अन्तर्राष्ट्रिय

खाडी राष्ट्रका नेताहरूसँग उच्चस्तरीय भेटघाट गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको तयारी

खाडी राष्ट्रका नेताहरूसँग उच्चस्तरीय भेटघाट गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको तयारी

Breaking News 2, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबको रियादमा गल्फ सहयोग परिषद् (जीसीसी) का सदस्य राष्ट्रका नेताहरूसँग भेटघाट गर्ने तयारी गर्नुभएको छ ।   यही ‘मे’ महिनामा ट्रम्पले खाडी राष्ट्रका नेताहरूसँग उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको साउदी सरकारले जनाएको छ ।   ‘मे’ १३ देखि १६ सम्म हुने यो भ्रमणमा राष्ट्रपति ट्रम्प साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स पुग्ने बीबीसीले जनाएको छ ।   यो भ्रमण उहाँको दोस्रो कार्यकालको पहिलो आधिकारिक विदेश भ्रमण हुनेछ । जीसीसीमा साउदी अरब, यूएई, बहराइन, कतार, कुवेत र ओमान समावेश छन् ।   बैठकको उद्देश्य राजनीतिक तथा आर्थिक सहकार्यलाई सुदृढ बनाउनु रहेको छ । यात्राको पूर्वसन्ध्यामा, अमेरिकी सरकारले साउदी अरबसँग साढे ३ अर्ब अमेरिकी डलर बराबरको मिसाइल बिक्री सम्झौता स्वीकृत गरेको छ ।   राष्ट्रपति ट्रम्पले ...
भारतले २६ वटा राफेल लडाकू विमान खरिद गर्न फ्रान्ससँग सम्झौता गर्‍याे

भारतले २६ वटा राफेल लडाकू विमान खरिद गर्न फ्रान्ससँग सम्झौता गर्‍याे

Breaking News 2, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
धनगढी। भारतले आफ्नो जलसेनाका लागि राफेल समुद्री लडाकू विमान खरिद गर्न फ्रान्ससँग सम्झौता गरेको छ । भारतले ६४ हजार कराेड भारु बराबरको २६ वटा लडाकु विमान खरिद गर्न आज फ्रान्ससँग सम्झौता गरेको भारतीय रक्षा मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।   यो खरिदलाई यस महिनाको शुरूमा प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको भारतको सुरक्षा मन्त्रिपरिषद्ले अनुमोदन गरेको थियो ।   भारतले आफ्नो सेनालाई आधुनिकीकरण गर्ने, रुसी उपकरणहरूमाथिको निर्भरता घटाउने र पाकिस्तान र चीनसँगको दुई विवादास्पद सीमाहरूमा तैनाथ सेनाहरूलाई आपूर्ति गर्न घरेलु हतियार उत्पादन बढाउने प्रयास गरिरहेका बेला यो सम्झौता भएको खबरमा उल्लेख छ ।   भारतीय जलसेनाले विगत एक दशकमा हिन्द महासागरमा चीनको बढ्दो उपस्थितिको बारेमा चिन्ता व्यक्त गर्दै आएको छ । राफेल–एमलाई विश्वको सबैभन्दा ...
डोमिनिकन रिपब्लिकमा नाइटक्लबकोे छत खस्दा ७९ जनाको मृत्यु

डोमिनिकन रिपब्लिकमा नाइटक्लबकोे छत खस्दा ७९ जनाको मृत्यु

Breaking News 2, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । डोमिनिकन रिपब्लिकको एक नाइटक्लबमा भवनको छत खस्दा ७९ जनाको मृत्यु भएको छ । सांगीतिक कार्यक्रम भइरहेको समयमा भवनको छत खस्दा ७९ जनाको मृत्यु भएको हो । १५५ जना घाइते भएका छन् । डोमिनिकन रिपब्लिकको राजधानी सान्तो दोमिंगोमा रहेको जेटसेट नाइटक्लबको छत झरेपछि भएको घटनाको भग्नवशेषमा अहिले पनि खोजी र उद्धार अभियान चलिरहेको डोमिनिकन रिपब्लिकको प्रहरीले जनाएको एबीसी न्युजले बताएको छ । प्रहरीका अनुसार घटना मंगलबार बिहान १२ः३४ बजे डोमिनिकन मेरेन्गे गायक रबी पेरेजको कार्यक्रमको बेला भएको हो । कार्यक्रम सुरु भएको केही सेकेन्डमै उक्त भवनको छत झरेको प्रहरीले बताएको छ । डोमिनिकन रिपब्लिकका गृह मन्त्रीले पूर्वमेजर लिग बेसबल खेलाडी ओक्टाभियो डोटेलको पनि घटनामा मृत्यु भएको छ ।...
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै

Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
बैङ्कक : प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै छन्। उनीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गर्ने रहेको छ। आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले स्वागत सम्बोधन गरेपछि कायसूचीहरु प्रस्तुत गरिनेछन्। तत्पश्चात् बङ्गलादेश, भुटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता)हरुबाट सम्बोधन हुनेछ। सम्बोधनपछि कार्यसूचीहरु पारित हुनेछन् भने आयोजक मुलुकका प्रधानमन्त्री शिनावात्ले पत्रकार सम्मेलन गर्नुहुने कार्यक्रम छ। सम्मेलनमा दिवाभोजपछि स्थानीय समयअनुसार अपराह्न ४ बजे प्रधानमन्त्री ओली र ...
हमासले इसराइललाई हस्तान्तरण गर्‍यो थप ४ बन्धकको शव

हमासले इसराइललाई हस्तान्तरण गर्‍यो थप ४ बन्धकको शव

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
हमासले इसराइललाई थप चार जना बन्धकको शव हस्तान्तरण गरेको छ। बिहिबार बिहान हमासले रेड क्रसमार्फत इसराइललाई हस्तान्तरण गरेको हो। यो पटक हमासले हस्तान्तरण गरेको चारै शव पुरूषको रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। ८५ वर्षका श्लोमो मन्त्जुर, ६९ वर्षका इज्हक इलगारत तथा ४९/४९ वर्षका त्साची इदान र ओहाद याहालोमी छन्। शव इसराइल पुर्‍याइएको र फरेन्सिक चेकजाँच भइरहेको टाइम्स अफ इसराइलले जनाएको छ। हमासले युद्धविराम सम्झौता कार्यान्वयन नगरेको भनेर इसराइलले गत साता बन्धकको बदलामा कैदीहरू छाडेन। अघिल्लो साता हमासले ६ जना बन्धक रिहा गरेको थियो। त्यसको बदलामा इसराइलले ६०२ जना प्यालेस्टिनी कैदी छाड्ने भनिएको थियो। तर पटकपटक युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएर इसराइलले त्यस दिन बन्दी रिहा गरेको थिएन। बिहीबार भने इसराइलले ६२० जना कैदी छाडेको समाचार संस्था रोयटर्सले जनाए...
भारतीय दूतावास घेरेर विद्यार्थीको प्रदर्शन

भारतीय दूतावास घेरेर विद्यार्थीको प्रदर्शन

Breaking News 1, अन्तर्राष्ट्रिय, आजको विशेष, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुरक्षा
काठमाडौं। भारतमा अध्ययनरत प्रकृति लम्सालको रहस्यमय मृत्युपछि कलेज प्रशासनले होस्टेलमा रहेका अन्य ७ सय बढी नेपाली विद्यार्थीमाथि भएको धरपकडविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वविय)० ले भारतको ओडिसास्थित छात्रावासमा नेपाली छात्रा प्रकृति लम्सालको निधनको घटनामा न्याय माग्दै लैनचौरस्थित भारतीय दूतावासअगाडि प्रदर्शन गरेको हो ।प्रदर्शनका क्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडालले नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूति गर्न भारत सरकारसमक्ष माग गरे ।आफूहरूले शान्तिपूर्ण प्रदर्शनमार्फत् उठाएका माग पूरा नगरे देशव्यापी दबाब सिर्जना गर्न बाध्य हुने उनले बताए । प्रकृति लम्सालको लागि न्याय माग्दै सामाजिक सञ्जालमा ह्यासट्यागसमेत चलाउने जानकारी बडालले दिएका छन् ।  ...
१० यात्रु सवार विमान बेपत्ता

१० यात्रु सवार विमान बेपत्ता

Breaking News 2, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
वासिङटन । अमेरिकाको उत्तरपश्चिमी राज्य अलास्कामा बिहीबार १० यात्रु सवार एउटा सानो व्यावसायिक विमान बेपत्ता भएको छ । विमान दुर्घटना भएको आशंका गरिएको छ । अलास्का राज्य प्रहरीका अनुसार, नौ यात्रु र एक पाइलट सवार बेरिङ एयर क्याराभान स्थानीय समयानुसार अपराह्न ४ः०० बजे उनालाक्लिटबाट नोमतर्फ उडेको विमान बेपत्ता भएको हो । यी दुई सहर नोर्टन साउन्डमा एकार्काबाट लगभग १४६ माइल (२३५ किलोमिटर)को दूरीमा अवस्थित छन् । खोजी तथा उद्धारकर्ताले विमानको अन्तिम जानकारी प्राप्त गर्न काम गरिरहेका अधिकारीहरूले एक विज्ञप्तिमा बताएका छन् । हराएको उक्त विमान संयुक्त राज्य अमेरिकामा हालै भएको उड्डयन विपत्तिको पछिल्लो घटना हो । गएको जनवरी ३० मा राजधानी वासिङटनमा अमेरिकी सेनाको हेलिकोप्टरसँग यात्रुवाहक विमान ठोक्किँदा त्यसमा सवार सबै ६७ यात्रुको मृत्यु भएको थियो । फिलाडेल्फियाको व्यस्त इलाकामा अर्को एउटा मे...
कर्मचारी कटौती गर्दै ट्रम्प, १ साताभित्र स्वेच्छाले जागिर छाडे ८ महिनाको तलब दिइने

कर्मचारी कटौती गर्दै ट्रम्प, १ साताभित्र स्वेच्छाले जागिर छाडे ८ महिनाको तलब दिइने

Breaking News 2, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर्मचारी कटौती गर्न थालेका छन् । ट्रम्प प्रशासनले संघीय कर्मचारीहरूलाई स्वेच्छाले जागिर छाड्न एक हप्ताको समय दिएको छ । लाखौँ कर्मचारीलाई पठाइएको इमेलमा फेब्रुअरी ६ सम्म ९एक साता० को समय दिएर जागिर छाड्ने कर्मचारीलाई आठ महिनाको अतिरिक्त तलब दिइने भनिएको छ । अर्थात्, उनीहरूले अबको एक साताभित्र स्वेच्छाले जागिर छाडे आगामी सेप्टेम्बर ३० सम्मको तलब सुविधा पाउनेछन् । सरकारी तथ्यांक अनुसार, संघीय कर्मचारीको संख्या ३० लाखभन्दा बढी छ । प्यू रिसर्चका अनुसार, संघीय कर्मचारीको औसत कार्यकाल १२ वर्ष हुन्छ । समाचार एजेन्सी एपीका अनुसार, भेटेरेन्स अफेयर्स डिपार्टमेन्टमा काम गर्ने स्वास्थ्यकर्मी, घर वा व्यवसायका लागि ऋण प्रशोधनका काम गर्ने अधिकारी र सेनाका लागि हतियार खरिद गर्ने ठेकेदारहरू निकालिन सक्नेछन् । खाद्यान्न र पानी आपूर्तिको अनुसन्धान गर्ने ...
अमेरिकाको लसएन्जलसमा फेरि फैलियो डढेलो

अमेरिकाको लसएन्जलसमा फेरि फैलियो डढेलो

Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
१० माघ, काठमाडौं । अमेरिकाको लसएन्जलस क्षेत्रमा डढेलोले फेरि पनि उग्ररुप लिएको छ । आगोको जोखिम क्षेत्रमा रहेका हजारौं व्यक्तिहरुलाई फेरि पनि सुरक्षित स्थानमा सारिएको छ । अहिले आगो लागेको कास्टिक तलाउ नजिकको पहाडी क्षेत्रमा हो । यसको नजिकमा धनीहरुको बस्ती र स्कुलहरु छन् । यो डढेलोले ८ हजार एकड भन्दा धेरै क्षेत्र जलाइसकेको छ । तीव्र हावा र सुख्खा झाडीका कारण डढेलो फैलिन मद्दत पुगिरहेको छ । यद्यपि यो डढेलोले अहिलेसम्म कुनै पनि घर वा संरचनामा क्षति पुगेको छैन । तर १९ हजार व्यक्तिले आफ्नो घर छाडेर भाग्नुपरेको छ । अमेरिकाको क्यालिफोर्निया राज्यमा पर्ने लसएन्जलस क्षेत्रको आगो निभाउन टोली परिचालन गरिएको छ । यसअघि पनि लसएन्जलस क्षेत्रको प्यासिफिक प्यालिसेड्स क्षेत्रबाट डढेलो फैलिएको थियो । यो डढेलोले लसएन्जलसको शहरी क्षेत्रको ठूलो हिस्सा सखाप पारेको थियो । डढेलोको चपेटामा परेर २५ जनाको म...
भारतमा रेल दुर्घटना, दर्जन बढि नेपालीको मृत्यु

भारतमा रेल दुर्घटना, दर्जन बढि नेपालीको मृत्यु

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भारत । भारतमा पुष्पक एक्सप्रेसको रेल दुर्घटनामा परेको छ । बुधबार लखनउबाट मुम्बई जाँदै गरेको रेल दुर्घटना भएको हो । पधाडे रेलवे स्टेशनमा पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएपछि यात्रुहरु ज्यान जोगाउन ट्रेनबाट हाम फालेका थिए । सोही क्रममा केहीको मृत्यु भएको थियो भने केहीलाई अर्को ट्रयाकबाट आइहेको कर्नाटक एक्सप्रेसले किचेर मृत्यु भएको बताइएको छ । महाराष्ट्रको जलगाउँमा भएको उक्त दुर्घटनामा परेर हालसम्म दर्जन बढि नेपालीको मृत्यु भएको बताइएको छ । हाल मृतकको शव जलगाउँको रेलवेस्टेसनमा राखिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज