
कांग्रेस–एमालेलाई प्रचण्डको चुनौतीः अहिलेकै थ्रेसहोल्ड तपाईंहरूलाई नै धेरै हुँदैछ (पूर्णपाठ सहित)
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै थ्रेसहोल्ड नेपाली कांग्रेस र नेकपा एमालेलाई धेरै हुने दिन आउन सक्ने चेतावनी दिएका छन् ।
बिहीबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रचण्डले सरकार यसरी नै चल्दै गए कांग्रेस–एमाले संकटमा पर्ने बताएका हुन् ।
‘छब्बीस महिनाअघिको निर्वाचनको मतादेशमै पनि आत्ममुग्ध नहुनोस् । यसरी नै सरकार चलाउँदै जानुभयो, यसरी नै जनताबाट अग्गिदै जानुभयो भने अहिलेकै थ्रेसहोल्ड तपाईंहरुलाई नै धेरै हुुँदैछ, अरुको चिन्ता नर्गनुस्,’ प्रचण्डले भने ।
उनले पार्टी छोड्ने नेता–कार्यकर्ताको बहिखाता हेर्न पनि आग्रह गरे । ‘आफ्नै पार्टीबाट कार्यकर्ता पलायनका पछिल्ला बहिखाता हेर्नोस् र घमण्डबाट ब्युँझनोस्,’ प्रचण्डको आग्रह छ ।
सम्बोधनको पूर्णपाठः
सम्माननीय सभामुख महोदय,
सर्वप्रथम म राष्ट्रनिर्माण र नागरिक सम्प्रभुताका लागि ...