Day: २०८२ जेष्ठ २७, मंगलवार

कञ्चनपुरमा प्रहरीका असई कुट्ने पक्राउ

कञ्चनपुरमा प्रहरीका असई कुट्ने पक्राउ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । कञ्चनपुरमा नेपाल प्रहरीका असई वीरबहादुर चन्दमाथि कुटपिट गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलौरी नगरपालिका–८ का राहुल राना रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले प्रहरी चौकी पचुईका इन्चार्ज समेत रहेका असई चन्दमाथि कुटपिट गर्ने रानालाई पक्राउ गरिएको जानकारी दिए । उनकाअनुसार रानालाई इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो । रानाले चेकजाँचका क्रममा केही दिनअघि असई चन्दलाई लछारपछार गर्दै कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । कुटपिटमा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतकाअनुसार चन्दमाथि कुटपिट गर्ने राना स्थानीय हार्डवेयर व्यापारी हुन् । रानाको समूहले भारतबाट अवैध रूपमा सामान ओसारपसार गर्दै आएको दाबी गरिएको छ । उनको समूहले चेकजाँचकै क्रममा असई ...
अग्नि सापकोटालाई जोगाउन माओवादीले कांग्रेससंग मिलेर कुरा फेर्दै ।

अग्नि सापकोटालाई जोगाउन माओवादीले कांग्रेससंग मिलेर कुरा फेर्दै ।

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
अग्नि सापकोटालाई जोगाउन माओवादीले कांग्रेससंग मिलेर कुरा फेर्दै : मालदार अड्डाका रूपमा चिनिने विमानस्थलबाट अर्बौँ रुपैयाँ उठाएको कुराले गृहमन्त्री लेखक पनि बदनाम भएका छन् । दैनिक ५० लाखदेखि एक करोड रुपैयाँसम्म लिने गरेको खुलेको थियो । नेपाली कांग्रेस गृहमन्त्रीलाई राजिनामा दिन लगाउने र तान्ने गरि छानबिन समिति बनाउने पक्षमै छैन । रास्वपाले राजनीतिक प्रशासनिक जवाफदेहिता र कर्तव्यवोध खोज्दै गृहमन्त्रीको राजीनामाबारे निर्णय गर्नुपर्ने पनि प्रस्ताव गरेको छ । यस प्रस्तावमा पनि कांग्रेस मान्न तयार देखिएन । माओवादी र समाजवादी लचक हुँदा पनि रास्वपाले राजीनामाको अडान नछाडेपछि प्रधानमन्त्री ओलीसमेत दबाबमा परेका छन् । यस्तोमा गृहमन्त्री लेखकलाई नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टीसहितले एकसाथ घेराबन्दी गरेका छन् । तीनै दल सुरूमा गृहमन्त्री लेखको राजीनामा चाहन्थे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज