Day: २०८१ माघ १०, बिहीबार

बाजुरामा बसको ठक्करबाट चार वर्षीय बालकको मृत्यु

बाजुरामा बसको ठक्करबाट चार वर्षीय बालकको मृत्यु

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढीः बाजुरामा बसको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका–८ का कुल लुहारका चार वर्षीय छोरा निशु लुहारको बसको ठक्करबाट मृत्यु भएको हो। जिल्ला सदरमुकाम मार्तडीबाट महेन्द्रनगर आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१–१०२० नम्बरको बसले साँफे–मार्तडी सडकखण्ड अन्तर्गत बेतालमाण्डौ बजारमा उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले बताए। बसले ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको हो। घटना बिहिवार दिउँसो ३ बजेर ३३ मिनेटमा भएको थियो। बालकलाई ठक्कर दिने बस र चालक कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ का ४९ वर्षीय दिवाकर भट्टलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
कञ्चनपुरबाट खैरोहिराइनसहित एक जना पक्राउ

कञ्चनपुरबाट खैरोहिराइनसहित एक जना पक्राउ

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर।  कञ्चनपुरको भीमदत्त नगरपालिका – १५ गोवरैया स्थित सार्वजनिक पिपल चौतारीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन् । बुधवार १।२० ग्राम लागू औषध खैरो हेरोइन सहित स्थानीय २९ वर्षीय करन राना क्षेत्री पक्राउ परेका हुन । उनलाई  जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।...
नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

Breaking News 2, आजको विशेष, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ४०० रुपैयाँ घटेर एक लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ घटेर एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।...
अमेरिकाको लसएन्जलसमा फेरि फैलियो डढेलो

अमेरिकाको लसएन्जलसमा फेरि फैलियो डढेलो

Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
१० माघ, काठमाडौं । अमेरिकाको लसएन्जलस क्षेत्रमा डढेलोले फेरि पनि उग्ररुप लिएको छ । आगोको जोखिम क्षेत्रमा रहेका हजारौं व्यक्तिहरुलाई फेरि पनि सुरक्षित स्थानमा सारिएको छ । अहिले आगो लागेको कास्टिक तलाउ नजिकको पहाडी क्षेत्रमा हो । यसको नजिकमा धनीहरुको बस्ती र स्कुलहरु छन् । यो डढेलोले ८ हजार एकड भन्दा धेरै क्षेत्र जलाइसकेको छ । तीव्र हावा र सुख्खा झाडीका कारण डढेलो फैलिन मद्दत पुगिरहेको छ । यद्यपि यो डढेलोले अहिलेसम्म कुनै पनि घर वा संरचनामा क्षति पुगेको छैन । तर १९ हजार व्यक्तिले आफ्नो घर छाडेर भाग्नुपरेको छ । अमेरिकाको क्यालिफोर्निया राज्यमा पर्ने लसएन्जलस क्षेत्रको आगो निभाउन टोली परिचालन गरिएको छ । यसअघि पनि लसएन्जलस क्षेत्रको प्यासिफिक प्यालिसेड्स क्षेत्रबाट डढेलो फैलिएको थियो । यो डढेलोले लसएन्जलसको शहरी क्षेत्रको ठूलो हिस्सा सखाप पारेको थियो । डढेलोको चपेटामा परेर २५ जनाको म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज