Day: २०८१ चैत्र २२, शुक्रबार

कैलालीबाट लागुुऔषधसहित २ जना पक्राउ

कैलालीबाट लागुुऔषधसहित २ जना पक्राउ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी। कैलालीबाट लागुऔैषधसहित २ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–११ बेलाबाट ९० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २५ वर्षीय मुन्ना भन्ने आशाराम चौधरीलाई बिहिवार साँझ प्रहरीले पक्राउ गरेको छ। उनलाइ अस्थायी प्रहरी पोस्ट अम्बिकाटोलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। यस्तै, धनगढी उपमहानगरपालिका–३ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित गोदावरी नगरपालिका–८ बस्ने २३ वर्षीय महेन्द्र शाहीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।...
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै

Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
बैङ्कक : प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै छन्। उनीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गर्ने रहेको छ। आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले स्वागत सम्बोधन गरेपछि कायसूचीहरु प्रस्तुत गरिनेछन्। तत्पश्चात् बङ्गलादेश, भुटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता)हरुबाट सम्बोधन हुनेछ। सम्बोधनपछि कार्यसूचीहरु पारित हुनेछन् भने आयोजक मुलुकका प्रधानमन्त्री शिनावात्ले पत्रकार सम्मेलन गर्नुहुने कार्यक्रम छ। सम्मेलनमा दिवाभोजपछि स्थानीय समयअनुसार अपराह्न ४ बजे प्रधानमन्त्री ओली र ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज