
एमालेले गौरीशंकरमा उपनिर्वाचनका लागि उमालाई उम्मेदवार बनाउने
दोलखा । नेकपा एमालेले गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमा लुङ्गेली मगर शेर्पालाई उम्मेदवार घोषणा गरेको छ । नेकपा एमाले गौरीशंकर पालिका पार्टी कमिटिको बुधबार बसेको बैठकले उपनिर्वाचनमा मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पालिकामा उपनिर्वाचनका लागि उम्मदवारी दिएकी शेर्पा गौरीशंकर–७ सिम्पाश्वर मार्बुका उद्यामी एवं समाजसेवि महिला हुन् । उनी लामो समयदेखि विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भई समाजसेवा र व्यवसायमा संलग्न रहेकी छिन् ।
गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातका कारण २०८० साल असार ३१ गते उपचारका क्रममा निधान भएको थियो । उक्त रिक्त रहेको पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।
एमाले गौरीशंकर पालिका पार्टी कमिटीको बुधबार बसेको बैठकले आगामी मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि शेर्पाको नाम टुंगो लगाएको नेकपा एमाले दोलखाका सचिवाल...