सुदूरपश्चिम

कैलालीमा प्रहरीले थाल्यो गाडामा स्टिकर टाँस्ने अभियान

कैलालीमा प्रहरीले थाल्यो गाडामा स्टिकर टाँस्ने अभियान

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । कैलालीमा गोरु गाडा (डल्लप)लगायत सवारी साधनमा ठोक्किएर सडक दुर्घटना बढेपछि ट्राफिक प्रहरीले रिफ्लेक्ट स्टिकर टाँस्ने अभियान थालेको छ । हिउँदको समयमा लाग्ने कुहिरोले हुने कम भिजिबिलिटीबाट हुने दुर्घटना जोखिम न्यूनीकरण गर्न प्रहरीले सवारी साधनमा रिफ्लेक्ट स्टिकर टाँस्ने अभियान थालेको हो । प्रहरीले सडक सुरक्षा कार्यक्रम अन्तरगत अस्थायी ट्राफिक प्रहरी पोस्ट हसुलिया र सत्तीमार्फत ग्रामीण भेगमा स्टिकर टाँस्ने अभियान थालेको हो । अस्थायी ट्राफिक प्रहरी पोस्ट हसुलियाका प्रहरी सहायक हवल्दार जगदिश बोहराले ग्रामीण भेगमा डल्लपलगायत सवारी साधनहरूमा ठोक्किएर हुने दुर्घटना बढेपछि अभियान थालेको बताए । अभियानलाई गाउँ गाउँमा पुर्‍याउने उनको भनाइ छ । गाउँघरमा अधिकांश सडक दुर्घटना गोरु गाडामा अन्य सवारी साधन ठोक्किएर हुने बताउँदै उनले एक महिना अगाडि मात्रै रातिको समयमा मोटरसाइकलले गोरु गाडाम...
पोखराको सेती ड्यामबाट खसेर धनगढीका एक विद्यार्थीको मृत्यु

पोखराको सेती ड्यामबाट खसेर धनगढीका एक विद्यार्थीको मृत्यु

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । पोखरामा सेती ड्यामबाट खसेर धनगढीका एक विद्यार्थीको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१६ दिपहाउजिङ नजिकै रहेको सेती नदीको ड्यामबाट खसेर २१ वर्षीय संगम पौडेलको मृत्यु भएको हो। धनगढी स्थायी घर भई पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस (डब्लूआरसी) लामाचौरमा अध्ययनरत २१ वर्षीय पौडेल क्याम्पस नजिकै पोखरा–१९ लामाचौरमा डेरा गरी बस्दै आएको बताइन्छ। बुधवार साँझ ७ बजेर २० मिनेटमा सेतीको ड्याममा मान्छे खसेको सूचना आएपछि सशस्त्र प्रहरी बल, कालीका गण कास्कीबाट उद्धार टोली खटिएको गणका सूचना अधिकारी डीएसपी राजनलाल श्रेष्ठले बताएका छन। चार जना गोताखोरसहित ९ जनाको विशेष विपद् व्यवस्थापन टोलीले उनको शव निकाली पोस्टमार्टमका लागि मनिपाल शिक्षण अस्पताल लगिएको छ। सशस्त्रले २० मिनेटमै नदीबाट शव निकालेर अस्पताल पु¥याएको थियो।...
सिकलसेलकाे औषधि निशुल्क वितरण गर्ने सरकारकाे तयारी

सिकलसेलकाे औषधि निशुल्क वितरण गर्ने सरकारकाे तयारी

Breaking News 1, ताजा अपडेट, सुदूरपश्चिम, स्वस्थ्य
धनगढी । थारू समुदायमा खेखिने सिकलसेल एनिमिया राेगकाे ओैषधि नेपाल सरकारले निशुल्क वितरण गर्ने तयारी गरेकाे छ । भारत सरकार संगकाे सहयाेगमा सरकारले सिकल सेलका बिरामीलाई निशुल्क ओैषधि वितरणकाे तयारी थालेकाे स्वनस्थ्य तथा जनसंख्या मन्ती प्रदीप पाैडेकाे भनाई छ । मन्त्री पाैडेलका अनुसार विश्वस्वास्थ्य संगठनको सहयोगामा भारतबाट औषधी ल्याउने सम्झौता भइसकेकाले सिकलसेलका विरामीलाई छिट्टै निशुल्क औषधी वितरण गरिने छ । ओैषधि निशुल्क वितरण गरेपछि विरामिलाई सहज अपेक्षा गरिएकाे मन्त्री पाैडेलकाे भनाई छ । सिकलसेल राेग जटिल प्रकृतिकाे भएका कारण सरकारले राेगिकाे उपचारका लागि देशभर छुट्टै व्यवस्था गर्न थालेकाे मन्त्री पाैडेलकाे भनाई छ । मन्त्री पौडेलले सेती प्रादेशिक अस्पतालमा पनि सिकलसेल एनिमिया रोगको उपचारका लागि छुट्टै वार्ड निर्माण गर्न निर्देशन दिएकन छन् । ५ देखि १० वेड सम्मको छुट्टै वार्ड निर्म...
डोटीमा ड्युटी गर्दागर्दै बेहास भएर ढलेका एक जना प्रहरी सहायक हवल्दारको मृत्यु

डोटीमा ड्युटी गर्दागर्दै बेहास भएर ढलेका एक जना प्रहरी सहायक हवल्दारको मृत्यु

आजको विशेष, समाचार, सुदूरपश्चिम
डोटी । डोटीमा ड्युटी गर्दागर्दै बेहास भएर ढलेका एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। डडेल्धुराको भागेश्वर गाउँपालिका–५ घर भएका ३६ वर्षीय प्रहरी सहायक हवल्दार बहादुरसिंह पालीको मृत्यु भएको हो। बुधबार बिहान तीन बजेतिर उनी इलाका प्रहरी कार्यालय बिपिनगरमा कार्यालयको ड्युटीमा खटिएका थिए। उनलाई बिहान ३ देखि ६ बजेको ड्युटीमा खटाएको थियो। ड्युटीमा रहेका उनी एक्कासि छाती दुख्यो भन्दै बेहोस भएका थिए। सोही स्थानमा रहेको बिपिनगर पोलिक्लिनकमा सामान्य चेकजाँचपछि थप उपचारका लागि पोलिक्लिनिकले बिहान ४ बजे सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरेको थियो। अस्पतालमा उपचारका क्रममा बिहान ६ः३२ बजे सेती प्रादेशिक अस्पतालमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भीमलाल भट्टराईले बताए। मृतकका परिवारमा श्रीमती र १५ वर्षकी छोरी छन्।...
डडेल्धुरामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु

डडेल्धुरामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु

समाचार, सुदूरपश्चिम
डडेल्धुरा । पोखरीमा डुबेर डडेल्धुरामा एक बालिकाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका – २ कालापानी गाँउका गणेश मालीका २ वर्ष ५ महिनाकी छोरी रिया मालीको पोखरीमा डुबेर मृत्यु भएको हो घर नजिकै सिँचाईको लागि बनाएको पोखरीमा डुबेर घाईते भएकी बालिकाको उपचारको लागि डडेल्धुरा अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।...
दार्चुलामा ४० जना अट्ने कारागारमा छन् ८५ जना, व्यवस्थापन जटिल

दार्चुलामा ४० जना अट्ने कारागारमा छन् ८५ जना, व्यवस्थापन जटिल

Breaking News 1, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
दार्चुला । जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । ‘घ’ श्रेणीको कारागारको २५ पुरुष र १५ महिला राख्ने क्षमता रहेकामा हाल ८५ जनालाई राखिएको जनाइएको छ । यसबाट कैदीबन्दीले पाउनुपर्ने आधारभूत सुबिधा उपलब्ध गराउन समस्या देखिएको कारागार प्रशासनले जनाएको छ । जिल्ला कारागारका जेलर केशवराज अवस्थीका अनुसार विसं २०४२ मा बनेको कारागारमा ५४ कैदी तथा ३१ थुनुवा छन् । जबर्जस्ती करणीको अभियोग लागेका एक जना विदेशी पनि कारागारमा रहेका छन् । उनले भने, “थुनुवाको सङ्ख्या बढ्दा व्यवस्थापन जटिल बनेको छ । ढिलो मुद्दाको पैmसलाका कारण थुनुवा बढेका छन् ।” जिल्ला बाहिरबाट समेत कैदीबन्दी ठाउँसारी गरेर ल्याइएको छ ।...
डोटीको जंगलमा एक महिलाको शव सडेको अवस्थामा फेला

डोटीको जंगलमा एक महिलाको शव सडेको अवस्थामा फेला

समाचार, सुदूरपश्चिम
धनगढी । डोटीको जङ्गलमा एक महिलाको शव सडेको अवस्थामा फेला परेको छ । केआईसिंह गाउँपालिका-६ लामाडाडास्थित जङ्गलमा महिलाको शव फेला परेको हो । प्रहरीका अनुसार ती महिलाको शव मङ्गलबार जङ्गलको खोला दोभानमा दुई ढुङ्गाको बिचमा सडेको अवस्थामा फेला परेको र महिलाको परिचय भने नखुलेको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भीमलाल भट्टराईले बताए । उनले शव कङ्कालको रूपमा भेटिएको र कपडा, कपाल, चुँडी लगायतका पहिरनले महिलाको भएको पहिचान गरिएको बताए । शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।    ...
सुदूरपश्चिमका १६६ सडककाे गुरु यनेजना तयार

सुदूरपश्चिमका १६६ सडककाे गुरु यनेजना तयार

Breaking News 1, सुदूरपश्चिम
धनगढी । सडक सञ्जाल संग नजाेडिएका स्थानीय पालिका सम्म सडक पुर्याउने, सडककाे स्तरउन्नति गर्दै ग्रामिण क्षेत्रमा सडक सञ्जालकाे विकास गर्ने उद्देश्यका साथ सुदूरपश्चिम प्रदेश सरकारले सडक सञ्जाल गुरूयाेजना तयार गरेकाे छ । आर्थिक बर्ष २०७७/०७८ देखि निर्माण थालिएको गुरुयोजना निर्माण कार्यलाई अन्तिम रुप दिने तयारी भइरहेको यातायात पूर्वाधार निर्देशनालय डोटीले जनाएको छ । प्रदेश यातायात पूर्वाधार निर्देशन जगत प्रसाद जोशीका अनुसार १ सय ६६ सडकलाई लोकमार्ग, सहायक लोकमार्ग र विशेष प्रकृतिका सडककारुपमा पहिचान गरी गुरुयोजनामा समावेस गरिएको छन् । जाेशीका अनुसार सडकको लम्बाई करिव ५ हजवार किलो मिटर रहेको छ । तर गुरु यनेजना पारित हुदा केही तलमाथि हुन सक्ने उनी बताउछन् । ´माेटामाेटि खाका लगभग तयार भएकाे छ, जाेशीले भने, ´मन्त्री परिषद बैठकबाट स्वीकृत हुन अघि सांसद ज्युले अध्ययन गरिरहनु भएका कारण गुरु याेजनाका म...
शिल्यान्यास गरेको पाँच वर्ष बितिसक्दा पनि दार्चुलाका तीन अस्पताल भवन सुस्तगतिमा निर्माण हुँदै

शिल्यान्यास गरेको पाँच वर्ष बितिसक्दा पनि दार्चुलाका तीन अस्पताल भवन सुस्तगतिमा निर्माण हुँदै

Breaking News 1, समाचार, सुदूरपश्चिम
दार्चुला । शिल्यान्यास गरेको पाँच वर्ष बितिसक्दा पनि जिल्लाका तीन स्थानमा निर्माण गरिने अस्पताल भवनको काम ठप्पप्रायः भएको छ । विसं २०७७ मङ्सिर १५ गते सरकारले दार्चुलाका विभिन्न सात स्थानमा आधारभूत स्वास्थ्य अस्पताल निर्माणको शिल्यान्यास गरेको थियो । अस्पताल भवन निर्माण नहुँदा, लेकम, दुहुँ र अपि हिमाल गाविसका बासिन्दा बिरामी हुँदा छिमेकी पालिकाका अस्पताल, जिल्ला अस्पताल, भारतीय अस्पताल तथा धनगढी र काठमाडौँसम्म पुग्नुपर्ने बाध्यता छ । अस्पताल भवन समयमै निर्माण नहुँदा साधारण सेवाको लागि बाहिर जानुपर्ने बाध्यता रहेको लेकमका स्थानीय ललितसिंह खत्री बताउछन् । लेकम गाउँपालिकामा आर्थिक वर्ष २०७७/७८ मा जगदम्बायमुना जेभीले ठेक्का पाएको १० शैय्या अस्पताल अस्पताल भवन निर्माण भर्खर सुरु भएको छ । कूल सात करोड लागतमा ठेक्का सम्झौता भएको अस्पताल निर्माणको लागि दुई पटक म्याद थप गरेपछि निर्माण अघि बढेको ल...
कैलालीको धनगढीमा एक युवती बलत्कृत

कैलालीको धनगढीमा एक युवती बलत्कृत

Breaking News 1, समाचार, सुदूरपश्चिम
धनगढी । कैलालीको धनगढीमा एक युवती बलत्कारको सिकार बनेकी छिन । धनगढीको जाखोर तालको जंगलमा धनगढी उपमहानगरपालिका – १८ की एक युवती पटक–पटक बलात्कार सिकार बनेकी हुन । युवतीले जिल्ला प्रहरी कार्यालय कैलालीमा बलात्कृत भएको उजुरी दिएपछि प्रहरीले आरोपित गौरीगंगा नगरपालिकाको बनबेहडाका २७ वर्षीय अशोक भनिने हरिराम चौधरीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)  कबिन्द्रसिंह बोहराले युवतीले धनगढीको जाखोर तालको जंगलमा युवकले पटक–पटक बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएको बताए । उनले सोही आधारमा आरोपीतलाई पक्राउ गरिएको बताए । पीडितले आफूमाथि बैशाखदेखि भदौसम्म बलात्कार भएको दाबी गरेकी छन् ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज