
तीनकुने घटनाबारे पहिलो पटक मुख खोले पूर्वराजा शाहले
काठमाडौं। गत चैत १५ गते दुईजनाको ज्यान जाने गरी काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनबारे पूर्वराजा ज्ञानेन्द्र शाहल पहिलो पटक मुख खोलेका छन् । नयाँ वर्ष २०८२ को शुभकामना दिने क्रममा उनले चैत १५ को घटनाबारे मुख खोलेका हुन् ।
चैत १५ गते उनैलाई भेटेका दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको समूहले प्रदर्शन गर्दा भएको हिंसात्मक झडपमा २ जनाको ज्यान जाँदा २० जनालाई गोली लागेको थियो । त्यसक्रमा करिब ४६ करोडको क्षति हुने गरी तोडफोड र लुटपाट भएको थियो ।‘समाजका सदस्य, राजनीतिक दल र समुदयाले आफ्ना धारणा राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो’, उनले भनेका छन्, ‘तर, त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा संयम अपनाउनुपर्छ ।’
उनले चैत १५ को राजावदीहरूको हिंसात्मक प्रदर्शनलाई जनप्रदर्शनको संज्ञा दिएका छन् । ‘चैत १५ गते भएको जनप्रदर्शनमा जुन प्रकारको हिंसा आगजनी र तोडफोड भय...