Day: २०८१ भाद्र २४, सोमबार

पर्यटन पदमार्गको शुभारम्भमा मन्तव्य राख्नु हुदै मन्त्री पृथ्वी सुब्बा गुरुङ

पर्यटन पदमार्गको शुभारम्भमा मन्तव्य राख्नु हुदै मन्त्री पृथ्वी सुब्बा गुरुङ

Breaking News 1, भिडियो
https://youtu.be/cwbQq9p1CLA?si=3zXM6384XQ11KNj0
राष्ट्रपतिद्वारा प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिन्ह प्रदान, आजैबाट सम्हाले कार्यभार

राष्ट्रपतिद्वारा प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिन्ह प्रदान, आजैबाट सम्हाले कार्यभार

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त गरेका छन् । सिग्देल प्रधानसेनापतिमा नियुक्त भएसंगै आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यभार सम्हालेका छन् । सैनिक परम्परा अनुसार नवनियुक्त प्रधान सेनापति सिग्देललाई जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । त्यसै गरी उहाँले सैनिक मञ्च टुँडिखेल र छाउनी स्थित वीर स्मारकमा श्रद्धान्जली अर्पण गर्नुका साथै जङ्गी अड्डामा कार्यालय बहाली गरी प्रधानसेनापतिको कार्यभार सम्हालेका हुन् । वि.सं. २०२३ माघ १९ गते रुपन्देहीमा जन्मिएका प्रधानसेनापति सिग्देल २०४३ सालमा अधिकृत क्याडेटको रूपमा सैनिक सेवामा प्रवेश गरेका थिए । गत श्रावण २५ गतेबाट उनलाई सरकारले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी दिएका थिए ।...
आजको सुनचाँदी मूल्य, कतिमा हुँदैछ कारोबार

आजको सुनचाँदी मूल्य, कतिमा हुँदैछ कारोबार

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । आज सुनको मूल्य सामान्य बढेको छ । हिजो आइतबार प्रतितोला १ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५२ हजार २ सय रुपयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ७५७ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
बीपीको १११औँ जन्मजयन्ती मनाइँदै

बीपीको १११औँ जन्मजयन्ती मनाइँदै

Breaking News 1, कला/साहित्य, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ । आज पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिएका कोइरालाको हरेक वर्ष भदौ २४ गते देशभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउदै आएको छ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई ‘पार्सल’ गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनमै बीपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिए । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय भएका थिए । भारत निर्वासन कै क्रममा जहानियाँ राणा शासनको अन्त...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज