
चार देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष म्यानमार, अष्ट्रेलिया, फ्रान्सका आवासीय र जाम्बियाका गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।
नेपालका लागि नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो ।
राष्ट्रपतिसमक्ष क्रमशः म्यो मिन्ट माउङ,लीन एलिजाबेथ जोनस्टन, भर्जिनी कोर्टेवल र पर्सी प्यासन चन्दले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयले जनाएको छ ।...