Breaking News 2

प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता कमलराज जोशी पक्राउ

प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता कमलराज जोशी पक्राउ

Breaking News 2, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोपमा अखिल नेता कमलराज जोशी पक्राउ परेका छन् । उनलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिए ।
धनगढीबाट अछाम जाँदै गरेको भ्यान दुर्घटना,दुई जना घाइते

धनगढीबाट अछाम जाँदै गरेको भ्यान दुर्घटना,दुई जना घाइते

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी। धनगढीबाट अछाम जाँदै गरेको इभि भ्यान दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।डोटीको जोरायल गाउँपालिका-१ गैरा बजार स्थित धनगढी बाट चौखुट्टे अछाम तर्फ जाँदै गरेको सुदूरपशिचम प्रदेश ०१ ००१ ज १६६६ नम्बरको इभि भ्यान दुर्घटना भएको हो। सोही दिशा तर्फ जाँदै गरेको हाईसलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। कैलालीको धनगढी उपमहानगरपालिका-३ बोराडाँडीका २६ वर्षीय सुरज बोहराले चलाएको सो भ्यानमा सवार ८ जना मध्ये २ जना घाइते भएकोे प्रहरीले जनाएको छ। अन्य ६ जना भने सकुशल रहेका जनाइएको छ। घाइते हुनेमा परिचय नखुलेकी अन्दाजी २०/२२ वर्षीया एक महिला र डोटीको शिखर नगरपालिका-८ तिलतालीका वर्षीय चक्र बलायर रहेका छन्। घाइते दुबै जनालाइ उपचारका लागी डडेलधुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।...
प्रहरीमाथि कुटपिट गर्ने कसैलाई नछोड्नू : गृहमन्त्री लेखक

प्रहरीमाथि कुटपिट गर्ने कसैलाई नछोड्नू : गृहमन्त्री लेखक

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं।गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरीमाथि भइरहेको कुटपिट र दुर्व्यवहारका घटनामा जसको संलग्नता भए पनि छानबिन गरी कारबाही गर्न निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले त्यस्ता घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरलाई निर्देशन दिएका हुन् । बुधबार बिहान गृहमन्त्रालयमा प्रहरी प्रमुख कुवँरसहित उच्च पदस्थ प्रहरी अधिकारीलाई बोलाएर मन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । प्रहरीलाई गरिएका आक्रमणका घटना छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन पनि उनले निर्देशन दिएको सचिवालयले जनाएको छ।...
चितुवाको छालासहित युवक पक्राउ

चितुवाको छालासहित युवक पक्राउ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कैलाली । चितुवाको छालासहित नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटी बोगटान गाउँपालिका(३ मेल्टा बस्ने २६ वर्षीय नरेश साउद रहेका छन् ।विशेष सूचनाको आधारमा सोमबार राति सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको अपराध अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित मिलनसार गेस्ट हाउसमा छापा मारेको थियो । त्यहाँ बसिरहेको अवस्थामा साउदलाई फेला पारी खानतलासी गर्दा उनले झोलाभित्र लुकाई राखेको एक थान चितुवाको छाला प्रहरीले बरामद गरेको थियो । प्रहरीका अनुसार टाउको देखि पुच्छरसम्म छालाको ८ फिट २ इन्च लम्बाई र २ फिट २ इन्च चौडाइ रहेको छ । उनलाई पक्राउ गरी मंगलबार थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय धनगढी पठाइएको छ ।...
दुईतिहाइको अहंकारलाई राष्ट्रिय सभाले धक्का दियो :प्रचण्ड

दुईतिहाइको अहंकारलाई राष्ट्रिय सभाले धक्का दियो :प्रचण्ड

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुईतिहाइको अहंकारलाई राष्ट्रिय सभाले धक्का दिएको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार आयोजित पत्रकार भेटघाटमा प्रचण्डले सरकारले सदनलाई अवमूल्यन गरेर ल्याएको अध्यादेश गलत रहेको बताए । ‘अहिलेसम्मको अवस्था हेर्दा सरकारले ल्याएको अध्यादेश राष्ट्रिय सभामा पारित हुने देखिएको छैन,’ उनले भने ‘सरकारमा रहेकाहरूमा दुईतिहाइको अहंकार थियो । राष्ट्रिय सभामा त्यसको राम्रो जवाफ दिएको छ ।’ सदनलाई अवमूल्यन गर्ने र अध्यादेशबाट शासन चलाउने गलत बाटो सरकारले रोजेको भन्दै प्रचण्डले बहुमतले पेलेर जान सक्ने अवस्था नरहेको जिकिर गरे । माओवादीले अध्यादेशमा नसघाउने स्पष्ट पार्दै उनले अध्यादेशको भविष्य जसपा नेपालको निर्णयमा भर पर्ने बताए । पूर्वप्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले देशलाई झन् ठूलो आर्थिक संकटतिर धकेलेको...
प्रचण्डको आरोप : प्रधानमन्त्री ओली संविधान खारेज गर्न चाहन्छन्

प्रचण्डको आरोप : प्रधानमन्त्री ओली संविधान खारेज गर्न चाहन्छन्

Breaking News 2, ताजा अपडेट, राजनीति, विचार, समाचार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको बताएका छन् । जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले परिवर्तन र संविधान नै खारेज गर्न चाहेको बताएका हुन् । ‘हामीले धेरैपटक भनिनै सकेका छौं । उहाँले त आन्दोलन परिवर्तन सबै बर्बाद होस्, संविधान नै खारेज गर्न चाहने हो नि त हाम्रो अहिलेको प्रधानमन्त्री त ।’ अध्यक्ष प्रचण्डले यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि त्यही भएको दाबी गरे । उनले आफूले मधेशी जनताको माग बमोजिम दुईपटक संविधान संशोधनको प्रस्ताव लैजाँदा रोक्ने पनि वर्तमान प्रधानमन्त्री ओली नै भएको बताए । ‘मैले मधेशी जनताका लागि दुईपटक संसदमा संविधान संशोधनको प्रस्ताव लगेको हो । तर, केपी ओली त्यस्ता नेता हुन् जसले रोके’, उनले भने । चण्डले जनता समाजवादी पार्टी नेपाल मन्त्र...
बाजुरामा बाटोमै बच्चा पाएकी सुत्केरीको उद्धार

बाजुरामा बाटोमै बच्चा पाएकी सुत्केरीको उद्धार

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
बाजुरा । बाजुरामा बाटोमै बच्चा पाएकी सुत्केरीको उद्धार गरिएको छ । गौमुल गाउँपालिका-३ की २२ वर्षीया सिर्जना बोहराले बाटोमै बच्चालाई जन्म दिएकी हुन् । बोहरालाई माझपाली आधारभूत स्वास्थ्य केन्द्रबाट स्टेचरमा बोकेर महिला स्वास्थ्यकर्मीको टोलीले उद्धार गरी स्वास्थ्य संस्थामा ल्याएको स्टाफ नर्स सीता खड्काले बताइन् । सिर्जना र बच्चाको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् । बाटोमै छोरालाई जन्म दिएकी उनलाई अवस्था सामान्य भएपछि स्वास्थ्य केन्द्रबाट घर पठाएइको बताइएको छ ।...
कैलालीबाट लागूऔषध र चोरी मुद्दामा फरार २ जना पक्राउ

कैलालीबाट लागूऔषध र चोरी मुद्दामा फरार २ जना पक्राउ

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी। कैलालीबाट लागूऔषध र चोरी मुद्दामा फरार २ जना पक्राउ परेका छन्। लागूऔषध मुद्दामा २ महिना २७ दिन कैद सजाय तोकिएपछि फरार रहेका लम्कीचुहा नगरपालिका २ बस्ने २७ वर्षीय दिलिप ढकाल र चोरी मुद्दामा २ महिना ७ दिन कैद सजाय र दश हजार जरिवाना तोकिएको जानकी गाउँपालिका ९ बस्ने २१ वर्षीय जिवन चौधरी पक्राउ परेका छन्।...
१० यात्रु सवार विमान बेपत्ता

१० यात्रु सवार विमान बेपत्ता

Breaking News 2, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
वासिङटन । अमेरिकाको उत्तरपश्चिमी राज्य अलास्कामा बिहीबार १० यात्रु सवार एउटा सानो व्यावसायिक विमान बेपत्ता भएको छ । विमान दुर्घटना भएको आशंका गरिएको छ । अलास्का राज्य प्रहरीका अनुसार, नौ यात्रु र एक पाइलट सवार बेरिङ एयर क्याराभान स्थानीय समयानुसार अपराह्न ४ः०० बजे उनालाक्लिटबाट नोमतर्फ उडेको विमान बेपत्ता भएको हो । यी दुई सहर नोर्टन साउन्डमा एकार्काबाट लगभग १४६ माइल (२३५ किलोमिटर)को दूरीमा अवस्थित छन् । खोजी तथा उद्धारकर्ताले विमानको अन्तिम जानकारी प्राप्त गर्न काम गरिरहेका अधिकारीहरूले एक विज्ञप्तिमा बताएका छन् । हराएको उक्त विमान संयुक्त राज्य अमेरिकामा हालै भएको उड्डयन विपत्तिको पछिल्लो घटना हो । गएको जनवरी ३० मा राजधानी वासिङटनमा अमेरिकी सेनाको हेलिकोप्टरसँग यात्रुवाहक विमान ठोक्किँदा त्यसमा सवार सबै ६७ यात्रुको मृत्यु भएको थियो । फिलाडेल्फियाको व्यस्त इलाकामा अर्को एउटा मे...
कैलालीमा ट्याक्टरबाट खसेर महिलाको मृत्यु।

कैलालीमा ट्याक्टरबाट खसेर महिलाको मृत्यु।

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी। कैलालीमा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ। जोशीपुर गाउँपालिका–५ मैनपोखरी नहरमा ५० वर्षीय तेजबहादुर मौनीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००२ त ५२३२ नम्बरको ट्याक्टरबाट खसेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टबाट खसेर जोशीपुुरकै सिम्राना बस्ने ५८ वर्षीया रामपति थरुनीको मृत्यु भएको हो। बिहीवार साँझ ७ बजेतिर उनी ट्याक्टरबाट खसेर टायरमा च्याप्पिएकी थिइन्। उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज