेको छ । हिउँदको समयमा लाग्ने कुहिरोले हुने कम भिजिबिलिटीबाट हुने दुर्घटना जोखिम न्यूनीकरण गर्न प्रहरीले सवारी साधनमा रिफ्लेक्ट स्टिकर टाँस्ने अभियान थालेको हो । प्रहरीले सडक सुरक्षा कार्यक्रम अन्तरगत अस्थायी ट्राफिक प्रहरी पोस्ट हसुलिया र सत्तीमार्फत ग्रामीण भेगमा स्टिकर टाँस्ने अभियान थालेको हो । अस्थायी ट्राफिक प्रहरी पोस्ट हसुलियाका प्रहरी सहायक हवल्दार जगदिश बोहराले ग्रामीण भेगमा डल्लपलगायत सवारी साधनहरूमा ठोक्किएर हुने दुर्घटना बढेपछि अभियान थालेको बताए । अभियानलाई गाउँ गाउँमा पुर्‍याउने उनको भनाइ छ । गाउँघरमा अधिकांश सडक दुर्घटना गोरु गाडामा अन्य सवारी साधन ठोक्किएर हुने बताउँदै उनले एक महिना अगाडि मात्रै रातिको समयमा मोटरसाइकलले गोरु गाडाम...
पोखराको सेती ड्यामबाट खसेर धनगढीका एक विद्यार्थीको मृत्यु

पोखराको सेती ड्यामबाट खसेर धनगढीका एक विद्यार्थीको मृत्यु

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । पोखरामा सेती ड्यामबाट खसेर धनगढीका एक विद्यार्थीको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१६ दिपहाउजिङ नजिकै रहेको सेती नदीको ड्यामबाट खसेर २१ वर्षीय संगम पौडेलको मृत्यु भएको हो। धनगढी स्थायी घर भई पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस (डब्लूआरसी) लामाचौरमा अध्ययनरत २१ वर्षीय पौडेल क्याम्पस नजिकै पोखरा–१९ लामाचौरमा डेरा गरी बस्दै आएको बताइन्छ। बुधवार साँझ ७ बजेर २० मिनेटमा सेतीको ड्याममा मान्छे खसेको सूचना आएपछि सशस्त्र प्रहरी बल, कालीका गण कास्कीबाट उद्धार टोली खटिएको गणका सूचना अधिकारी डीएसपी राजनलाल श्रेष्ठले बताएका छन। चार जना गोताखोरसहित ९ जनाको विशेष विपद् व्यवस्थापन टोलीले उनको शव निकाली पोस्टमार्टमका लागि मनिपाल शिक्षण अस्पताल लगिएको छ। सशस्त्रले २० मिनेटमै नदीबाट शव निकालेर अस्पताल पु¥याएको थियो।...
सिकलसेलकाे औषधि निशुल्क वितरण गर्ने सरकारकाे तयारी

सिकलसेलकाे औषधि निशुल्क वितरण गर्ने सरकारकाे तयारी

Breaking News 1, ताजा अपडेट, सुदूरपश्चिम, स्वस्थ्य
धनगढी । थारू समुदायमा खेखिने सिकलसेल एनिमिया राेगकाे ओैषधि नेपाल सरकारले निशुल्क वितरण गर्ने तयारी गरेकाे छ । भारत सरकार संगकाे सहयाेगमा सरकारले सिकल सेलका बिरामीलाई निशुल्क ओैषधि वितरणकाे तयारी थालेकाे स्वनस्थ्य तथा जनसंख्या मन्ती प्रदीप पाैडेकाे भनाई छ । मन्त्री पाैडेलका अनुसार विश्वस्वास्थ्य संगठनको सहयोगामा भारतबाट औषधी ल्याउने सम्झौता भइसकेकाले सिकलसेलका विरामीलाई छिट्टै निशुल्क औषधी वितरण गरिने छ । ओैषधि निशुल्क वितरण गरेपछि विरामिलाई सहज अपेक्षा गरिएकाे मन्त्री पाैडेलकाे भनाई छ । सिकलसेल राेग जटिल प्रकृतिकाे भएका कारण सरकारले राेगिकाे उपचारका लागि देशभर छुट्टै व्यवस्था गर्न थालेकाे मन्त्री पाैडेलकाे भनाई छ । मन्त्री पौडेलले सेती प्रादेशिक अस्पतालमा पनि सिकलसेल एनिमिया रोगको उपचारका लागि छुट्टै वार्ड निर्माण गर्न निर्देशन दिएकन छन् । ५ देखि १० वेड सम्मको छुट्टै वार्ड निर्म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज