Day: २०८२ बैशाख २२, सोमबार

खाडी राष्ट्रका नेताहरूसँग उच्चस्तरीय भेटघाट गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको तयारी

खाडी राष्ट्रका नेताहरूसँग उच्चस्तरीय भेटघाट गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको तयारी

Breaking News 2, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबको रियादमा गल्फ सहयोग परिषद् (जीसीसी) का सदस्य राष्ट्रका नेताहरूसँग भेटघाट गर्ने तयारी गर्नुभएको छ ।   यही ‘मे’ महिनामा ट्रम्पले खाडी राष्ट्रका नेताहरूसँग उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको साउदी सरकारले जनाएको छ ।   ‘मे’ १३ देखि १६ सम्म हुने यो भ्रमणमा राष्ट्रपति ट्रम्प साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स पुग्ने बीबीसीले जनाएको छ ।   यो भ्रमण उहाँको दोस्रो कार्यकालको पहिलो आधिकारिक विदेश भ्रमण हुनेछ । जीसीसीमा साउदी अरब, यूएई, बहराइन, कतार, कुवेत र ओमान समावेश छन् ।   बैठकको उद्देश्य राजनीतिक तथा आर्थिक सहकार्यलाई सुदृढ बनाउनु रहेको छ । यात्राको पूर्वसन्ध्यामा, अमेरिकी सरकारले साउदी अरबसँग साढे ३ अर्ब अमेरिकी डलर बराबरको मिसाइल बिक्री सम्झौता स्वीकृत गरेको छ ।   राष्ट्रपति ट्रम्पले ...
कैलालीमा आगलागीबाट १३ लाख बढीको क्षति

कैलालीमा आगलागीबाट १३ लाख बढीको क्षति

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । कैलालीका एक जनाको घर र गोठमा आगलागी हुँदा १० लाख बढीको क्षति भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–९ रामशिखरझालाका सुके रावलको घर र गोठमा शनिवार राति आगलागी भएको हो। सुदूरपश्चिम प्रदेश प्रहरीले रावलको १० लाख ४६ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताएको छ। स्थानीय मनोज रोकायाको गोठमा पनि आगोले क्षति गरेको छ। उनको तीन लाख रुपैयाँको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ। प्रहरीले स्थानीय तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको बताएको छ। उक्त घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।    ...
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन

डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन

Breaking News 1, कर्णाली, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
ठूलीभेरी । डोल्पामा आगामी जेठ ५ गतेदेखि यार्सागुम्बा सङ्कलनको अनुमति दिइएको छ । सदरमुकाम दुनैमा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाको अध्यक्षतामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले यार्सागुम्बा पाइने जिल्लाका सबै पाटन जेठ ५ गतेदेखि सङ्कलकका लागि खुला गर्ने निर्णय गरेको हो । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको आयोजनामा बसेको बैठकले पाटन खोल्नेदेखि संरक्षण र व्यवस्थित गर्नेसम्मका निर्णय गरेको छ । जिल्लाका सयौँ बुकी पाटनमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि एक महिनाको समयाअवधि तोकेर सर्वसाधारणका लागि हरेक वर्ष खुला गरिन्छ । यार्सा पाटन आगामी असार ५ गते पुनः बन्द हुने छन् । वैशाख तेस्रो सातादेखि नै यार्सागुम्बा सङ्कलन गर्न सर्वसाधारण उच्च हिमाली भेग जाने गरेका छन् । यार्सा पाटनहरुमा वन र निकुञ्जले सुरक्षा व्यवस्था मिलाएको छ । सङ्कलकले एक महिनाक...
धादिङमा ६० वर्षीय वृद्धकाे हत्यामा संलग्न तीन जना पक्राउ

धादिङमा ६० वर्षीय वृद्धकाे हत्यामा संलग्न तीन जना पक्राउ

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ को डुँडेठाँटी बस्ने ६० वर्षीय चूडामणि कँडेलको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गएको चैत २७ गते शौचालयमा मृत भेटिएका कँडेलको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धादिङले आज तीन जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ घर भई धादिङको गजुरी–२ डुँडेठाटी बस्ने ३६ वर्षीय अक्कलबहादुर प्रजा, राक्सिराङ–९ बस्ने २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तान रहेका छन् । मृतक कँडेलले श्रीमती सुस्मिता सिलुवालको हत्या गर्नका लागि अक्कलबहादुर प्रजालाई चार लाख रुपैयाँ दिएका र प्रजाले यो काममा पृथलाल र सञ्चलाललाई पनि सहभागी गराएका अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनीहरूले सुस्मिताको हत्या गर्न पटक–पटक प्रयास गरे पनि नसकेपछि कँडेलले आफ्नो काम नभएको भन्दै पैसा फिर्ता मागेका थिए । कँडेलले निकै द...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज