काठमाडौं । काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोपमा अखिल नेता कमलराज जोशी पक्राउ परेका छन् ।
उनलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिए ।
२०८१ फाल्गुन १, बिहीबार२०८१ फाल्गुन १, बिहीबार२०८१ फाल्गुन १, बिहीबार by दर्पण नेपालNo Comments
धनगढी। धनगढीबाट अछाम जाँदै गरेको इभि भ्यान दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।डोटीको जोरायल गाउँपालिका-१ गैरा बजार स्थित धनगढी बाट चौखुट्टे अछाम तर्फ जाँदै गरेको सुदूरपशिचम प्रदेश ०१ ००१ ज १६६६ नम्बरको इभि भ्यान दुर्घटना भएको हो। सोही दिशा तर्फ जाँदै गरेको हाईसलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका-३ बोराडाँडीका २६ वर्षीय सुरज बोहराले चलाएको सो भ्यानमा सवार ८ जना मध्ये २ जना घाइते भएकोे प्रहरीले जनाएको छ। अन्य ६ जना भने सकुशल रहेका जनाइएको छ। घाइते हुनेमा परिचय नखुलेकी अन्दाजी २०/२२ वर्षीया एक महिला र डोटीको शिखर नगरपालिका-८ तिलतालीका वर्षीय चक्र बलायर रहेका छन्। घाइते दुबै जनालाइ उपचारका लागी डडेलधुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।...