मधेस प्रदेश

ट्रयाक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु

ट्रयाक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु

Breaking News 2, ताजा अपडेट, मधेस प्रदेश, समाचार
भोजपुर।  भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको  प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका–३ सेतीबगरमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा मृत्युहुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।...
सरस्वती मूर्ति सेलाउने क्रममा २२ वर्षीय युवकको डुबेर मृत्यु

सरस्वती मूर्ति सेलाउने क्रममा २२ वर्षीय युवकको डुबेर मृत्यु

Breaking News 2, ताजा अपडेट, मधेस प्रदेश, समाचार
सरस्वती मूर्ति सेलाउने क्रममा २२ वर्षीय युवकको डुबेर मृत्यु।रौतहटमा सरस्वती मूर्ति विसर्जन गर्ने क्रममा २२ वर्षीय सुरज यादव बाग्मती नदीमा डुबेर बेपत्ता भएका थिए। मंगलबारदेखि जारी खोजीपछि आज बिहान उनकाे शव फेला परेको छ। शव माछा मार्ने जाल प्रयोग गरेर निकालिएको थियो र पोस्टमार्टमपछि परिवारको जिम्मामा दिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।...

पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुनभर स्क्रिनिङ अभियान

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार, बागमती, मधेस प्रदेश, लुम्बिनी, सुदूरपश्चिम, स्वस्थ्य
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुनभर स्क्रिनिङ अभियान सञ्चालन गर्ने स्वास्थ्यमन्त्री प्रदिप पाैडेलले बताउनु भयाे।   नेपालमा महिलाको प्रमुख स्वास्थ्य समस्याका रुपमा देखिएको पाठेघरको मुखको क्यान्सरबाट महिला दिदीबहिनीको ज्यान बचाउने उद्देश्यले फागुन महिनाभर परीक्षण अभियान सञ्चालन गर्ने निर्णय स्वास्थ्य मन्त्रालयले  गरेकाे हाे ।   देशमा हरेक दिन ४ जनाको ज्यान लिने गरेको यस समस्यासँग जुध्नका लागि  देशैभर  दुई लाख ५० हजारको परीक्षण गर्ने लक्ष्य राखेका  स्वास्थ्यमन्त्री प्रदिप पाैडेलले बताए।   यसबाहेक माघ २२ गतेबाट दुई सातासम्म किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबिरुद्ध निःशुल्क खोप अभियानसमेत सञ्चालन हुँदैछ ।   पाठेघरसम्बन्धी जानकारीकाे लागि  याे समाचार पनि हेर्नुहाेला:-   https://darpannepal.com/?p=5023    क्यान्सर जटिल बन्नुपूर्व नै हुने ...
पाठेघर (गर्भाशय) को समस्याकारण र राेकथामकाे उपाय

पाठेघर (गर्भाशय) को समस्याकारण र राेकथामकाे उपाय

Breaking News 1, Breaking News 2, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार, बागमती, मधेस प्रदेश, लुम्बिनी, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वस्थ्य
  पाठेघर (गर्भाशय) को समस्या भनेको महिलाको पाठेघरमा हुने विभिन्न स्वास्थ्य समस्या वा रोगहरूको समूह हो। यी समस्याहरू हल्का र गम्भीर दुबै हुन सक्छन्। यहाँ पाठेघरसँग सम्बन्धित केही सामान्य समस्या, तिनका कारण, र रोकथामका उपायबारे जानकारी दिइएको छ। पाठेघरका सामान्य समस्या   1. पाठेघरको संक्रमण (UTI, PID) संक्रमणले पाठेघर र ट्युबहरूलाई असर गर्छ। लक्षण: पेट दुख्ने, महिनावारी अनियमित, ज्वरो, असामान्य स्राव। 2. फाइब्रॉइड (Fibroids)   पाठेघरको भित्तामा हुने गैर-क्यान्सर ट्युमर।   लक्षण: अत्यधिक रक्तस्राव, पेटको भारीपन।   3. एन्डोमेट्रियोसिस (Endometriosis)   पाठेघरको भित्री टिश्यु पाठेघर बाहिर बढ्ने।   लक्षण: महिनावारीको समयमा धेरै दुखाइ।   4. पाठेघरको क्यान्सर   पाठेघरको मुख वा शरीरमा हुने क्यान्सर।   लक्षण: महिनावारी बाहेक ...
सूर्यको पूजा आराधना गरी मनाइयो छठ पर्व

सूर्यको पूजा आराधना गरी मनाइयो छठ पर्व

मधेस प्रदेश, मनोरञ्जन, समाचार
काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिएर मनाइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास रहेकोछ । कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर(खरना) षष्ठी मातालाई चढाई व्रतालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिने प्रचलन रहेको छ । षष्ठीका दिन रातभर जाग्ग्रम बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ दिएपछि छठ पर्व समापन हुन्छ । विगतमा तराई मधेशलगा...
स्थानीय तहको उपनिर्वाचनमा भाग लिन २५ दल दर्ता

स्थानीय तहको उपनिर्वाचनमा भाग लिन २५ दल दर्ता

कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार असोज १० गतेदेखि १६ गतेसम्म दल दर्ताको लागि निवेदन आव्हान भएकोमा २५ दल दर्ता भएका हुन् । दर्ता भएका दलहरुमा नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍च, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, समावेशी समाजवादी पार्टी नेपाल रहेका छन् । हाम्रो नेपाली पार्टी, नेपाल कम्यूनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नागरिक उ...
मौसम: देशभर आंशिक देखि सामान्य बदली रहने

मौसम: देशभर आंशिक देखि सामान्य बदली रहने

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
काठमाडौं । देशभर आंशिक देखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी र गण्डकी सहित देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेकोले पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भू-भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।...
आजको मौसम: देशभर आंशिक देखि सामान्य बद्ली हुने

आजको मौसम: देशभर आंशिक देखि सामान्य बद्ली हुने

Breaking News 1, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार, सुदूरपश्चिम
काठमाडौं । मनसुनी वायुको प्रभावले आज देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन, चट्याङ सहित भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुने बताइएको छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली भई कोशी, मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।...
वाढीपहिरो अपडेट: देशभर २४२ जनाको मृत्यु, अझै २२ बेपत्ता

वाढीपहिरो अपडेट: देशभर २४२ जनाको मृत्यु, अझै २२ बेपत्ता

कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
काठमाडौं । बाढीपहिरोबाट देशभर २४२ जनाले ज्यान गुमाएको छ । बाढीपहिरोमा परी २२ जना अझै बेपत्ता र १२८ जना घाइते भएका छन् । वाढीपहिरोबाट हालसम्म कोसी प्रदेशमा २३, मधेसमा आठ, उपत्यकामा १०१, वाग्मती १०८ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । त्यसैगरी, मुलुकभर एक हजार ७६९ घर र ५५ वटा पुलमा क्षति पुगेको छ । विपद्का घटनामा फसेका १३ हजार १२९ जनाको उद्धार भएको सशस्त्र प्रहरीले जनाएको छ ।...
मौसम: आज र भोलि वर्षाको संम्भावना

मौसम: आज र भोलि वर्षाको संम्भावना

Breaking News 1, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार, सुदूरपश्चिम
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले आज र भोलि मुलुकको विभिन्न स्थानमा वर्षाको सम्भवना रहेको जनाएको छ । भारतको उत्तर–पूर्व असाम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभावले नेपालमा बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसम शाखाको मौसमविद् गोविन्द झाले कोशी प्रदेशका केही स्थानमा, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभयो । तर अविरल वर्षाको सम्भावना नभएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको मौसमविद् झाले बताए । विभागका अनुसार हाल कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आगामी ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज