Day: २०८१ माघ १५, मंगलवार

संसदीय दलको बैठकमा ओलीले भने- ०८४ को मंसिरमा मात्रै सरकार ढल्छ

संसदीय दलको बैठकमा ओलीले भने- ०८४ को मंसिरमा मात्रै सरकार ढल्छ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
१५ माघ, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा जारी बैठकको सुरुमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले ०८४ मंसिरमा मात्रै सरकार ढल्ने जिकिर गरेका छन् उनले अहिले दिनैपिच्छे सरकार ढल्ने हल्ला चलाइरहेको भन्दै त्यसतर्फ ध्यान नदिन र भ्रममा नपर्न सांसदहरूलाई आग्रह गरे । ‘दिनैपिच्छे सरकार ढल्छ भन्ने हल्ला छ । अलिक भरेसम्म सरकार ढल्छ । साँझसम्म त सरकार ढल्छ, ढल्छ । राति नै ढल्छ अथवा भोलि बिहानै सरकार ढल्छ । ढलेन भने दिउँसोसम्म सरकार ढल्छ । भोलि ढलेन भने पर्सिलाई सारिदिने । पर्सि भएन भने अर्को हप्तालाई सारिदिने,’ प्रधानमन्त्री ओलीले भने, ‘यो महिना ढलेन भने अर्को महिनलाई सार्ने । साउनमा सरेन भने भदौमा सार्ने । भदौमा पनि ढलेन भने दशैंलाई सार्ने । दशैंमा पनि ढले...
अछाममा करिब  १४ हजारबढी किशोरीहरुलाई एचपिभी खोप लगाइने

अछाममा करिब १४ हजारबढी किशोरीहरुलाई एचपिभी खोप लगाइने

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वस्थ्य
अछाम। अछाममा करिब १४ हजार किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका १३ हजार ९२१ जना किशोरीलाई खोप लगाइने भएको हो ।  माघ २२ गतेदेखि सञ्चालन गरिने खोप अभियानमा १६२ विद्यालय र ९७ स्वास्थ्य केन्द्रमा खोप केन्द्र तोकिएका छन् । विद्यालयमा रहेका खोप केन्द्रबाट १३ हजार ६१३ छात्रा र विद्यालय नजाने २४८ बालिकालाई खोप लाइने स्वास्थ्य कार्यालय अछामका प्रमुख दीपेन्द्र जोशीले जानकारी दिए। विद्यालयमा खोप पाउनेमध्येमा कक्षा ६ का दुई हजार ९७६ र कक्षा ७ देखि १० सम्मका १० हजार ६९७ छात्रा रहेका बताइएको छ । यस्तै विद्यालयबाहिर रहेका १० वर्ष उमेरका २० जना र ११ वर्षदेखि १४ वर्ष उमेरका २२८ जना रहेका जोशीको भनाइ छ ।  अछामका १० पालिकामध्ये सबैभन्दा बढी पञ्चदेवल  विनायक नगरपालिकामा एक हजार ६४८ र सबैभन्दा कम बान्नी...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज