Day: २०८१ कार्तिक २०, मंगलवार

रास्वपा सभापति लामिछानेलाई १० दिन थप हिरासतमा राख्न अदालतको आदेश

रास्वपा सभापति लामिछानेलाई १० दिन थप हिरासतमा राख्न अदालतको आदेश

Breaking News 1, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । रास्वपा सभापति लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतले मंगलबार अनुमति दिएको हो । कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई पहिलो पटक कात्तिक ४ गते पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । दोस्रोपटक सात दिन म्याद थप भएकोमा तिहार बिदा परेकाले मङ्गलबारमात्र लामिछानेलाई अदालत लगिएको थियो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेसहित चार जनालाई थप १० दिन म्याद थप गरेको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।  गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा कास्कीको सूर्यदर्शन सहकारीबाट अवैध रुपमा रकम लगी हिनामिना भएको आरोप छ । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने...
ज्यान मार्ने उद्योगमा गण्डकीका पूर्वमन्त्री मनाङेलाई सर्वोच्चद्धारा दोषी ठहर

ज्यान मार्ने उद्योगमा गण्डकीका पूर्वमन्त्री मनाङेलाई सर्वोच्चद्धारा दोषी ठहर

Breaking News 1, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार, राजनीति, समाचार
काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) लाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । उच्च अदालत पाटनबाट भएको फैसलालाई सर्वोच्चका न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले सदर गरिदिएको हो । अर्का गुण्डा नाइने चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा मनाङे दोषी ठहर भएका हुन् । उच्च अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि उच्चको उक्त फैसलालाई सदर गर्दै पाँच वर्ष कैद सजाय कायम गरेको हो । यो विवादमा उनी २०७५ साल पुसमा थुनामा समेत बसेका थिए । उनी विरुद्ध सर्वोच्च अदालतमा २०७५ फागुन ३ गतेदेखि मुद्धा चलेको थियो । उनले थुनाबाटै पुनरावेदन गरेपछि सर्वोच्च अदालतले २०७५ साल पुस २६ गते धरौटी राखेर उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज