गण्डकी

काठमाडौंमा बिहानैदेखि सार्वजनिक यातायात नचल्दा सर्वसाधारणलाई सास्ती

काठमाडौंमा बिहानैदेखि सार्वजनिक यातायात नचल्दा सर्वसाधारणलाई सास्ती

Breaking News 2, आजको विशेष, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार, सुरक्षा
यातायात व्यवसायीहरूले विभिन्न माग राखेर आजदेखि काठमाडौं उपत्यकासहित देशभरि यातायात बन्द गरेका छन्। यातायात व्यवसायीहरूको आह्वानमा सोमबार बिहानैदेखि काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायातका साधनहरू ठप्पप्रायः छ। एकाध ठाउँमा एक/दुईवटा गाडी चलेको देखिन्छ। बिहानैदेखि सार्वजनिक यातायात नचल्दा सर्वसाधारणहरूले सास्तो ब्यहोर्नुपरेको छ। कलेज पढ्ने व‍िद्यार्थी, बिहानै काममा जाने मानिसहरू बस बिसौनीमा सार्वजनिक यातायात कुरेर बसेको देखिन्छन्। यातायात बन्द भएपछि केही मानिसहरू हिँडेरै गन्तव्यसम्म जाँदै गरेको दृश्य पनि सडकमा देखिन्छ।  ...
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

Breaking News 2, कर्णाली, गण्डकी, ताजा अपडेट, बागमती, लुम्बिनी, समाचार, सुदूरपश्चिम
काठमाडौं । देशका विभिन्न भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । तराईका थोरै स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार दिउँसो मधेसबाहेक बाँकी ६ वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव बढी रहेको मौसमविद् सञ्जिव अधिकारी बताउँछन् । “लुम्बिनी र गण्डकीमा पनि यसको प्रभाव छ । तर, सुदूरपश्चिम र कर्णालीको जति छैन,” मौसमविद् अधिकारीले बाह्रखरीसँग भने, “वाग्मतीदेखि को...
पोखरा भ्रमण वर्षको उद्घाटन गर्दा बेलुन पड्किएर अर्थमन्त्री र मेयर घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो

पोखरा भ्रमण वर्षको उद्घाटन गर्दा बेलुन पड्किएर अर्थमन्त्री र मेयर घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो

Breaking News 1, गण्डकी, ताजा अपडेट, राजनीति, समाचार
पोखरा। पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर आगो लाग्दा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन्। शनिबारदेखि सुरू भएको भ्रमण वर्षको उद्घाटन बेलुन उडाएर गर्ने तय भएको थियो। त्यसका लागि अर्थमन्त्री पौडेल र मेयर आचार्य बेलुन उडाउन तयार हुँदै गर्दा अकास्मात बेलुन पड्किएको थियो। हाइड्रोजन ग्यास भरिएको उक्त बेलुन पड्किँएर आगो लागेको थियो। उद्घाटनका क्रममा भएको उक्त दुर्घटनामा परी मन्त्री पौडेल र मेयर आचार्य घाइते भएको अर्थमन्त्रीका स्वकीय सचिव यम पाण्डेले जानकारी दिए। बेलुन पड्किएपछि तत्काल उपप्रधान एवं अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई गण्डकी अस्पताल लगिएको थियो। गण्डकी अस्पतालबाट थप उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। पौडेललाई सिम्रीक एयरको हेलिकप्टरबाट काठमाण्डौ लगिएको हो। घटनाबारे अनुसन्धान भइरह...
तनहुँमा मोटरसाइकल खस्दा दुईजनाको मृत्यु

तनहुँमा मोटरसाइकल खस्दा दुईजनाको मृत्यु

गण्डकी, ताजा अपडेट, समाचार
दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खस्दा त्यसमा सवार दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो । मृत्यु हुनेको पहिचान खुल्न बॉकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । “हुस्सु लागेका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देखिएको छ,” उनले भने ।...

पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुनभर स्क्रिनिङ अभियान

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार, बागमती, मधेस प्रदेश, लुम्बिनी, सुदूरपश्चिम, स्वस्थ्य
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुनभर स्क्रिनिङ अभियान सञ्चालन गर्ने स्वास्थ्यमन्त्री प्रदिप पाैडेलले बताउनु भयाे।   नेपालमा महिलाको प्रमुख स्वास्थ्य समस्याका रुपमा देखिएको पाठेघरको मुखको क्यान्सरबाट महिला दिदीबहिनीको ज्यान बचाउने उद्देश्यले फागुन महिनाभर परीक्षण अभियान सञ्चालन गर्ने निर्णय स्वास्थ्य मन्त्रालयले  गरेकाे हाे ।   देशमा हरेक दिन ४ जनाको ज्यान लिने गरेको यस समस्यासँग जुध्नका लागि  देशैभर  दुई लाख ५० हजारको परीक्षण गर्ने लक्ष्य राखेका  स्वास्थ्यमन्त्री प्रदिप पाैडेलले बताए।   यसबाहेक माघ २२ गतेबाट दुई सातासम्म किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबिरुद्ध निःशुल्क खोप अभियानसमेत सञ्चालन हुँदैछ ।   पाठेघरसम्बन्धी जानकारीकाे लागि  याे समाचार पनि हेर्नुहाेला:-   https://darpannepal.com/?p=5023    क्यान्सर जटिल बन्नुपूर्व नै हुने ...
पाठेघर (गर्भाशय) को समस्याकारण र राेकथामकाे उपाय

पाठेघर (गर्भाशय) को समस्याकारण र राेकथामकाे उपाय

Breaking News 1, Breaking News 2, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार, बागमती, मधेस प्रदेश, लुम्बिनी, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वस्थ्य
  पाठेघर (गर्भाशय) को समस्या भनेको महिलाको पाठेघरमा हुने विभिन्न स्वास्थ्य समस्या वा रोगहरूको समूह हो। यी समस्याहरू हल्का र गम्भीर दुबै हुन सक्छन्। यहाँ पाठेघरसँग सम्बन्धित केही सामान्य समस्या, तिनका कारण, र रोकथामका उपायबारे जानकारी दिइएको छ। पाठेघरका सामान्य समस्या   1. पाठेघरको संक्रमण (UTI, PID) संक्रमणले पाठेघर र ट्युबहरूलाई असर गर्छ। लक्षण: पेट दुख्ने, महिनावारी अनियमित, ज्वरो, असामान्य स्राव। 2. फाइब्रॉइड (Fibroids)   पाठेघरको भित्तामा हुने गैर-क्यान्सर ट्युमर।   लक्षण: अत्यधिक रक्तस्राव, पेटको भारीपन।   3. एन्डोमेट्रियोसिस (Endometriosis)   पाठेघरको भित्री टिश्यु पाठेघर बाहिर बढ्ने।   लक्षण: महिनावारीको समयमा धेरै दुखाइ।   4. पाठेघरको क्यान्सर   पाठेघरको मुख वा शरीरमा हुने क्यान्सर।   लक्षण: महिनावारी बाहेक ...
जनतालाई अहोरात्र सुरक्षाको प्रत्याभुति दिलाउने :-आईजीपी बसन्त कुँवर

जनतालाई अहोरात्र सुरक्षाको प्रत्याभुति दिलाउने :-आईजीपी बसन्त कुँवर

Breaking News 2, गण्डकी, प्रदेश समाचार, सुरक्षा
  आइजीपी बसन्त कुँवरद्वारा वडा प्रहरी कार्यालय बैदामको नव निर्मित भवन उद्‍घाटन   वडा प्रहरी कार्यालय बैदाम कास्कीको नव निर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।   नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त कुवँरको प्रमुख आतिथ्यतमा भवन उद्घाटन समारोह सम्पन्न भएकाे हाे ।   प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवँरले भवन उद्घाटन पश्चात उद्घाटन समारोहलाई सम्बोधन गर्दै सबैको सद्भाव र सहयोगले निर्माण सम्पन्न भौतिक पुर्वाधारहरुको प्रयोग गरी नेपाल प्रहरीले जनतालाई अहोरात्र सुरक्षाको प्रत्याभुति दिलाउनेमा कुनै दुईमत नभएको बताए ।   भवन निर्माण कार्यमा सहयोग गर्ने, जग्गा प्राप्त गर्न सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान पत्र प्रदान गर्नु भएको थियो भने सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई समाजमा रहेका अराजकता, अवान्छित तथा आपराधिक गतिविधिहरुलाई नियन्त्...
 तिलु शर्माको “फ्याट्ट पोईल” सार्वजनिक

 तिलु शर्माको “फ्याट्ट पोईल” सार्वजनिक

गण्डकी, भिडियो, मनोरञ्जन
  तिलु शर्माको "फ्याट्ट पोईल" बोलको गीत सार्वजनिक भएको छ। गीतमा माया पिरतीका कुराहरुलाई भिडियाे मार्फत गीतको भाब व्यक्त गरेका छन्।   पछिल्लो समय एक पछि नेपाली सांगीतिक बजारमा एक पछि अर्को गरि लगातार गीतहरु आइरहेका छन्। यसैक्रममा तिलु शर्माको “फ्याट्ट पोईल” बोलको गीत सार्वजनिक भएको छ।   भिडियाे यँहा हेर्नुहाेला :- https://youtu.be/BpocBqGXFG8?si=M0hgTYm0qS9Dg1sh प्रवेश पौडेलको शब्द/संगीत रहेको”फ्याट्ट पोईल” बोलको गीतमा चर्चित गायिका अश्मिता डल्लाकोटी र प्रवेश पौडेलको सुमधुर आवाज रहेको छ भने स्मारिका ढकाल, सुरेश कोहली, सम्झना थापा ,सरोज प्रजा, शक्ति कुमार गोदार, अश्मिता डल्लाकोटी र धुर्ब सुबेदी फिचरमा छन्।   प्रविन थापाको निर्देशन/कोरियोग्राफी नवराज उप्रेतीको छयांकन र अमृत चापागाईंको सम्पादन रहेको गित यती बेला व्यापक चर्चा छ।  ...
एमालेले उपनिर्वाचन लक्षित काठमाडौंमा बृहत भेला गर्दै

एमालेले उपनिर्वाचन लक्षित काठमाडौंमा बृहत भेला गर्दै

Breaking News 1, गण्डकी, ट्रेन्डिङ, राजनीति, समाचार
काठमाडौं । गौरीशंकर गाउँपालिकामा हुनगइरहेको उप–निर्वाचनका अभियान स्वरुप काठमाडौंमा आगामी मंसिर १ गते बृहत भेला हुने भएको छ । नेकपा एमाले गौरीशंकर पालिका सम्पर्क मञ्चको बैठकले काठमाडौंमा रहेका गौरीशंकरका स्थायी मतदाता र उम्मेदवार बीच परिचय र भेटघाट गर्ने उद्धेश्यले बृहत भेला गर्न लागेको हो । पालिका सम्पर्क मञ्चको सोमबार बसेको बैठकमा पूर्वमन्त्री एवं दोलखाका पार्टी इन्चार्ज पार्वत गुरूङले उपनिर्वाचनको अभियान सम्बन्धमा निर्देशन दिनुहुदै मंसिर १ गते उम्मेदवार र मतदाता बीच भेटघाट र परिचयात्मक कार्यक्रम गर्न लागेको बताउनु भयो । पूर्वमन्त्री गुरुङले गौरीशंकरको उपनिर्वाचनमा सबै नेता तथा कार्यकर्ताहरु लाग्न निर्देशन दिनुहुदै नेतृत्वलाई जिम्मेवारी समेत प्रदान गर्नुभयो । पूर्वमन्त्री गुरुङले गौरीशंकरको उपनिर्वाचनमा एमालेको जित सहजै हुने र जुनसुकै आपतकालिन हुरी वतास आएपनि नछेकिने बताउनुभयो । बैठ...
गण्डकी प्रदेशका पूर्वमन्त्री मनाङे पक्राउ, आजै जेल चलान

गण्डकी प्रदेशका पूर्वमन्त्री मनाङे पक्राउ, आजै जेल चलान

Breaking News 1, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएपछि पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री राजीव गुरूङ (दीपक मनाङे) डिल्लीबजार कारागार चलान भएका छन् । मनाङेलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगको मुद्दामा गरेको फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार चलान गरिएको हो । मनाङेलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । २०६१ वैशाख ३१ गते काठमाडौंमा चक्रे मिलन नामका अर्का गुन्डा नाइके मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरि ज्यान मार्ने उद्योग गरेको मुद्दामा मनाङेलाई उच्च अदालत पाटनले ५ बर्ष कैद तोकेको थियो । मनाङेले मुद्धामा यसअघि नै २ बर्ष आठ महिना कैद भुक्तान गरिसकेकाले अब करिब २६ महिना जेल बस्नुपर्ने भएको छ । यसका साथै उनको प्रदेश सांसद पद पनि खारेज हुने भएको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज