
गौरीशंकर उपनिर्वाचनको बृहत भेला सम्पन्न, पालिकामै बसेर सेवा गर्ने उम्मेदवार शेर्पाको प्रतिबद्धता
काठमाडौं । गौरीशंकर गाउँपालिकामा मंसिर १६ गते हुने उप–निर्वाचन नेकपा एमालेको बृहत भेला काठमाडौमा सम्पन्न भएको छ । नेकपा एमाले गौरीशंकर–काठमाडौं पालिका सम्पर्क मञ्चको आयोजनामा गौरीशंकरका स्थायी मतदाता र उम्मेदवार बीच परिचय र भेटघाट गर्ने उद्धेश्यले बृहत आयोजना गरेको हो ।
कार्यक्रममा नेकपा एमालेको तर्फबाट गौरीशंकर गाउपालिकामा उपाध्यक्ष पदका उम्मेदवार उमा लुङ्गेली मगर शेर्पाले काठमाडौंमा वसोवास गर्ने गौरीशंकरका मतदाताहरुसंग भेटघाट गरी उम्मेदवारबारे छलफल गरी विजयी गराउन आह्वान गर्नु भएको छ । उहाँले गौरीशंकरवासी बीच आयोजना गरेको बृहत भेलालाई सम्वोधन गर्नुहुदै जितपछि आफु निरन्तर पालिकामै वसेर सेवामा लागि रहने संकल्प गर्नुभयो ।
उहाँले हालका जनप्रतिनिधीहरु कार्यलयमा नवस्ने र नागरिकलाई दुःख दिने गुनासो रहेको र आफु उपाध्यक्षमा निर्वाचित भए पछि सुख दुःख जुनसुकै वेला सहज तरिकाले आफुलाई भेट्न सकि...