ट्रेन्डिङ

ठेकेदारको लापर्वाहीले नागरिकलाई सास्ती

ठेकेदारको लापर्वाहीले नागरिकलाई सास्ती

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । ठेक्का भएको आठ वर्षसम्म पुल नबन्दा स्थानीयसहित आवतजावत गर्नेलाई सास्ती भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१७, शिवगङ्गा नदीमा पुल नबन्दा सास्ती भोग्नु परेको हो । पथरीस्थित सो नदीमा पुल निर्माणका लागि आठ वर्ष अगाडि नै ठेक्का लगाइएको थियो । तर ठेक्का लागेको दशक पुग्न लागे पनि निर्माण कम्पनी पप्पु एडभेञ्चर जेभीले अहिलेसम्म पुलको फाउन्डेसनसमेत तयार पार्न सकेको छैन । पुल नबन्दा वर्षातको समयमा आवतजावत गर्नेलाई सास्ती भोग्नु परिरहेको छ । पुल निर्माणलाई ठेकेदारले वास्ता नगरेको स्थानीय राकेश चौधरीले बताए । ‘आठ वर्षसम्म ठेकेदारले पुल निर्माणका लागि खाल्डो खन्ने काममात्रै गरेको भन्दै उनले भने, ‘त्यो खाल्डो पनि पुरिएको छ, ठेकेदारलाई वास्तै छैन ।’ शिवगङ्गा नदी पुल निर्माणका लागि २०७४ असार २७ गते ठेक्का भएको थियो । २०७७ असार २५ गतेभित्र पुल निर्माण गरिसक्नु पर्ने थियो । तर, अहिलेसम्म फा...
अबरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन

अबरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन

ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
बैतडी । पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग बुधबार दिउँसोदेखि सञ्चालनमा आएको छ । बैतडीको सिगास गाउँपालिका–९ रमिलापूर नजिक मंगलबार राति १ बजेतिर सडक माथिबाट पहिरो खसेर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । सडक अवरुद्ध बनेपछि बझाङ भित्रिने तथा बाहिरिने सवारीसाधन बिच बाटोमै रोकिएका थिए । पहिरो सफा गरेपछि सवारी साधन गन्तव्यतिर गइसकेका छन् । सडक डिभिजन कार्यालय बैतडीको जेसीबीले पहिरो सफा गरेपछि दिउँसोदेखि राजमार्ग सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलाराम पाण्डेयले बताए । ‘अहिले राजमार्गमा पूर्णरुपमा सरावारीसाधन चलिरहेका छन्,’ प्रहरी निरीक्षक पाण्डेले भने, ‘अब मौसम सफा हुन लाग्यो यस्तो समस्या आउँदैन् ।’ बुधबार दिउँसोदेखि बैतडीमा पानी पर्नेक्रम रोकिएको छ ।...
विगतको भन्दा यस बर्ष डेंगु संक्रमित कम, सरकारले थालेको लार्भा खोज र नष्ट गर अभियान प्रभावकारी हुदै ।

विगतको भन्दा यस बर्ष डेंगु संक्रमित कम, सरकारले थालेको लार्भा खोज र नष्ट गर अभियान प्रभावकारी हुदै ।

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । कैलाली लगायत सुदूरपश्चिम प्रदेशमा यस बर्षको साउन महिना सम्म डेंगु संक्रमितको संख्या घटेको छ । कैलालीमा २०७९÷८० को अवधिमा साउन दोश्रो साता सम्म ४ सय ५५ जनामा डेंगु संक्रमण देखिएको थियो । त्यसैगरी आर्थिक बर्ष २०८१÷०८२ मा सो संख्या बढेर एक हजार एक पुगेको थियो । स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मिनबहादुर धामीका अनुसार चालु आर्थिक बर्षको साउन २० गते सम्म कैलालीमा ५७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिममा हाल सम्म ३ सय २८ जनामा डेंगु संक्रमण पुष्टि भएको धामीले बताए । सरकारले यस बर्ष लार्भ खोज र नष्ट गर भन्ने अभियानलाईं प्रभावकारी बनाएका कारण डेंगु नियन्त्रणमा आएको हुन सक्ने धामीको आँकलन छ । ‘विगतको भन्दा यस बर्षको साउन महिना सम्म डेंगु संक्रमणमा नियन्त्रणमा देख्निछ’ धामीले भने, ‘सरकारलेनै डेंगु नियन्त्रणका लागि अभियान थालेका कारण केही नियन्त्रण भएको हुने सक्ने आ...
मुख्यमन्त्री शाहको एक बर्ष, एस्ताछन् एक बर्षमा गरेका मुख्य उपलब्धी 

मुख्यमन्त्री शाहको एक बर्ष, एस्ताछन् एक बर्षमा गरेका मुख्य उपलब्धी 

ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आफ्नो एक बर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्नु भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले एक बर्षे प्रगति विवरण सार्वजनिक गर्नु भएको हो । शाह २०८१ साउन २० गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । तत्कालीन मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले बहुमत जुटाउन नसक्दा पदबाट राजीनामा दिएपछि गत वर्ष साउन २० गते शाह दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेको समय सीमामा नागरिक उन्मुक्ति पार्टीका दुई जनाले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेपछि नेपाली कांग्रेसका शाहले बाजी मारेका थिए । नागरिक उन्मुक्ति पार्टीबाट मुख्यमन्त्री नियुक्ति हुन नसकेपछि प्रदेश सभामा सबैभन्दा ठुलो दलका संसदीय दलको नेताका हैसियतले शाहलाई मुख्यमन्त्री बन्ने अवसर...
दोस्रो चरणको पेट्रोलिमय पाइपलाइन परियोजना निर्माण शुरू

दोस्रो चरणको पेट्रोलिमय पाइपलाइन परियोजना निर्माण शुरू

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
चितवन । बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलिमय पाइपलाइन विस्तार गर्ने कार्य अघि बढेको छ । नेपाल आयल निगमले लोथरमा परियोजनाको फिल्ड कार्यालय स्थापना गरेर दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तारको काम शुरुआत गरेको हो । राप्ती नगरपालिका–१ लोथरको झन्डै २३ बिघा १२ कठ्ठा जग्गामा अत्याधुनिक सुविधासहितको ग्रीन फिल्ड टर्मिनल निर्माण गरिने निगमले जनाएको छ । आईओसीको मोतिहारी डिपोमा रहेको पम्प हाउसबाटै लोथरसम्म पाइपलाइनका लािग पेट्रोलियम पदार्थ पम्पिङ गर्ने व्यवस्था गरिने निगमले जनाएको छ । अमलेखगञ्जबाट लोथरसम्मको दूरी ६२ किलोमिटरमा १० दशमलव ७५ इन्चको पाइपलाइन बिच्छयाइने निगमले जनाएको छ । परियोजना प्रमुख प्रदीपकुमार यादवले पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाको कार्यान्वयन शुरू भएको बताउनुभयो । सम्पूर्ण कागजी प्रक्रिया पूरा भएको र आजदेखि नै सडक निर्माण गर्ने, आइओसीसँग समन्वय...
लामो समयपछि तराईमा वर्षा, किसानमा रोपो जाग्ने आश

लामो समयपछि तराईमा वर्षा, किसानमा रोपो जाग्ने आश

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
महोत्तरी । लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसानमा रोपो जाग्ने आशा पलाएको छ । यो साता सोमबारयता लगातार पानी परेपछि उहाँहरूमा रोपो जाग्ने आश बढेको हो । पछिल्लो पटक गए राति जिल्लाका अधिकांश ठाउँमा पर्याप्त चिस्यान हुनेगरी पानी परेको छ । यस्तै गत बिहीबार र सोमबार पनि पानी परेको थियो । “अबचाहिँ रोपो मरोइन, रोपिएको खेतमा यसअघि परेको चिरा पुरिएका छन्, रोपो पनि फेरिएको छ”, भङ्गाहा–३ कटैयाका किसान विजय यादवले भने, “पछिल्ला तीन दिनको वर्षाले रोपोलाई निकै राहत मिल्यो ।” यसअघि इनार, बोरिङ्गर स्यालोट्युवबेलबाट पम्पसेट लगाएर रोपेको धान अब भने जाग्ने आश बढेको किसानले बताएका छन् । पछिल्ला तीन दिन परेको पानीले थप रोपाइँ नबढे पनि यसअघि रोपिएको धानलाई भने निकै राहत मिलेको किसानको भनाइ छ । प्रचण्ड रापले पहेँलिँदै गएको रोपो पछिल्ला वर्षाले निकै फेरिएको बर्दिबास–७ प्रेमनगरका किसान रामउद्गार मह...
धनगढीमा सगोल नेथ जापानिज ल्याङ्गुइज एकेडेमीको नयाँ शाखा सञ्चालनमा, मन्त्री खड्काद्वारा उद्घाटन

धनगढीमा सगोल नेथ जापानिज ल्याङ्गुइज एकेडेमीको नयाँ शाखा सञ्चालनमा, मन्त्री खड्काद्वारा उद्घाटन

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
धनगढी । जापानी भाषा शिक्षामा क्रियाशील सगोल नेथ जापानिज ल्याङ्गुइज एकेडेमीले सुदूरपश्चिमको केन्द्रविन्दु धनगढीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। एकेडेमीका सञ्चालक महेश रावलको अगुवाइमा धनगढी ४ उत्तरबेहडी चोकमा स्थापना गरिएको यो शाखाको आज सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले औपचारिक उद्घाटन गरेकी हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै राज्यमन्त्री खड्काले सुदूरपश्चिमका युवाहरूले जापानी भाषा सिक्न अब काठमाडौं जानुपर्ने बाध्यता हटेको बताइन्। “विदेश जानु भन्दा पहिला, आफ्नो ठाउँमै भाषा सिक्ने व्यवस्था हुनु अत्यन्तै सराहनीय छ,“ मन्त्री खड्काले भनिन्, “भाषा जुनसुकै देशको होस्, सिक्ने चाहना सकारात्मक हो, तर त्यसका लागि विदेशीने सोचमा मात्रै केन्द्रित हुनु जरुरी नहुने उनको भनाई छ । उनले प्रदेश सरकार अब नयाँ नीति निर्माणको चरणमा रहेको उल्लेख गर्दै अबदेखि निजी इन्स्टिच्युट खोल्नको लागि...
पौडी खेल्दा डुबेर कपिलवस्तुमा दुई बालकको मृत्यु

पौडी खेल्दा डुबेर कपिलवस्तुमा दुई बालकको मृत्यु

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
रूपन्देही । कपिलवस्तुमा डुबेर दुई बालकको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका १० पिपरास्थित पिपरा र नगवाबीच बग्ने घोलामा पौडी खेल्ने क्रममा बिहीबार साँझ पानीमा डुबेर वाणगंगा नगरपालिका ५ कोपवा बस्ने दिपक चौधरीका ११ वर्षे छोरा वापस चौधरी र स्थानीय प्रेम थारुका १० वर्षे छोरा निशान थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अस्थायी प्रहरी पोष्ट जहदीबाट खटिएको प्रहरी सहायक निरीक्षक किशोर सारुको कमाण्डमा गएको टोलीले दुवै जनाको शव निकालेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले बताए । गर्मीको समयमा तराईमा घरछेउका पोखरी र घोला खोलामा बालबालिकाको डुबेर मृत्यु हुने गरेको छ ।...
राप्ती नदीमा १३३ गोही छाडियो

राप्ती नदीमा १३३ गोही छाडियो

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
चितवन । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन् केन्द्रमा हुर्काइएका १३३ गोहीलाई राप्ती नदीमा छाडेको छ । ती मध्ये दुईवटा भाले र अन्य पोथी छन् । गत अर्थिक वर्षमा विभिन्न समयमा ती गोही राप्ती नदीमा छाडीएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यस वर्ष छाडिएका गोही सहित २०९० गोही प्रजनन् केन्द्रमा हुर्काएर विभिन्न नदीमा छाडीएको छ । त्यसमध्ये सबैभन्दा बढी राप्तीमा १३३५ छाडिएको उनले जानकारी दिए। नारायणीमा ४१९ सप्तकोशीमा ११५, बबहीमा ११०, कर्णालीमा ४१, कालीगण्डकीमा ३५, शुक्लाफाँटाको चौधारामा २५ र बाँकेको राप्तीमा १० वटा गोही छाडिएको हो । अघिल्लो आर्थिक वर्ष १०५ वटा गाही छाडिएको थियो । त्यस वर्ष शुक्लाफाँटामा २५ र बाँकेको राप्तीमा १० वटा गोही पठाइएको थियो । बाँकी यहँको राप्तीमा छाडिएको हो । गत वर्ष छाडिएका गोही सन् २०२०का बच्चा हुन् । हरेक वर्ष वर्ष गोही छाड्ने गरेको भएप...
आकाश ताक्दै किसानः महोत्तरीमा ३५ प्रतिशतमात्र रोपाइँ

आकाश ताक्दै किसानः महोत्तरीमा ३५ प्रतिशतमात्र रोपाइँ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
महोत्तरी । आज साउन दोस्रो साता लागिसकेको छ । लामो खडेरीले आतिएका यहाँका किसानले अझै आकाश ताक्न छाडेका छैनन् । आकासे पानीको भरमा रहेका किसान साउन दोस्रोसम्म वर्षा भएर रोपाइँ गर्न पाइन्छ कि भन्ने आशामा आकाश ताक्दै बसेका छन् । रोपाइँको समय घर्कंदै जाँदा पनि यहाँका किसान वर्षा भइहाले अलिअलि भए पनि रोपाइँ गर्न पाइन्थ्यो भन्ने आशमा बसेका हुन् । “मध्य साउनमा धानको रोपो लहलहाउनुपर्ने हो, हामी अझै पानी परे रोप्न पाइन्थ्यो कि भन्ने आशमा छौँ”, भङ्गाहा–१ का किसान रामकिसन मण्डलले भने । यसपालि धानको बीउ राख्ने, बीउ रोप गर्ने र खरुअन ९कलम, पहिलो रोपो गाँजिएपछि उखेलेर रोप्ने० रोपका परम्परागत तालिका पानी नपरेर त्यसै बितेका उनको भनाइ छ । मधेससहित महोत्तरीमा गत जेठ २२ भित्र बीउ राख्ने, असार २२ भित्र बीउ रोप सक्ने र साउन २२ गतेभित्र खरुअन रोपीसक्ने तालिका मानिन्छ । खरुअन बीउ अपूग हुँदा र बर्खे धान तथा अ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज