Breaking News 2

भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५३ पुग्यो, एक हजारभन्दा धेरै घरमा क्षति

भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५३ पुग्यो, एक हजारभन्दा धेरै घरमा क्षति

Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं । चीनको तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ । चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले६.८ म्याग्निच्युडको भूकम्पबाट अहिलेसम्म ५३ जनाको ज्यान गएको उल्लेख गरेको छ । सीजीटीएनका अनुसार, एक हजारभन्दा धेरै घरमा क्षति पुगेको छ । अहिलेसम्म ६३ जना घाइते भएको बीबीसीले जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ । केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेट (नेपाली समय)मा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।...
चीनमा भूकम्प : मृत्यु हुनेको संख्या ३६ पुग्यो

चीनमा भूकम्प : मृत्यु हुनेको संख्या ३६ पुग्यो

Breaking News 2
काठमाडौँ । मंगलबार बिहान चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । चिनियाँ समाचार संस्था सीजीटीएनले यो जानकारी दिएको हो । यता, पिपल्स डेली अनलाइनका अनुसार बेइजिङ समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा सिजाङ अटोनोमस रिजनको डिंग्री काउन्टी केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ । चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको थियो । डिंग्रीको तोङलाई गाउँमा धेरै घरहरू ढलेको पिपल्स डेलीको समाचारमा उल्लेख छ । डिंग्रीका काउन्टी प्रमुखले सो क्षेत्रमा भूकम्पको ठुलो झट्का महसुस भएको जनाएका छन् । सरकारी अधिकारी तथा उद्धारकर्मीहरू भूकम्प प्रभावित क्षेत्रमा पुगिरहेको समाचारमा उल्लेख छ ।     &...
भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु

भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु

Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । केही घरहरु भत्किएका छन् । चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै ९ जनाको मृत्यु भएको जनाएको छ । आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो । भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो । चिनियाँ सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँमा घरहरु भत्किएका छन् । चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार आज भूकम्प गएको स्थानदेखि २०० किलोमिटर वरपरको क्षेत्रम...
कैलालीस्थित पूर्व पश्चिम राजमार्ग राजमार्ग क्षेत्रमा बिग्रेका सीसीटिभी क्यामेरा मर्मत

कैलालीस्थित पूर्व पश्चिम राजमार्ग राजमार्ग क्षेत्रमा बिग्रेका सीसीटिभी क्यामेरा मर्मत

Breaking News 2, समाचार
धनगढी । कैलालीस्थित पूर्व पश्चिम राजमार्ग क्षेत्रमा बिग्रिएका सीसीटिभी क्यामेरा मर्मत गरी सञ्चालनमा ल्याइएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटेको प्रहरीको प्राविधिक टोलीले बिग्रेका सीसीटिभी क्यामेरा मर्मत गरेर पुनः सञ्चालनमा ल्याएको हो । प्राविधिक प्रहरी नायब निरीक्षक इन्जिनीयर महेशराज पन्तको कमाण्डमा खटेको प्रहरीको प्राविधिक टोलीले नौ थान सीसीटिभी क्यामेरा मर्मत गरेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । सो कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय चिसापानी, सडकपुर, बजार क्षेत्रमा जडान गरिएका सीसीटिभी क्यामेरा बिग्रेको थियो । बिग्रेका ती सीसीटिभी क्यामेरा मर्मत गरिएपछि पुनः सञ्चालनमा आएका छन् । राजमार्गको विभिन्न क्षेत्रमा जडान गरिएका सीसीटिभी क्यामेराको मद्दतमा प्रहरीले सो क्षेत्रमा निगरानी गर्दै आएको छ ।...
भारतमा बालुवाखानीमा च्यापिएर बैतडीका एक युवकको मृत्यु

भारतमा बालुवाखानीमा च्यापिएर बैतडीका एक युवकको मृत्यु

Breaking News 2, समाचार
बैतडी । बालुवाखानीमा च्यापिएर बैतडीका एक युवकको मृत्यु भएको छ । भारतको पिथौरागढमा काम गर्दै आएका बैतडीको सिगास गाउँपालिका –४ तल्लाऐनीका २७ बर्षीय टेकसिंह साउँदको बालुवाखानीमा च्यापिएर मृत्यु भएको हो । रोजगारीका लागि दुई महिना पहिलामात्रै पिथौरागढ गएका साउँदको आइतबार बालुवाखानीमा च्यापिएर मृत्यु भएको वडा अध्यक्ष हरिसिंह बोहराले बताए । मृतक साउँदका घरमा श्रीमति र दुई छोराछोरी रहेका छन् ।...
माओवादी केन्द्रले केन्द्रीय पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक गर्ने

माओवादी केन्द्रले केन्द्रीय पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक गर्ने

Breaking News 2, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पार्टीका केन्द्रीय पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक गर्ने भएको छ । आइतबारदेखि जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने कार्ययोजना प्रस्तुत गरेका हुन् । आर्थिक पारदर्शिताअन्तर्गत बैठकमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ‘केन्द्रीय पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक गरिने’ उल्लेख छ ।’ केन्द्रीय पदाधिकारी मात्र होइन, दाहालको कार्ययोजनामा केन्द्रीय सदस्यहरूले पनि प्रत्येक वर्ष सम्पत्ति विवरण अद्यावधिक गरी केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने प्रस्ताव छ ।...
राजकुमार बगरको ‘शिरफुले माया’ सार्वजनिक

राजकुमार बगरको ‘शिरफुले माया’ सार्वजनिक

Breaking News 2, ट्रेन्डिङ, मनोरञ्जन, समाचार
धनगढी । सांगितिक क्षेत्रमा आफ्नाे छुट्टै परिचय स्थापित बनाउन सफल बरिष्ठ गितकार एवं संगितकार राजकुमार बगरको शिर फुले माया बोलको गित सार्वजनिक भएको छ। युवराज चौलागाई र अनुष्का पाठककाे स्वर रहेकाे गितमा राजकुमार बगर।आफैले संगित र शब्द लेखन गरेका छन् । संगित संयोजन कमल सौरागले गरेका छन् । साे गीति एल्बम युवराज चौलागाईकाे मनको युटुब च्यानलबाट सार्वजनिक गरिएकोछ। सान थापा द्वारा निर्देशित गीतको भिडियोमा युवराजसहित प्रभात पल ठकुरी, विजय पुन, सुशिल थापा, अञ्जली अधिकारी र अनुष्काले अभिनय गरेका छन् । राजीव समरको नृत्य निर्देशन छ । गण्डकी प्रदेशमा प्रसिद्ध शीरफूले भाकामा बुनिएको यो गीत ग्रामिण परिवेशको लय बनाएको बगर बताउँछन्। गितको शब्द लेखनबारे बगर भन्छन् मेरो कर्म धर्मनै गित संगितहो धौलागिरी अञ्चलतिर गाइने शिरफूले मायालाइ आधार बनाएर कोसिस गरेको हो।  ...
बालकलाकार सचिन परियारको निधन

बालकलाकार सचिन परियारको निधन

Breaking News 2
धनगढी । सानैसानै उमेरमा गायन क्षेत्रमा चर्चा कमाएका बाल गायक सचिन परियारको निधन भएको छ । उनको उपचारका क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आज बिहान निधन भएको हो । अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याका कारण थलिएका परियारको कम्मर मुनिको उनको भाग राम्रोसँग चल्दैन थियो । यसअघि शल्यक्रिया गरेर तंग्रिएका सचिन आफ्नै बलमा उभिन नसक्ने अवस्थामा थिए । सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले आर्थिक सहयोगको मागसमेत गरेको थियो । भाइरल बाल गायकका रुपमा परिचित सचिनले गाएका गीतहरू समाजिक सञ्जालमा छाएका छन् । ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनले गाएका प्रमुख गीत हुन् । सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए भने हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए ।...
घाँस काट्ने क्रममा भिरबाट लडेर डोटीमा महिलाको मृत्यु

घाँस काट्ने क्रममा भिरबाट लडेर डोटीमा महिलाको मृत्यु

Breaking News 2, समाचार, सुदूरपश्चिम
डोटी। डोटीको जोरायल गाउँपालिका-३ पातलमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। ३९ वर्षीया भूमिसरा खड्काको सोमबार बिहान भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिएका छन्। खड्का बिहान घरनजिकैको जंगलमा घाँस काट्न गएकी थिइन्। सन्तुलन गुमाउँदा उनी तल खोलामा खसेको स्थानीय उमेश साउँदले बताएका छन्। मृतकका श्रीमान्, दुई छोरा र दुई छोरी रहेका छन्।...
के भन्छन् दक्षिण कोरियामा  विमान दुघर्टनामा बाँचेका दुई जना ?

के भन्छन् दक्षिण कोरियामा विमान दुघर्टनामा बाँचेका दुई जना ?

Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
सोल । आइतबार बिहान दक्षिण कोरियामा १७९ जनाको ज्यान जाने गरी विमान दुर्घटना भयो । यो घटनाले सारा विश्व स्तब्ध भएको छ । मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको यात्रुवाहक विमान दुर्घटना हुँदा सिंगो दक्षिण कोरिया गहिरो शोकमा छ । अवतरणको क्रममा विमान धावनमार्गबाट ​​चिप्लिएर विमानस्थलको पक्की पर्खालमा ठोक्कियो र आगो लाग्यो । उक्त दुर्घटनामा विमानमा सवार १८१ यात्रुमध्ये दुई जना जीवित बाँचेका थिए । ती दुवै यात्रुको अस्पतालमा उपचार भइरहेको छ । दुवै जनाले लगातार एउटै प्रश्न सोधिरहेका छन्: ‘के भयो, म यहाँ किन ? तर यसको जवाफ कसैसँग पनि छैन । जेजु एयरको उडान ७सी२२१६ १७५ यात्रु र ६ जना चालक दलका सदस्य लिएर बैंककबाट आउँदै थियो । बिहान ९ बजेतिर विमानस्थलमा अवतरण गर्ने क्रममा चरासँग ठोक्कियो । चरा ठोक्किएर विमानको गियरमा समस्या आएको र धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको पनि भनिएको छ । मुआन ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज