आजको विशेष

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

Breaking News 2, आजको विशेष, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ४०० रुपैयाँ घटेर एक लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ घटेर एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।...
थारू बस्तीमा बढ्यो माघीको रौनक

थारू बस्तीमा बढ्यो माघीको रौनक

आजको विशेष, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर । थारु कलाकार समु चौधरी यतिबेला दुना/टपरी बनाउनेदेखि घरको लिपपोत गर्ने काममा व्यस्त छिन् । थारु समुदायको प्रमुख चाड नजिकिँदै छ । त्यही भएर उनको व्यस्तता पनि बढेको हो । भीमदत्त नगरपालिका–१ राजीपुरमा बस्ने उनले जंगलबाट सालका पात ल्याउने, घरको लिपपोत गर्ने, अनदीको झोल (जाँड) बनाउने काम गरिसकेकी छिन् । कुटानी पिसानीको काम पनि गरिसकेकी छिन् । अहिले तराईमा शीतलहर चलिरहेको छ । घरबाहिर निस्कन नसकिने अवस्था छ । तर पनि थारु समुदायका महिला र पुरुषहरू यतिबेला धुमधामका साथ माघीको तयारीमा लागेका छन् । घरमै बसेर दुना–टपरी बनाउने, अनदीको झोल बनाउनेलगायतका विभिन्न काम भइरहेका छन् । ‘घर लिपपोत र जार (जाँड) बनाउने काम सकिएको छ, कुटानी पिसानी पनि भइसकेको छ,’ समुले भनिन्, ‘जंगलबाट सालका पात पनि ल्याइसकेका छौं, अहिले दुना–टपरी बनाइरहेका छौं ।’ उनका अनुसार माघी सुरु हुनुभन्दा एक महिना पहिलेदेखि अनदीक...
डोटीमा ड्युटी गर्दागर्दै बेहास भएर ढलेका एक जना प्रहरी सहायक हवल्दारको मृत्यु

डोटीमा ड्युटी गर्दागर्दै बेहास भएर ढलेका एक जना प्रहरी सहायक हवल्दारको मृत्यु

आजको विशेष, समाचार, सुदूरपश्चिम
डोटी । डोटीमा ड्युटी गर्दागर्दै बेहास भएर ढलेका एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। डडेल्धुराको भागेश्वर गाउँपालिका–५ घर भएका ३६ वर्षीय प्रहरी सहायक हवल्दार बहादुरसिंह पालीको मृत्यु भएको हो। बुधबार बिहान तीन बजेतिर उनी इलाका प्रहरी कार्यालय बिपिनगरमा कार्यालयको ड्युटीमा खटिएका थिए। उनलाई बिहान ३ देखि ६ बजेको ड्युटीमा खटाएको थियो। ड्युटीमा रहेका उनी एक्कासि छाती दुख्यो भन्दै बेहोस भएका थिए। सोही स्थानमा रहेको बिपिनगर पोलिक्लिनकमा सामान्य चेकजाँचपछि थप उपचारका लागि पोलिक्लिनिकले बिहान ४ बजे सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरेको थियो। अस्पतालमा उपचारका क्रममा बिहान ६ः३२ बजे सेती प्रादेशिक अस्पतालमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भीमलाल भट्टराईले बताए। मृतकका परिवारमा श्रीमती र १५ वर्षकी छोरी छन्।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज